Advertisement

हाम्रो बारेमा

नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ धनगढी इकाइद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ धनगढी इकाइद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

समाचार
असोज १९ धनगढि , आज  नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ धनगढी इकाइको आयोजनामा देव तालिम केन्द्र धनगढीको सभा हलमा एक कार्यक्रमका बीच नेपालीहरूको महान चाड विजया दशमी शुभ दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सभ्य भव्य रुपमा सम्पन्न भयो। नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ धनगढी इकाइका अध्यक्ष लक्ष्मण ठकुराठी ज्यूको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथि नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ धनगढी इकाइका पूर्व अध्यक्ष तथा NMSRA नेपालका केन्द्रीय उपाध्यक्ष श्री मिन शाह ज्यू रहनुभएको थियो भने विशिष्ट अतिथि हरूमा नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ धनगढीका संस्थापक अध्यक्ष सँगै PEAN धनगढीका अध्यक्ष सन्तोष वर्णवाल ज्यू र नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ धनगढी इकाईका निवर्तमान अध्यक्ष दिनेशराज भट्ट ज्यू रहनुभएको थियो भने अतिथि हरूमा PEAN नेपालगञ्ज...
चितामा आमा जलिरहिन्, उनीहरू टोलाइरहे

चितामा आमा जलिरहिन्, उनीहरू टोलाइरहे

अछाम
अछामः आमाको चितामा दागबत्ती दिए। अनि, थचक्क बसे। एकले अर्कोको मलिन अनुहार हेरे। दाइले भाइलाई अँगालो हाले। अनि, दाजुभाइले आँसु झारे। त्यसपछि, चुपचाप टोलाइरहे। मलामीमा सन्नाटा छायो। दाजुभाइको त्यो अबोधपना र प्रेम देखेर मलामीका आँखा रसाए। ढुंगाचाल्नाकी सरिता जैसीले अस्पताल नपुग्दै बाटोमै बच्चा जन्माइन्। साल आएन। अनि, ज्यान गयो। चार छोराछोरी टुहुरा भए। सबैभन्दा जेठी छोरी मनिषा हुन्। दुई छोरा छन्। ९ वर्षका युवराज र ७ वर्षका लक्ष्मण। दाजुभाइले आमा सरिताको चितामा दागबत्ती दिएका थिए। विज्ञापन सरिताका पति अपांग छन्। त्यसैकारण, नवजात शिशु र अरू तीन छोराछोरीको स्याहारसुसार र भविष्यलाई लिएर मलामीहरू पनि चिन्तित बने। टुहुरा दाजुभाइलाई सान्त्वना त दिए। तर, टुहुरा बालबालिकाको भविष्य भने अनिश्चित नै छ। बिहीबार सुत्केरी व्यथा लागेपछि सरितालाई स्ट्रेचरमा बोकेर ढु...
मकवानपुरबाट ८ केजी अवैध सुनसहित दुई जना पक्राउ

मकवानपुरबाट ८ केजी अवैध सुनसहित दुई जना पक्राउ

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ८ किलोग्राम अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले शनिबार बिहान पत्रकार सम्मेलन गर्दै उनीहरुलाई सार्वजनिक गरेको हो । हेटौंडा-१५ स्थित रातोमाते प्रहरी चौकीबाट ८ केजी २४३ ग्राम ९७० मिलिग्राम अवैध सुनसहित उनीहरुलाई सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक विश्वराज खड्काको कमाण्डर खटिएको प्रहरी टोलीले भारतको महाराष्ट्र राज्य सांगली जिल्ला दिंघची थाना पुजरबाडीका २५ वर्षका अभिषेक अजिनाथ र २७ वर्षका राहुल भिट्टिहाल बाडलाई नियन्त्रणमा लिएर खोजतलास गर्दा उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरु सवार बागमती प्रदेश ०२-०४७ प ७५०३ नम्बरको स्कुटर समेत नियन्त्रणमा लिएको छ । प्रहरीले शनिबार बिहान ३ बजे उनीहरूलाई पक्राउ गरेको हो । सुनको मूल्य करिब ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ रहेको प्रहरी उपरीक्षक...
कञ्चनपुरको शुक्लाफाँटामा गर्भवती हात्ती मृत फेला

कञ्चनपुरको शुक्लाफाँटामा गर्भवती हात्ती मृत फेला

समाचार
  कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एक गर्भवती हात्ती हात्ती मृत फेला परेको छ । निकुञ्जको पुर्वी दक्षिणी क्षेत्र पडाउ जंगलमा गर्भवती हात्ती मृत फेला परेको हो । शुक्रबार दिउँसो नेपाली सेनाले गस्ती गर्ने क्रममा जंगलमा हात्ती मृत फेला पारेको निकुञ्ज कार्यालयले जनाएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका सुचना अधिकारी मनोज ऐरले दिउँसो मृत फेला परेको हात्ती बच्चा जन्माउन नसकेर मरेको बताए । ‘हामीले हात्ती मृत फेला परेको स्थानको बस्तुस्थिति बुझ्दा हात्ती प्राकृतिक कारणले नै मरेको तथ्य फेला पारेका छौँ, ‘उनले भने, ‘निकुञ्ज, पशु चिकित्सक सहित सेनाको टोलीले मृत हात्तीको सदगत गर्ने तयारी गरेका छौँ ।’ गत १२ असोजमा उक्त हात्ती मृत फेला परेको स्थानदेखि झण्डै ४/५किलोमिटर पुर्व हात्तीको बथानले लालझाडी गाँउपालिका ४ डागाँ जाईका ५० वर्षीया रामदत्त रानाको मृत्यु भएको थियो ।...
सहकारीपीडितले गरे मुग्लिनमा लामिछानेविरुद्ध प्रदर्शन

सहकारीपीडितले गरे मुग्लिनमा लामिछानेविरुद्ध प्रदर्शन

समाचार
चितवन —राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारीपीडितले शुक्रबार दिउँसो उनकै निर्वाचन क्षेत्र मुग्लिन बजारमा प्रदर्शन गरेका छन् । उनको निर्वाचन क्षेत्रअन्तर्गतको इच्छाकामना गाउँपालिकाको मुग्लिन बजारमा ‘सहकारीपीडितलाई न्याय दे’ लगायतका नाराबाजी गर्दै लामिछानेविरुद्ध प्रदर्शन भएको हो । लामिछाने आफ्नो निर्वाचन क्षेत्रमा सार्वजनिक सुनुवाइ कार्यक्रम गर्न गएका बेला ब्यानरसहित प्रदर्शन गरिएको हो । मुग्लिन बजारमा उनले तेस्रो सार्वजनिक सुनुवाइ गरेका हुन् । कार्यक्रम सकेर फर्कने क्रममा लामिछानेविरुद्ध प्रदर्शन भएको प्रत्यक्षदर्शी स्थानीय सुशान्त केसीले बताए । उनका अनुसार रवि लक्षित प्रदर्शन भएपछि उनी अर्कै बाटोबाट चितवन फर्किएका थिए । रास्वापा समर्थक तथा प्रदर्शनकारीबीच केही विवाद र धकेलाधकेलसमेत भएको थियो । इलाका प्रहरी कार्यालय मुग्लिनक...
११ सडकका ३० खण्ड अझै अवरुद्ध

११ सडकका ३० खण्ड अझै अवरुद्ध

समाचार
काठमाडौँ —बाढीपहिरोले एक साताअघि क्षति पुर्‍याएका सडकमध्ये ११ वटाका ३० खण्डमा अझै यातायात सेवा अवरुद्ध छ । ४ सय २० स्थानमा एकतर्फी सवारीसाधन चलिरहेका छन् । सरकारले अवरुद्ध सडक खुलाउन प्रयास गरिरहे पनि अधिकांश खण्ड दसैंअघि नै सञ्चालनमा आउने सम्भावना देखिएको छैन । बाढीपहिरोका कारण चल्तीका सडक अवरुद्ध भएपछि आसपासका सडकमा सवारी चाप बढेको छ । बीपी राजमार्गको धुलिखेल–नेपालथोक खण्ड बाढीले बगाएपछि चन्द्रागिरि–चित्लाङ–कुन्छाल–हेटौंडा, नौबिसे–पालुङ–हेटौंडा र नागढुंगा–मुग्लिन सडकमा सवारी चाप अत्यधिक बढेको छ । संघीय राजधानी ओहोरदोहोर गर्नेहरूले विकल्पका रूपमा यिनै सडक प्रयोग गरिरहेका छन् । दसैं सुरु भएसँगै उपत्यकाबाट बाहिरिने सवारीसाधनको संख्या बढिरहेको छ । बीपी राजमार्ग तत्काल खुल्न नसक्ने भएकाले दसैंमा समेत यात्रुले सास्ती बेहोर्नुपर्ने देखिएको छ । गत साताको बाढीले बीपी राजमार्गको करिब १२ किलो...
पुष्पलाल मार्ग अन्तर्गत ज्यामिरेमा सडक भासियो

पुष्पलाल मार्ग अन्तर्गत ज्यामिरेमा सडक भासियो

समाचार
दोलखा —पुष्पलाल मार्ग अन्तर्गत दोलखाको मेलुङ गाउँपालिका- ७ सितली नजिकै ज्यामिरेमा सडक भासिएको छ । सडक भासिएपछि राजमार्ग अवरुद्ध भएकोछ । सडक अवरूद्व भएपछि रामेछाप,ओखलढुंगा, सिन्धुलीलगायतबाट वैकल्पिक राजमार्ग प्रयोग गरेर आएका सवारीसाधन रोकिएको जिल्ला ट्राफिक कार्यालय दोलखाले जनाएको छ । रोकिएका सवारीसाधनलाई तामाकोसी गाउँपालिकाको जफे हुँदै किर्नेटार जोडिने सडक प्रयोग गर्न आग्रह गरिएको कार्यालयले जनाएको छ । डिभिजन सडक कार्यालय चरिकोटले सडक खुलाउने प्रयास गरिरहेको जनाएको छ ।...
रास्वपा सभापति लामिछानेलाई आफ्नै निर्वाचन क्षेत्रमा देखाईयो कालो झण्डा

रास्वपा सभापति लामिछानेलाई आफ्नै निर्वाचन क्षेत्रमा देखाईयो कालो झण्डा

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट
चितवन । चितवनका सहकारी पीडितहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा चितवन क्षेत्र नम्बर–२ का सांसद् रवि लामिछानेलाइ कालोझण्डा देखाएका छन् । आफ्नो निर्वाचन क्षेत्रमा तेस्रो सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी हुन मुग्लिन आएका लामिछानेविरुद्ध नाराबाजी गर्दै सहकारी पीडितले कालोझण्डा देखाएका हुन् । सार्वजनिक सुनुवाइ सकेर फर्किने क्रममा लामिछानेलाई मुग्लिन बजारमा सहकारी पीडितहरूले कालोझण्डा देखाएका हुन् । सहकारी पीडितहरूले सहकारी ठग मुर्दावाद, सहकारी पीडितलाई न्याय दे, हाम्रो समस्या समाधान गर जस्ता नारा लगाएका थिए । नाराबाजीका बीच प्रहरीले लामिछानेलाई सुरक्षा दिएर आफ्नो गन्तव्य तर्फ पठाएको थियो । प्रदर्शन लगत्तै प्रहरीले कालोझण्डा खोसेको थियो। चितवनमा साहारा चितवन बहुउद्देश्य सहकारीबाट करिब १३ करोड बराबरको रकम गोरखा मिडियामा गएको छ । उनीहरुले प...
दशै को अवसर पारी अमेरिका निवासी जयन्ती थापाले गरिन १० परिवार लाई खाद्यान्न सयोग।

दशै को अवसर पारी अमेरिका निवासी जयन्ती थापाले गरिन १० परिवार लाई खाद्यान्न सयोग।

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलाली २०८१ असोज १८ नेपाल घर सुर्खेत भइ हाल अमेरिका बस्दै आउनु भएकी जयन्ती थापाले कैलाली जिल्ला को गौरीगंगा नगरपालिका ३ र ६ वार्ड का अति बिपन्न अपाङ्ग परिवार लाई सामाजिक अभियन्ता मार्फत उनिहरुलाइ खाद्यान्न सयोग गरेकी हुन । उनी लामो समय देखि अमेरिका मा रहेर पनि नेपाल मा आपत बिपत्ति र असाय अशक्त हरुलाइ सयोग गर्दै आएकी छन । उन्ले दसै को अवसर पारी उनी हरुलाइ सयोग गरेकी हुन ।...
सधैझैँ दशैँमा सशस्त्रले गर्ने बडाभोज बिपत्तिको उद्वारको लागि सार्यो

सधैझैँ दशैँमा सशस्त्रले गर्ने बडाभोज बिपत्तिको उद्वारको लागि सार्यो

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट
काठमाडौं: सशस्त्र प्रहरी बल नेपालले बडा दशैंको उपलक्षमा आयोजना गर्न लागिएको बडाभोज (बडाखाना) सारेको छ। हरेक वर्ष सशस्त्रले दशैंको अवसरमा बडाभोज आयोजना गर्ने गरेको छ। यो वर्ष पनि आजका लागि भोज तय गरिएको थियो। तर हालैको बाढीपहिरो र डुबानमा साढे दुई सयभन्दा बढीको मृत्यु, दुई दर्जनबढी बेपत्ता, सयौं घाइते भएकाले विषम परिस्थिति उल्लेख गर्दै आजको भोज तत्काललाई स्थगित गरिएको हो। सो बडाभोज अब तिहारसम्ममा गर्ने प्रधान कार्यालय स्रोतले जनाएको छ। अहिले भने सशस्त्र प्रहरी उद्धार तथा राहत कार्यक्रममै लागेको जनाइएको छ। दशैंमा राज्यको तीन वटै निकाय नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले बडाखाना अर्थात बडाभोज आयोजना गर्छन्। परम्परा नै बनेको उक्त भोजमा पछिल्लो समय हुने गरेको खर्च कम्तीमा सातदेखि १० करोड हुने अनुमान छ। फौजको हरेक युनिटको भोजमा माछामासु, चिउरा,तरकारीसँगै प्रशासनिक व्यहोरा...
बीपी राजमार्गमा माइक्रोबस दुर्घटना, १५ जना घाइते

बीपी राजमार्गमा माइक्रोबस दुर्घटना, १५ जना घाइते

समाचार
सिन्धुली —बीपी राजमार्गको सिन्धुलीमाडी–बर्दिबास खण्डअन्तर्गत कमलामाई नगरपालिका–८, सिस्नेरीमा काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको माइक्रोबस शुक्रबार दुर्घटना हुँदा चालकसहित १५ जना घाइते भएका छन् । प्रहरीका अनुसार बा ५ ख ६६१८ नम्बरको माइक्रोबस दुर्घटनामा परी घाइते भएकामध्ये ६ जनालाई थप उपचारकालागि धरान पठाइएको छ । अन्य घाइतेको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको अवस्था सामान्य रहेको सिन्धुली प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिए ।...
बाढीपहिरोमा परी २३६ जनाको मृत्यु, १० हजार बढी विस्थापित

बाढीपहिरोमा परी २३६ जनाको मृत्यु, १० हजार बढी विस्थापित

मुख्य समाचार
१८ असोज, काठमाडौं । यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २३६ पुगेको छ । गृहमन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार ११४ जना पुरुष, ३२ महिला र १९ बालबालिका गरी जम्मा २३६ जनाको मृत्यु भएको हो । अझै १९ जना बेपत्ता छन् । घाइतेहरुको संख्या १६५ छ । बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार जनाको उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ । ९१० जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । बाढीपहिरोबाट सडक, पुल लगायतका संरचनाहरुमा करोडौंको क्षति पुगेको छ । बीपी राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । भौतिक पूर्वाधार मन्त्रालयले बीपी राजमार्ग दशैं अघि सन्चालनमा ल्याउन कठिन हुने जनाएको छ । यसैगरी राजधानी काठमाडौंलाई अन्य जिल्लाहरुसँग जोड्ने अर्को मुख्य राजमार्ग पृथ्वी राजमार्गमा पनि दर्जनौं ठाउँमा गएको पहिरोले क्षति पुगेको छ । यातायातका साधन सहज ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज