Advertisement

हाम्रो बारेमा

साफ माहिला च्याम्पियनसिप : नेपाल र भारत १/१ को बराबरीमा खेल्दै

साफ माहिला च्याम्पियनसिप : नेपाल र भारत १/१ को बराबरीमा खेल्दै

समाचार
काठमाडौँ —साफ माहिला च्याम्पियनसिप–२०२४ अन्तर्गत अहिले नेपाल र भारतबीच सेमिफाइनल खेलमा १/१ गोलको बराबरीमा खेलिरहेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा केही समय अवरुद्ध भएको खेल सुरु हुनासाथ नेपालकी खेलाडी सावित्रा भण्डारी 'साम्बा' ले गोल फर्काएकी छन् । दोस्रो हाफपछि भारतले गोल गरेर टिमलाई अग्रता दिलाएको थियो । लगत्तै नेपालले गरेको गोललाई मान्यता नदिएपछि खेल रोकिएको थियो । दुवै टोलीले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् । निर्धारित ४५ मिनेट तथा अतिरिक्त तीन मिनेटको समयमा पनि नेपाल र भारतले गोल गर्न सकेनन् । पहिलो हाफमा भारतले नेपालमाथि दबाब बनाइराख्दा नेपाल गोल गर्नबाट चुक्यो । नेपाल र भारत दुवैले केही उत्कृष्ट अवसर प्राप्त गरेपनि गोल गर्न भने सकेनन् ।   नेपालले समूह ‘बी’को विजेताका रुपमा सेमिफाइनलमा भारतसँग खेल्ने तय गरेको हो । भारत समूह ‘ए’ को उपवि...
थलापति विजयभन्दा महंगा बने अल्लू अर्जुन

थलापति विजयभन्दा महंगा बने अल्लू अर्जुन

समाचार
  कुनै बेला बलिउडको छायाँमा हुर्किएको साउथ यतिबेला हलिउडलाई टक्कर दिने अवस्थामा पुगिसकेको छ । फिल्मको सफलता र मेकिङमा साउथभन्दा बलिउड धेरै पछाडि देखिन्छ । विशेषगरी एक्सन केन्द्रित साउथ फिल्मले जुन रुपमा सफलता पाइरहेका छन्, त्यहाँका स्टारहरु पनि उत्तिकै महंगा बनिरहेका छन् । सर्वाधिक पारिश्रमिक बुझ्नेमा अहिले साउथकै स्टारहरु अगाडि छन् । सुपरस्टार थलापति विजयले आफ्नो करिअरको अन्तिम फिल्म ‘थलापति ६९’का लागि २७५ करोड भारु पारिश्रमिक लिएर भारतकै सबैभन्दा महंगा अभिनेता बनेका थिए । अब उनीभन्दा महंगा अभिनेता अल्लू अर्जुन बनेका छन् । उनले प्रदर्शनको सम्मुखमा रहेको आफ्नो नयाँ फिल्म ‘पुष्पा २’का लागि भारु तीन सय करोड पारिश्रमिक बुझेको ट्रयाक टलिउडले उल्लेख गरेको छ । योसँगै उनी सबैभन्दा महंगो पारिश्रमिक बुझ्ने भारतीय अभिनेता बनेका छन् । ‘पुष्पा’को सफलताले अल्लूको ‘स्टार भ्यालु’ मात्र बढाए...
२२१ किलो गाँजासहित एक जना पक्राउ

२२१ किलो गाँजासहित एक जना पक्राउ

समाचार
धनुषाबाट दुई सय २१ किलो गाँजासहित एक जना पक्राउ परेका छन्। शनिबार साँझ जनकपुर उपमहानगरपालिका-१४ बाबा आयल्स सेन्टर नजिकबाट २ सय २१ किलो ३८ ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। मकवानपुर भिमफेदी गाउँपालिका-२ बस्ने २४ वर्षीय प्रकाश लुंगवालाई प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरीले ना.५ ख १७७ नम्बरको मिनि ट्रकलाई जाँच गर्ने गाँजा फेला पारेको हो। यस सम्बन्धमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।...
दाङमा ट्याक्टरबाट खसेर १ जनाको मृत्यु

दाङमा ट्याक्टरबाट खसेर १ जनाको मृत्यु

समाचार
दाङ — देउखुरीमा पराल बोकेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका–५लठ्ठहवाका ४० वर्षीय गरिवु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । शनिबार राति ट्याक्टरबाट पराल झार्ने क्रममा खसेर गम्भीर घाइते भएका चौधरीको सिसहनियाँ स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।...
प्रचण्डप्रति ओलीको कटाक्ष- धम्क्याएका भरमा खाने !

प्रचण्डप्रति ओलीको कटाक्ष- धम्क्याएका भरमा खाने !

समाचार
काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘धम्क्याएको भरमा खाने’ भनेर कटाक्ष गरेका छन् । आइतबार काठमाडौंमा आयोजित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को महाधिवेशनको खुलासत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसरी कटाक्ष गरेका हुन् । “एकजना उफ्री-उफ्रीकन भाषण गर्दै थिए, हिजो मात्रै देख्याथेँ । हतियार बिसाको मात्रै हो, भ्रम नरहोस्, चलाउन बिर्स्या छैन रे ! त्यस्तै-त्यस्तै त हामी हुनुभएन नि । धम्काएको भरमा खाने ! तर, हामीलाई हतियार कसरी बिसाउन लगाउनुपर्छ भन्नेचाहिँ हामीलाई थाहा छ । तर, चलाउन हामीलाई आउँदैन,” प्रधानमन्त्री ओलीले भने । यसअघि शनिबार माओवादी केन्द्रले सरकारविरोधी प्रदर्शन गरेको थियो । प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकार जनताप्रति गम्...
यु-१७ एसियन कप छनोटमा नेपालको लगातार दोस्रो हार, कतारसँग ५-० ले पराजित

यु-१७ एसियन कप छनोटमा नेपालको लगातार दोस्रो हार, कतारसँग ५-० ले पराजित

समाचार
१० कात्तिक, काठमाडौं । एएफसी यु-१७ एसियन कप छनोटमा नेपालको लगातार दोस्रो हार व्यहोरेको छ । समूह एफ अन्तर्गत भएको आफ्नो दोस्रो खेलमा नेपाल कतारसँग ५-० ले पराजित भएको हो । दोहास्थित एस्पाइर एकेडेमी पिच मैदानमा भएको खेलमा कतारका लागि जेद फैसलले ह्याट्रिक गरे । उनले ४५औं, ५६औं र ८२औं मिनेटमा गोल गरे । हानी मोहमेदले २१औं र अल मार्जोउकीले ८६औं मिनेटमा गोल गरे । समूहमा लगातार दोस्रो हार व्यहोरेपछि नेपालको अन्तिम चरणमा पुग्ने सम्भावना पनि सकिएको छ । यसअघि पहिलो खेलमा नेपाल साविक विजेता जापानसँग ९-२ ले पराजित भएको थियो । उता पहिलो खेलेमा मंगोलियाविरुद्ध २-० को कठिन जित निकालेको घरेलु टोली कतारले नेपालमाथि सहज जित निकालेपछि अन्तिम चरण पुग्ने सम्भावना बलियो बनाएको छ । यस्तै अर्को खेलमा जापनले मंगोलियालाई ७-० ले हरायो । जापान र कतारले लगातार दुई खेल जितेर समान ६ अंक जोडेका छन् । ...
लिग टु क्रिकेट : अमेरिका घरेलु मैदानमै स्कटल्याण्डसँग १० विकेटले पराजित

लिग टु क्रिकेट : अमेरिका घरेलु मैदानमै स्कटल्याण्डसँग १० विकेटले पराजित

समाचार
१० कात्तिक, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत घरेलु मैदानमै अमेरिका स्कटल्याण्डसँग १० विकेटले पराजित भएको छ । खराब ब्याटिङ गरेको अमेरिकाले घरेलु मैदानमा लज्जासपद हार व्यहोरेको हो । डालासमा गएराती भएको खेलमा अमेरिकाले दिएको १४५ रनको लक्ष्य स्कटल्याण्डले २४.५ ओभरमाविना क्षती पूरा गरेको हो । स्कटल्याण्डका लागि आन्द्रे उमिदले ७९ बलमा १३ चौका र २ छक्का मदतमा अविजित ९८ रन बनाए । यस्तै चार्ली टिमयरले अविजित ४३ रन योगदान गरे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ३८.४ ओभरमा अलआउट हुँदै १४४ रन बनाएको थियो । आठौं नम्बरमा ब्याटिङ गरेका स्याड्ली भान श्यालवाएकले अर्धशतक बनाएपछि अमेरिकाले एक सय रन कटाएको थियो । स्याड्लीले ८७ बल खेल्दै १० चौका मद्दतमा सर्वाधिक ५८ रन बनाए । यस्तै हर्मित सिंहले २२ र नोसथुस केन्जिगेले २१ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा र...
कञ्चनपुरमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला, हत्याको आशंका

कञ्चनपुरमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला, हत्याको आशंका

Breaking News 1, Breaking News 2, Breaking News 3, कन्चनपुर, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी – कञ्चनपुरको लालझाडी गाउँपालिका–१ विनाबारीमा एक दम्पती मृत फेला परेका छन् । ४५ वर्षीय रमेश बडायक र उहाँकी श्रीमती ४३ वर्षीया कमला मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेशप्रसाद जोशीका अनुसार दुवै जनालाई आज बिहान मृत फेला पारिएको हो । मृतकको शरीर र टाउकोमा चोट भएकाले धारिलो हतियार प्रयोग भएको हुन सक्ने शङ्का गरिएको छ । घटना शङ्कास्पद रहेको र थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।...
सुर्खेतको बराहताल गाउँपालिका-८ हुर्केमा भएको गाडी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । Advertisement   बिहीबार बिहान जुम्लाबाट सुर्खेततर्फ आइरहेको कर्णाली प्रदेश ०२२१ ख १०१४ नम्बरको एसएमएल गाडी दुर्घटनामा गम्भीर घाइते दैलेखको ठाटिकाध – ४ घर भइ वीरेन्द्रनगर नगरपालिका – १ बस्ने ३५ वर्षका दीपक शाहीको मृत्यु भएको हो ।  गम्भीर घाइते उनलाई उपचारको लागि प्रदेश अस्पताल सुर्खेत पुर्‍याएको थियो । उनलाई अस्पतालले मृत घोषणा गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारले बताए ।  Advertisement  घाइते सबैको अवस्था सामान्य रहेको र कर्णाली केयर अस्पतालमा उपचार भइरहेको उनले बताए । उनका अनुसार गाडीमा बच्चासहित २९ जना सवार थिए । तीव्र गतिमा रहेको गाडी अनियन्त्रित भइ सडक छेउमा पल्टिन पुगेको उनले बताए ।

सुर्खेतको बराहताल गाउँपालिका-८ हुर्केमा भएको गाडी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । Advertisement बिहीबार बिहान जुम्लाबाट सुर्खेततर्फ आइरहेको कर्णाली प्रदेश ०२२१ ख १०१४ नम्बरको एसएमएल गाडी दुर्घटनामा गम्भीर घाइते दैलेखको ठाटिकाध – ४ घर भइ वीरेन्द्रनगर नगरपालिका – १ बस्ने ३५ वर्षका दीपक शाहीको मृत्यु भएको हो । गम्भीर घाइते उनलाई उपचारको लागि प्रदेश अस्पताल सुर्खेत पुर्‍याएको थियो । उनलाई अस्पतालले मृत घोषणा गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारले बताए । Advertisement घाइते सबैको अवस्था सामान्य रहेको र कर्णाली केयर अस्पतालमा उपचार भइरहेको उनले बताए । उनका अनुसार गाडीमा बच्चासहित २९ जना सवार थिए । तीव्र गतिमा रहेको गाडी अनियन्त्रित भइ सडक छेउमा पल्टिन पुगेको उनले बताए ।

समाचार
वीरेन्द्रनगर —सुर्खेतको बराहताल गाउँपालिका-८ हुर्केमा भएको गाडी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । बिहीबार बिहान जुम्लाबाट सुर्खेततर्फ आइरहेको कर्णाली प्रदेश ०२२१ ख १०१४ नम्बरको एसएमएल गाडी दुर्घटनामा गम्भीर घाइते दैलेखको ठाटिकाध - ४ घर भइ वीरेन्द्रनगर नगरपालिका - १ बस्ने ३५ वर्षका दीपक शाहीको मृत्यु भएको हो । गम्भीर घाइते उनलाई उपचारको लागि प्रदेश अस्पताल सुर्खेत पुर्‍याएको थियो । उनलाई अस्पतालले मृत घोषणा गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारले बताए । घाइते सबैको अवस्था सामान्य रहेको र कर्णाली केयर अस्पतालमा उपचार भइरहेको उनले बताए । उनका अनुसार गाडीमा बच्चासहित २९ जना सवार थिए । तीव्र गतिमा रहेको गाडी अनियन्त्रित भइ सडक छेउमा पल्टिन पुगेको उनले बताए ।...
रवि र छविलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइयो

रवि र छविलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइयो

समाचार
पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । ढिला गर्दा प्रदर्शन र भिडले असहज हुन सक्ने भएकाले कार्यालय खुलेसँगै अदालतमा उपस्थित गराइएको प्रहरी स्रोतले बताएको छ । गत शुक्रबार काठमाडौंमा लामिछानेलाई पक्राउ गरी सोही रात पोखरा ल्याएर आइतबार अदालतमा उपस्थित गराउँदा पक्राउ परेकै दिनदेखि लागु हुने गरी अनुसन्धानका लागि ६ दिनको म्याद दिइएको थियो । पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको अभियोगमा उनलाई सहकारी ठगी तथा संगठित अपराधको मुद्दा लगाइएको छ । सोही मुद्दामा पहिलो पटक दिइएको म्याद सकिएपछि प्रहरीले आज फेरि उनलाई अदालतमा उपस्थित गराइएको हो । गत असोज ६ गते नै पक्राउ परेर पोखरा ल्याइएका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्...
सोल्टी होटलमा संसदीय समितिको बैठक, बिल तिर्ने बेला झमेला

सोल्टी होटलमा संसदीय समितिको बैठक, बिल तिर्ने बेला झमेला

समाचार
काठमाडौं । प्रतिनिधि सभाको अर्थ समितिले सोल्टी होटलमा बैठक राख्दा भएको खर्चको बिल तिर्ने विषयमा विवाद भएको छ । विवादका कारण ६ महिनासम्म होटलको बिल भुक्तानी गरिएको छैन । २७ वैशाख २०८१ मा काठमाडौंको सोल्टी होटलमा प्रिबजेट छलफल राखेको थियो । उक्त कार्यक्रमबापत होटलले तीन लाख ३५ हजार रुपैयाँको बलि पठाएको छ । तर, यो बिल तिर्ने विषयमा संघीय संसद सचिवालय र अर्थ समितिका बीचमा विवाद भएको हो । मंगलबार सभामुख देवराज घिमिरेले संसदमा विचाराधीन विधेयक र समितिहरूको विषयमा छलफल गर्न राजनीतिक दलका प्रमुख सचेतक र सचेतक तथा संसदीय समितिका सभापतिहरूलाई बोलाएका थिए । सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा अर्थ समितिका सभापति सन्तोष चालिसेले प्रि बजेट छलफल गर्दाको खर्च संसद सचिवालयले नबेहोरेको भनेर प्रश्न उठाएका थिए । त्यसपछि संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सिं...
अमेरिका गएका वडाध्यक्ष ९ महिनसम्म फर्किएनन्

अमेरिका गएका वडाध्यक्ष ९ महिनसम्म फर्किएनन्

समाचार
अमेरिका गएका साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाल नौ महिनासम्म पनि कार्यालय नफर्केपछि स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका छन्। वडाध्यक्ष कटवाल नफर्केपछि मात्तिमका पूर्ववडाध्यक्ष कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा गठित सर्वपक्षीय समितिले तत्काल समस्या समाधान गर्न माग गर्दै तालाबन्दी गरेको हो। गत साउन २१ गते पूर्ववडाध्यक्ष भट्टराईको संयोजकत्वमा गठन भएको समितिले वडाध्यक्ष कटवाललाई १५ दिनभित्र उपस्थित हुन अन्तिमेत्थम दिएको थियो। उनी नफर्केपछि बाध्य भएर तालाबन्दी गरिएको  पूर्ववडाध्यक्ष भट्टराईले बताउनुभयो । यस सम्बन्धमा जिल्ला निर्वाचन आयोगको कार्यालय, गाउँ कार्यपालिका र जिल्ला समन्वय समितिलाई जानकारी गराइएको उनले बताए। वडाध्यक्ष कटवाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट निर्वाचित भएका थिए।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज