Advertisement

यु-१७ एसियन कप छनोटमा नेपालको लगातार दोस्रो हार, कतारसँग ५-० ले पराजित

Advertisement

१० कात्तिक, काठमाडौं । एएफसी यु-१७ एसियन कप छनोटमा नेपालको लगातार दोस्रो हार व्यहोरेको छ । समूह एफ अन्तर्गत भएको आफ्नो दोस्रो खेलमा नेपाल कतारसँग ५-० ले पराजित भएको हो ।

दोहास्थित एस्पाइर एकेडेमी पिच मैदानमा भएको खेलमा कतारका लागि जेद फैसलले ह्याट्रिक गरे । उनले ४५औं, ५६औं र ८२औं मिनेटमा गोल गरे । हानी मोहमेदले २१औं र अल मार्जोउकीले ८६औं मिनेटमा गोल गरे ।

समूहमा लगातार दोस्रो हार व्यहोरेपछि नेपालको अन्तिम चरणमा पुग्ने सम्भावना पनि सकिएको छ । यसअघि पहिलो खेलमा नेपाल साविक विजेता जापानसँग ९-२ ले पराजित भएको थियो ।

उता पहिलो खेलेमा मंगोलियाविरुद्ध २-० को कठिन जित निकालेको घरेलु टोली कतारले नेपालमाथि सहज जित निकालेपछि अन्तिम चरण पुग्ने सम्भावना बलियो बनाएको छ ।

यस्तै अर्को खेलमा जापनले मंगोलियालाई ७-० ले हरायो । जापान र कतारले लगातार दुई खेल जितेर समान ६ अंक जोडेका छन् ।

गोल अन्तरका कारणमा जापान शीर्ष र कतार दोस्रो स्थानमा छ । अब यी दुई टोलीबीच आइतबार हुने खेलबाट समूह विजताको टुङ्गो लाग्नेछ । यस्तै लगातार दुई खेल हार्दै अंकविहीन रहेको नेपाल र मंगोलियाबीच आइतबारै प्रतिष्ठाका लागि खेल हुनेछ ।

छनोट प्रतियोगिता एएफसीका ४४ सदस्य राष्ट्रका युवा टोली सहभागी छन् । सहभागि ४४ टोलीलाई विभिन्न १० समूहमा विभाजन गरेर खेलाइएको छ । छनोट चरणका खेलपछि हरेक समूहको विजेता अर्को वर्ष साउदी अरेबियामा हुने एएफसी यु-१७ एसियन कपका लागि छनोट हुनेछ ।

यस्तै उपविजेता १० मध्ये उत्कृष्ट ५ उपविजेता टिमले पनि यू१७ एसियन कपका स्थान बनाउनेछन् । आयोजकको हैसियतमा साउदी अरेबिया स्वत: छनोट भइसकेको छ ।

 

माहाओम राज जोशी

माहाओम राज जोशी यस कामना टेलिभिजनको अन्लाइन पत्रीका कामना टुडेका सम्पादक हुनुहुन्छ | त्रीभुवन विश्वविद्यालय बाट फार्मेशी विषयमा स्नातक गर्नु भयका उनले समय सार्न्दर्भिक तथा स्वास्थ्य क्षेत्रमा कलम चलाउछन ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

दार्चुलामा पैसा राख्ने गल्ला भित्र चरेश राख्ने महिला पक्राउ

दार्चुलामा पैसा राख्ने गल्ला भित्र चरेश राख्ने महिला पक्राउ

धनगढी- दार्चुलामा चरेशसहित एक महिला पक्राउ परेकी छन। जिल्लाको महाकाली नगरपालिका-१ छापरीमा सोही ठाउँ बस्ने ४६ वर्षीया जानकी कार्की ...
सुनिता र बुच नौ महिनापछि अन्तरिक्षबाट पृथ्वीमा फर्किए

सुनिता र बुच नौ महिनापछि अन्तरिक्षबाट पृथ्वीमा फर्किए

एजेन्सी- अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर नौ महिना अन्तरिक्षबाट फर्किएका छन् । भारतीय समयअनुसार बिहान ३ बजेर २७ मिन...
ऐश्वर्य बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका भट्ट निर्वाचित

ऐश्वर्य बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका भट्ट निर्वाचित

धनगढी- कैलालीको धनगढीस्थित ऐश्वर्य बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु ) सभापतिमा नेपाल विद्यार्थी संघ (नेविसं...
बैतडीका ५ क्याम्पसको नतिजा सार्वजनिक, अनेरास्ववियु ३, नेविसंघ २,  एक क्याम्पसमा आज निर्वाचन हुँदै

बैतडीका ५ क्याम्पसको नतिजा सार्वजनिक, अनेरास्ववियु ३, नेविसंघ २, एक क्याम्पसमा आज निर्वाचन हुँदै

धनगढी- बैतडीमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तरगतका ५ वटा क्याम्पसमा स्ववियु निर्वाचनको अन्तिम नजिता सार्वजनिक भएको छ । सा...
कैलालीका ८ क्याम्पसकाे स्ववियु नतिजा सार्वजनिक: ४ मा नेविसंघ र ४ मै अखिल क्रान्तिकारी विजयी

कैलालीका ८ क्याम्पसकाे स्ववियु नतिजा सार्वजनिक: ४ मा नेविसंघ र ४ मै अखिल क्रान्तिकारी विजयी

धनगढी-  कैलालीमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) काे नयाँ नेतृत्व चयनका लागि निर्वाचन भएका ८ क्याम्पसकाे अन्तिम नतिजा सार्वजन...
आज सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन सहित वर्षाको सम्भावना

आज सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन सहित वर्षाको सम्भावना

काठमाडौं- हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ भने हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी...
ऐश्वर्य बहुमुखी क्याम्पसमा नेविसंघको अग्रता कायमै

ऐश्वर्य बहुमुखी क्याम्पसमा नेविसंघको अग्रता कायमै

धनगढी- कैलालीको धनगढीमा रहेको ऐश्वर्य बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाली कांग्रेस निकट नेप...
कञ्चनपुरका स्ववियु निर्वाचन सम्पन्न ६ क्याम्पस मध्य ४ मा नेविसंघ र २ मा अखिल क्रान्तिकारी विजयी

कञ्चनपुरका स्ववियु निर्वाचन सम्पन्न ६ क्याम्पस मध्य ४ मा नेविसंघ र २ मा अखिल क्रान्तिकारी विजयी

धनगढी- कञ्चनपुरका ६ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ। त्रिभुवन विश्वविद्यालय ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज