Advertisement

हाम्रो बारेमा

गौरीफन्टा प्रहरीले लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ

गौरीफन्टा प्रहरीले लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ

समाचार
खीरी, भारत – भारत-नेपाल सीमामा अवैध लागूऔषध कारोबार नियन्त्रण गर्ने अभियान अन्तर्गत गौरीफन्टा थाना प्रहरी र भारतीय सशस्त्र सीमा बल (SSB) 39 बटालियनको संयुक्त टोलीले विशेष अपरेसन सञ्चालन गर्दै २०२५ जनवरी २८/२९ को राति लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट ८ ग्राम २६० मिलिग्राम ब्राउन सुगर, ७,७१० नेपाली रुपैयाँ र १ थान इलेक्ट्रोनिक तराजु बरामद गरिएको छ। कारबाहीको विवरण पक्राउ परेका व्यक्तिहरू लागूऔषध तस्करीमा संलग्न रहेको आशङ्का गर्दै गौरीफन्टा थाना क्षेत्रमा विशेष निगरानी बढाइएको थियो। सोही क्रममा प्रहरीले चेकजाँच गर्दा चार जनालाई पक्राउ गरेको हो। उनीहरूविरुद्ध NDPS ऐनको धारा 8/21/23 अन्तर्गत मुद्दा दर्ता गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। पक्राउ परेका अभियुक्तहरू: १. आजाद सिंह (पिता: नारद सिंह राना) – निवासी सरियापारा, थाना गौरीफन्टा, जनपद खीरी...
सुदूरपश्चिम प्रदेशका सभापति र महामन्त्रीमाथि भारतमा अवैध चन्दा संकलनको आरोप, रास्वपामा विवाद चुलिँदै

सुदूरपश्चिम प्रदेशका सभापति र महामन्त्रीमाथि भारतमा अवैध चन्दा संकलनको आरोप, रास्वपामा विवाद चुलिँदै

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
कैलाली : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र पछिल्लो समय विभिन्न विवादहरू सतहमा आएका छन् । सुदूरपश्चिम प्रदेशका नेताहरूले भारतमा अवैध रूपमा चन्दा संकलन गरेको आरोपसँगै पार्टी सभापति रवि लामिछाने पनि सहकारी ठगी प्रकरणमा मुछिएका छन्, जसले पार्टीको छविमा गम्भीर असर पार्न सक्ने देखिएको छ । सुदूरपश्चिम प्रदेशमा रास्वपाका प्रदेश सभापति ई. प्रकाश विष्ट र महामन्त्री सन्तोष जोशीमाथि पार्टीको नियमविपरीत भारतमा चन्दा संकलन गरेको आरोप लागेको छ । पार्टी कार्यकर्ता गजेन्द्र सिंहले सामाजिक सञ्जालमार्फत यी नेताहरूले गैरकानुनी रूपमा चन्दा उठाएको दाबी गरेका थिए । सिंहले आफ्नो पोस्टमा स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवारको नाममा रकम संकलन गरिएको समेत उल्लेख गरेका थिए । यो विषयमा पार्टीका प्रवक्ता तथा महामन्त्री सन्तोष जोशीले आरोप अस्वीकार गर्दै सिंहविरुद्ध कानुनी कारबाही गर्ने बताएका छन् । यद्यप...
भारतको कुम्भमेलामा भागदौड, कैयौँ हताहत भएको आशङ्का

भारतको कुम्भमेलामा भागदौड, कैयौँ हताहत भएको आशङ्का

समाचार
भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलिरहेको कुम्भमेलाका क्रममा बुधवार बिहान करिब १:३० बजे एउटा घाटमा भागदौड मच्चिएको छ। त्यस क्रममा धेरै मानिसहरू हताहत भएको ठानिएको छ। प्रयागराजका एक स्वास्थ्यकर्मीले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा बीबीसीलाई उक्त घटनामा कम्तीमा एक दर्जनभन्दा बढीको ज्यान गएको हुनसक्ने बताएका छन्। यद्यपि प्रशासनले अहिलेसम्म कसैको मृत्यु भएको जानकारी दिएको छैन। कुन बेला भयो घटना? बुधवार मौनी अमावस्या अर्थात् माघ कृष्ण औँसीका अवसरमा अमृतस्नान हुन लागेका बेला उक्त घटना भएको बताइएको छ। प्रत्यक्षदर्शीका अनुसार भिडले त्यहाँ लगाइएका बारहरू तथा अवरोधलाई तोडेर ठेलमठेल गर्दा उक्त अवस्था निम्तिएको थियो। प्रयागराज मेला प्राधिकरणकी एक अधिकारी आकाङ्क्षा राणाले पत्रकारहरूसँग कुरा गर्दै केही ठाउँमा भिडलाई व्यवस्थित गर्नका लागि राखिएका अवरोधहरू तोडफोड भ...
सुनिपिपलचौर माविमा एसईई तयारीका लागि निःशुल्क ट्युसन कक्षा सञ्चालन

सुनिपिपलचौर माविमा एसईई तयारीका लागि निःशुल्क ट्युसन कक्षा सञ्चालन

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : बझाङको जयपृथ्वी नगरपालिका–७ सुवेडास्थित सुनिपिपलचौर माध्यमिक विद्यालयले एसईई तयारी गरिरहेका विद्यार्थीहरूको शैक्षिक स्तर सुधार गर्न बुधबार (भोली) देखि विद्यालयमै निःशुल्क ट्युसन कक्षा सञ्चालन गर्ने भएको छ । आर्थिक रूपमा कमजोर विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिएको यो कार्यक्रमले विद्यार्थीहरूको शैक्षिक स्तर सुधार गर्न र उनीहरूको तयारीलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । ट्युसन कक्षामा विषय शिक्षकहरूबाट गणित, विज्ञान र अंग्रेजी विषयको ट्युसन पढाई हुने विध्यालयले जनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धिरेन्द्र बहादुर सिंहले यो कदमलाई विद्यार्थीको भविष्य निर्माणमा एक महत्वपूर्ण प्रयासका रूपमा व्याख्या गरेका छन् । ‘विद्यार्थीलाई बाहिरी ट्युसनको आर्थिक बोझ कम गर्दै उनीहरूको अध्ययनलाई प्रभावकारी बनाउने हाम्रो मुख्य उद्देश्य हो । यसमा अभिभावक र विद्यार्थीहरूको सहयोग...
पशु स्वास्थ तथा सेवा ब्यवसायी परिषद निर्वाचनमा भुगोल तर्फ सुदुरपश्चिममा लाल बहादुर बोहरा को उम्मेदवारी

पशु स्वास्थ तथा सेवा ब्यवसायी परिषद निर्वाचनमा भुगोल तर्फ सुदुरपश्चिममा लाल बहादुर बोहरा को उम्मेदवारी

Breaking News 2, कैलाली, ताजा अपडेट, राजनीति, सुदूरपश्चिम
माघ १८ गते हुने पशु स्वास्थ तथा सेवा ब्यवसायी परिषद निर्वाचनमा भुगोल तर्फ सुदुर पश्चिममा लाल बहादुर बोहरा ले उम्मेदवारी  दिएका छन । नेकपा एमाले र नेपाली कांग्रेस निकट गठबन्धन बाट उपाध्यक्षका उम्मेदवार काजिबहादुर श्रेष्ठ नेतृत्वको प्यानल बाट बोहरा उम्मेदवार बनेका हुन् । एमाले -कांग्रेस गठबन्धन बाट भुगोल तर सुदुर पश्चिम् प्रदेश सदस्यमा उम्मेदवार दिएका बोहरा नेल्टा नेपालका सुदुर पश्चिम् प्रदेश संयोजक हुन। सुदुर पश्चिम् प्रदेशमा कुल १ हजार ६ सय ६७ जना मतदाता रहेका छन। बोहराले भूगोल तर्फ सुदुर पश्चिम् प्रदेश सदस्यमा उम्मेदवारी गरे सँगै आफ्नो प्रतिबद्धता समेत सार्बजनिक गरेका छन। उनको क्र.सं.( २ ) रहेको छ। बोहराको उम्मेदवारी किन ? १.पशु स्वास्थ तथा पशु सेवा ब्यवसायलाई कानुनी मान्यताका लागि ब्यवस्थित,मर्यादित र गुणस्तरीय बनाउन। २.एक गाउँ एक प्राबिधिक तथा तिनै तहमा करार सेवामा कार्यरत ...
छाउगोठमा सुतिरहेको बेला बाघको आक्रमण

छाउगोठमा सुतिरहेको बेला बाघको आक्रमण

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, सुदूरपश्चिम
धनगढी: कैलालीको मोहन्याल गाउँपालिका-७ कुइनेकी एक महिला छाउगोठमा सुतिरहेको अवस्थामा बाघको आक्रमणमा परेकी छिन् । ४० वर्षीया सरस्वती बिकलाई आइतबार राति साढे १० बजेको समयमा बाघले आक्रमण गरी घाइते बनाएको हो । मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायका अनुसार बाघको आक्रमणले उनको टाउको र मुखमा चोटमा लागेको छ । गाउँलेले होहल्ला गरेपछि बाघ भागेको उनको भनाई छ । बिकलाई अहिले उपचारको लागि लम्की ल्याउने तयारी गरिएको अध्यक्ष उपाध्यायले रातोपाटीलाई जानकारी दिए । उनको अवस्था भने खतरामुक्त रहेको छ ।...
धनगढीका मेयर हमालको मिडियामा कार्यरत कर्मचारीले तलब नपाई जागिर छोडे

धनगढीका मेयर हमालको मिडियामा कार्यरत कर्मचारीले तलब नपाई जागिर छोडे

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको मिडिया ‘दिनेशखबर’ का सम्पादक वीरेन्द्र भट्टले जागिर छोडेका छन् । झण्डै पाँच वर्षदेखि सो मिडियामा कार्यरत उनले तलबबापत लाखौं रुपैयाँ लिन बाँकी छ । केही दिनअघि उनले सामाजिक सञ्जालमा जागिर छोडेको पोष्ट हालेका छन् । लेखेका छन्,‘मैले आजदेखि दिनेशखबर छोडेँ ।’ उनले तलबका लागि पत्रकारसम्बद्ध संघ संगठन गुहारेको बुझिएको छ । मेयर हमालको अनलाइनले विगतदेखि नै तलब दिन आनाकानी गर्दै आएको स्रोत बताउँछ । जसका कारण अधिकांश पत्रकारले तलब नलिइकन धमाधम जागिर छोडिरहेका छन् । सम्पादक भट्टले आफ्नो ६ लाख रुपैयाँ बाँकी रहेको बताए । गत माघ ६ गतेदेखि जागिर छोडेका उनले तलबका लागि निरन्तर मेयर हमालसँग आग्रह गरिरहेका छन् । उनले अलिअलि गरेर रकम लैजान भनेको भट्टको भनाइ छ । ‘मैले मेयरसँग कुरा गरेँ । त्यसपछि म्यानेजमेण्टमा पनि कुरा राखेँ । उहाँहरु विभिन्न बहा...
हेमा श्री फाउन्डेसन र ट्राफिक प्रहरीको सहकार्यमा सचेतना कार्यक्रम सम्पन्न

हेमा श्री फाउन्डेसन र ट्राफिक प्रहरीको सहकार्यमा सचेतना कार्यक्रम सम्पन्न

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलाली : हेमा श्री फाउन्डेसन नेपालको आयोजना र अस्थायी ट्राफिक प्रहरी पोस्ट चौमाला, कैलालीको समन्वयमा गौरीगंगा–२ मा रहेको मालिका माध्यमिक विद्यालयमा कक्षा ११ र १२ का विद्यार्थीहरूलाई लक्षित गरी सडक सुरक्षा तथा ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। सडक दुर्घटनाका घटना वृद्धि भइरहेका कारण विद्यालयस्तरबाटै ट्राफिक सचेतना दिएर दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमबारे जानकारी दिँदै हेमा श्री फाउन्डेसन नेपालका कार्यवाहक अध्यक्ष हेमन्त राज जोशी (बाजे) ले गौरीगंगा नगरपालिकाका पाँचवटा विद्यालयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताए। गौरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीले यो कार्यक्रमले विद्यार्थीहरूलाई व्यस्त सडक र राजमार्ग पार गर्दा हुने जोखिमबाट जोगिन सहयोग पुर्‍याउने अपेक्षा व्यक्त गरे। कार्यक्रमका प्रशिक्षक तथा अ...
मुकेश कुमार थापाको नेतृत्वमा निजामती कर्मचारी संगठन बझाङ सुदृढीकरणतर्फ

मुकेश कुमार थापाको नेतृत्वमा निजामती कर्मचारी संगठन बझाङ सुदृढीकरणतर्फ

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : नेपाल निजामती कर्मचारी संगठन बझाङको १३औँ जिल्ला अधिवेशनले मुकेश कुमार थापालाई अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको छ। थापाको नेतृत्वमा संगठनलाई सुदृढ र कर्मचारीको हकहितमा अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ। अध्यक्ष थापासँगै १९ सदस्यीय जिल्ला समिति गठन भएको छ। समितिमा धर्मराज जोशी उपाध्यक्ष, बिन्दु चन्द उपाध्यक्ष (महिला), दिपक बोहरा सचिव, नरेश ओली उपसचिव, र हर्क बहादुर सार्की कोषाध्यक्ष चयन भएका छन्। नवनिर्वाचित अध्यक्ष मुकेश कुमार थापाले आफ्नो सम्बोधनमा संगठनको उन्नयन र कर्मचारीहरूको हकअधिकार सुनिश्चित गर्न सबै कर्मचारीहरूलाई एकताबद्ध बनाउन नयाँ योजनाहरू कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे। "संगठनलाई थप सुदृढ बनाउँदै, सबै कर्मचारीको मञ्चका रूपमा विकास गर्न निरन्तर काम गरिनेछ," थापाले भने। थापा संगठनभित्रको अनुभवी नेतृत्वकर्ता हुन्। उहाँले विगतमा संगठनका वि...
नोभा  हस्पिटलको सहयोगमा बेलौरीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, २०९ जना लाभान्वित ।

नोभा हस्पिटलको सहयोगमा बेलौरीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, २०९ जना लाभान्वित ।

समाचार
माघ १२, बेलौरी (कञ्चनपुर): ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच उपलब्ध गराउने उद्देश्यले कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं. २ मा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। नोवा अस्पताल प्रा.लि., धनगढी र बेलौरी नगरपालिकाको संयुक्त सहकार्यमा आयोजित शिविरमा २०९ जना स्थानीय बासिन्दाले स्वास्थ्य सेवा लिएका छन्। सेवाग्राहीमध्ये १४४ जना महिला र ६५ जना पुरुष रहेका छन्। शिविरको उद्घाटन गर्दै बेलौरी नगरप्रमुख पोतिलाल चौधरीले यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा पुर्‍याउन महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए। उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो। शिविरमा हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. ललित चौधरी र विशेषज्ञ चिकित्सक डा. हरिस जोशीसहितको चिकित्सक टोलीले सेवा प्रदान गरेका थिए। घुँडाको दुखाइ, हाडजोर्नी समस्या, नशासम्ब...
नेपाल निजामती कर्मचारी संगठन बझाङको नयाँ भवन उद्घाटन

नेपाल निजामती कर्मचारी संगठन बझाङको नयाँ भवन उद्घाटन

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : नेपाल निजामती कर्मचारी संगठन बझाङको नयाँ भवन आज एक विशेष कार्यक्रमका बीच उद्घाटन गरिएको छ। उद्घाटन कार्यक्रम संगठनका सुदूरपश्चिम प्रदेश इन्चार्ज प्रकाश बहादुर खड्काद्वारा सम्पन्न भयो। कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष दिलबहादुर भण्डारी, संगठनका पदाधिकारीहरू, र विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो। इन्चार्ज खड्काले उद्घाटन समारोहमा बोल्दै नयाँ भवन निर्माण सबै कर्मचारीको एकताका कारण सम्भव भएको बताए। उनले भने, "जिल्लामा नयाँ भवन उद्घाटनसँगै जिल्ला समन्वय समितिको सभाहलमा १३औँ जिल्ला अधिवेशन हुने छ।" संगठनका जिल्ला अध्यक्ष दिनेश बहादुर धामीले १३औँ जिल्ला अधिवेशनले उत्कृष्ट नेतृत्व चयन गर्ने विश्वास व्यक्त गरे। उनले संगठनले अहिलेसम्म पुर्‍याएका विभिन्न उपलब्धिहरूको चर्चा गर्दै आगामी कार्यकालमा थप योजनाबद्ध र परिणाममुखी कार्य गरिने उल्लेख गरे। रिवन काटेर उद्घाटन गरेक...
अनेरास्ववियु(क्रान्तिकारी) को २३औं राष्ट्रिय सम्मेलन: रंगमान मल्लको उम्मेदवारी

अनेरास्ववियु(क्रान्तिकारी) को २३औं राष्ट्रिय सम्मेलन: रंगमान मल्लको उम्मेदवारी

समाचार
अनेरास्ववियु (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलनको चुनाव भोलि (माघ १२ गते) हुँदैछ। यस अवसरमा रंगमान मल्लले विश्वविद्यालय प्रदेश केन्द्रीय उपमहासचिव पदका लागि उम्मेदवारी घोषणा गर्दै विद्यार्थी, प्रगतिशील शिक्षा, र समतामूलक समाजका लागि आफ्नो प्रतिबद्धता दोहोर्याएका छन्। प्रमुख प्रतिबद्धताहरू रंगमान मल्लले विद्यार्थी आन्दोलनको सशक्त आवाजलाई प्राथमिकता दिदै, शिक्षा क्षेत्रमा सुधारका लागि निम्न मुद्दाहरू उठाएका छन्: 1.शैक्षिक सुधार र गुणस्तर वृद्धिका लागि ठोस पहल। 2.भ्रष्टाचारमुक्त र वैज्ञानिक शिक्षाको वकालत। 3.राजनीतिक भागवण्डाको अन्त्य गर्दै समावेशीता र प्रतिस्पर्धात्मक नियुक्ति। 4.विद्यार्थीहरूको शारीरिक र मानसिक विकासका लागि संरचना निर्माण। उम्मेदवारीको उद्देश्य मल्लले सबै विद्यार्थीहरूको हकहित र शिक्षा प्रणालीलाई प्रगतिशील दिशामा लैजाने आफ्नो उद्देश्य रहे...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज