धनगढी- बझाङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको जिल्लाको बुंगल नगरपालिका–१ चौपाताका मान बहादुर बोहराको भिरबाट लडेर मृत्युु भएको हो ।
फागुन ७ गते बुधबार साँझ बिहेबाट घर फर्किने क्रममा ठुलीमेलाको कुवाखोला भन्ने ठाउँको भिरबाट लडेर मृत्युु भएको प्रहरीले जनाएको छ ।
उनी हिजो साँझनै भिरबाट लडेका भएपनि आज बिहान ९ शव भेटिएको हो । स्थानीयले बोहरालाई मृत भेटेपछि परिवारलाई जानकारी गराएका थिए ।

