Advertisement

बाजुराको बुढीगङ्गाले ससर्त अनुदानका योजना विकासमुखी नभएको भन्दै फिर्ता पठायो

Advertisement

धनगढी- बाजुराको एक स्थानीय तहले ससर्त अनुदानका योजना फिर्ता पठाएको छ । जिल्लाको बुढीगङ्गा नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ अन्तर्गत सुदूरपश्चिम प्रदेश सरकारले उपलब्ध गराएको ससर्त अनुदानका निर्माण योजनाहरू फिर्ता पठाएको हो ।
कार्यपालिकाको गत पुष २५ गते बसेको बैठकको निर्णयअनुसार प्रदेश सरकारले हस्तान्तरण गरेका विभिन्न आयोजना कार्यान्वयन गर्न नसकिने भन्दै सम्बन्धित मन्त्रालयलाई फिर्ता पठाइएको पालिकाले जनाएको छ ।
नेकपा (एमाले) स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, केन्द्रीय सदस्यहरू लालबहादुर थापा, प्रकाशबहादुर शाह, पूर्वप्रदेश प्रमुख देवराज जोशीको गृहपालिकामा योजनाहरू कार्यान्वयन हुन नसक्दा फिर्ता गरिएका हुन्। यता बुढीगङ्गा नगरपालिकाका प्रमुख रामबहादुर बानियाँले भने योजनाहरू विकासमुखी नभएको हुँदा प्रदेशलाई नै फिर्ता पठाइएको बताए ।
“बुढीगङ्गामा सडक पूर्वाधार, शिक्षा, खानेपानी, स्वास्थ्य, सञ्चार जस्ता आवश्यक योजनाहरू प्राथमिकतामा छन्, तर प्रदेश सरकारले आवश्यकताबेगर योजना छनोट गरेको छ। कार्यकर्ता पोस्ने र व्यक्तिपिच्छे योजना दिने प्रवृत्तिका कारण ती योजनाहरू फिर्ता गर्नुपरेको प्रमुख बानियाँको भनाइ छ ।
उनका अनुसार बुढीगङ्गा नगरपालिकाले १० लाख रुपियाँभन्दा माथिका निर्माण योजना ठेक्कामार्फत कार्यान्वयन गर्ने नीति लिएको छ। तर, उपभोक्ताले ठेक्का अनुसार काम गर्न अस्वीकार गरेपछि स्वयम् प्रदेश सरकारलाई नै योजना फिर्ता बुझाइएको उनले जानकारी दिए।
प्रदेश सरकारले बुढीगङ्गा नगरपालिकामा २५ लाख रुपियाँ बराबरका विभिन्न योजना छनोट गरेको थियो।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज