बझाङ- बझाङका ३ वटा स्थानीय तहमा अपाङ्गता परिचयपत्र स्किृनिङ्ग एप्स सम्वन्धि छलफल भएको छ ।
जिल्लाकाे दुर्गाथली,खप्तडछान्ना र मष्टा गाउँपालीकामा अपाङ्गता परिचयपत्र स्किृनिङ्ग एप्स सम्वन्धि छलफल भएको हाे ।
अपाङ्गता भएका व्यक्तिहरूको पहिचान, वर्गीकरण, र प्रमाणिकरण गर्ने प्रविधि (मोबाइल एप्स वा डिजिटल प्रणाली) सम्बन्धी जानकारी गराउन उक्त छलफल भएको बताइएको छ ।

पहिलोपटक दुर्गाथली गाउँपालिकामा सञ्चालन गरिएको कार्यक्रममा दुर्गाथली स्थानीय सरकारका उपाध्यक्ष जनक दाैल्यालकाे अध्यक्षतामा सुरु भएको कार्यक्रममा पालीकाका जनप्रतिनिधि स्थानीय समन्वय समितिका सदस्यहरु अपाङगता अधिकार नीतिगत व्यवस्था र स्किृनिङ एप्स सम्बन्धि एक दिने छलफल कार्यक्रम सम्पन्न भएको हाे । अपाङगता ब्यक्तिहरुलाई दिईने परिचय पत्रलाई ब्यवस्थित गर्ने उद्देश्यले स्किृनिङ एप्स निर्माण गरि संचालनमा ल्याउन लागिएको दुर्गाथली गाउँपालीकाले जनाएको छ ।
छलफलका कार्यक्रममा अपाङगता ब्यक्तिकाहरुको पहुँच सेवा सुबिधा कार्यन्वयनमा दुर्गम क्षेत्रमा चुनौति रहेको सहभागीहरुले बताएका थिए । भौगोलिक रुपमा विकट क्षेत्रका नागरिकहरुलाई कस्ता अपाङ्गता भएको ब्यक्ति र कति उमेरसम्मकोले परिचय पत्र पाउन्छ,भन्ने नै जानकारी नहुने गरेको बताउनु भएको थियाे । परिचय पत्र बनाउन के कस्ता कागजातहरु अवश्यक पर्छ थाहा नहुँदा झनै असहज हुने गरेको थियो, स्किृनिङ एप्सले सवै सुचकहरु राखेको र कागजी झन्झटीलो लाई समेत सजिलो हुने भएको स्राेतकाे भनाइ रहेको छ ।

यसै गरि खप्तड छान्ना गाउँपालीका र मष्टा गाउँपालीकामा पनि स्किृनिङ एप्स मोवाईलहरुमा सहजै जतासुकै चलनाउन सकिने भएकोले दुर्गम क्षेत्रका स्थानिय तहलाई काम गर्न सहज हुने विश्वास रहेको खप्तड छान्ना गाउँपालीका अध्यक्ष उत्तमकुमार राेकायाले बताउनु भयाे । अध्यक्ष राेकायाले भने, हाम्रो सवै वडाहरु इन्टरनेटको पहुँचमा रहेकोले वडाबाटै पनि काम गर्न सकिने र कागज नै बोकेर हिड्न नपर्ने उनको भनाइ रहेको थियाे ।

यसै गरि मष्टा गाउँपालीकामा पनि उपाध्यक्ष हर्क बहादुर धामीकाे अध्यक्षतामा एक दिने कार्यक्रम गरिएको थियाे जिल्लाका ३ वटै स्थानीय तहमा गरिएको कार्यक्रम भने समन्वय सहकार्य युरोपीयन यूनियन र संयुक्त राष्ट्र सघंको आर्थिक सहयोग र सामाजिक सुरक्षा नागरिक समाज संजाल र निड्स नेपालको आयोजनामा छलफल कार्यक्रम गरिएको थियो ।
छलफल कार्यक्रममा अपाङगता अधिकार नीतिगत व्यवस्था र स्किृनिङ एप्स सम्बन्धिको महत्व र एप्स संचालन भएपछि हुने सहजताको विषयमा छलफल गरिएको हाे । फिल्ड सहजकर्ता लक्ष्मण चलाउनेले कार्यक्रमकाे उदश्यवारे जानकारी गराउनु भएको थियाे भने । प्रशिक्षकमा सिल्डब्लुआईएसएचका कार्यक्रम सँयाेजक उमँग मैनाली कार्यक्रमका पशिक्षक रहनु भएको थियाे ।
कार्यक्रममा स्थानीय सरकारका जनप्रतिनिधि,पालीकाका कर्मचारीहरु सराेकारवाला अपांग अपांग समितिका पदाधिकारीहरु न्यायिक समिति बालक्लवका अध्यक्ष लगायतकाे उपस्थिति रहेकाे थियाे लक्ष्मण चलाउनेले बताउनुभयाे ।


