Advertisement

बागमती जयपृथ्वीबहादुर सिंह गौरीगंगा फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश

Advertisement

धनगढी- कैलालीमा जारी जयपृथ्वीबहादुर सिंह गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगितामा बागमती प्रदेश सेमिफाईनल प्रवेश गरेको छ ।

गौरीगंगा नगरपालिका–८ मा रहेको गौरीगंगा–११ स्पोर्टस क्लबको खेलमैदानमा आज शुक्रबार भएको खेलमा गण्डकी प्रदेशलाई ३–१ ले हराउँदै बागमती प्रदेश अन्तिम चार अर्थात (सेमिफाइनल) मा प्रवेश गरेको हो ।

बागमती प्रदेशको जितका लागि सानु तामाङले दुई गोल गरे । खेलको ४४ औं मिनेटमा पहिलो गोल गरेका सानुले ५१ औं मिनेटमा दोस्रो गोल गरेका थिए । बागमतीका लागि मिशान लामाले खेलको ८८ औं मिनेटमा एक गोल गरेको थिए । गण्डकी प्रदेशका लागि मिशान थापा मगरले एक गोल फर्काएका थिए । खेलमा उत्कृष्ट प्रदर्शन गरेका बागमतीका मिशान थापा म्यान अफ द म्याच भएर पाँच हजार सहित ट्रफी पाएका छन् ।
भोली सनिवार अन्तिम क्वाटरफाईनल खेल हुनेछ । जसमा कोशी प्रदेशको गाईघाट फुटबल क्लब र लुम्बीनी प्रदेशको राईजिङ स्टार क्लब बिच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले ५ लाख नगद सहित ट्रफी पाउनेछ भने उपविजेताले दुई लाख पचास हजार नगद सहित ट्रफी मेडल पाउनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले पचास हजार, उत्कृष्ट गोलरक्षक १५ हजार, उत्कृष्टरक्षक १५ हजार, उत्कृष्ट फरवार्ड १५ हजार, सर्वाधिक गोलकर्ता १५ हजार, उदयमान खेलाडी १५ हजार, फेयर प्ले टिमलाई १५ हजार पुरस्कार दिईनेछ । प्रत्येक खेलको म्यान अफ द म्याचले नगद पाँच हजार सहित ट्रफी दिईने आयोजकले जनाएको छ । प्रतियोगितामा ७ वटा प्रदेशका टीमहरुको सहभागी छन् । प्रतियोगिता फागुन १४ गतेसम्म सञ्चालन हुनेछ ।

यो गौरीगंगा–११ स्पोर्टस क्लबको आयोजना र सुदूरपश्चिम खेलकुद परिषद्को तत्वाधानमा जयपृथ्वीबहादुर सिंह गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिताको पाँचौं संस्करण हो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज