म्यान्मारमा गएको भूकम्पबाट ज्यान गुमाउनेको संख्या तीन हजार तीन सयभन्दा माथि
म्यान्मार— म्यान्मारमा ठूलो भूकम्पबाट ज्यान गुमाउनेको संख्या तीन हजार तीन सयभन्दा माथि पुगेको छ ।
मार्च २८ को भूकम्पले देशभरका भवन र पूर्वाधारहरू ध्वस्त पारेको छ । तीन हजार तीन सय ५४ जनाको मृत्यु भएको छ । यस्तै चार हजार पाँच सय आठ जना घाइते भएका छन् । बेपत्ता हुनेको सङ्ख्या दुई सय २० पुगेको सरकारी मिडियाले प्रकाशित गरेको नयाँ तथ्याङ्कले जनाएको छ ।
विपद् भएको एक हप्ताभन्दा बढी समयपछि पनि देशका धेरै मानिस अझै आश्रयविहीन छन्, या त तिनीहरूको घरहरू नष्ट भएका कारण या थप भत्किने डरले बाहिर सुत्न बाध्य छन् ।
संयुक्त राष्ट्रसङ्घको एक अनुमानअनुसार ७.७ म्याग्निच्युडको भूकम्पले ३० लाखभन्दा बढी मानिस प्रभावित भएको हुन सक्छ । यसले चार वर्षको गृहयुद्धले निम्त्याएको अघिल्लो चुनौतीहरूलाई थप जटिल बनाएको छ ।
संयुक्त राष्ट्रसङ्घका शीर्ष सहायता अधिकारीले शनिबार मध्य म्यान्मारको मण्डाले सहरमा पीडितह...












