Advertisement

हराएको वा बिग्रिएको नेपाल टेलिकमको सिम अब अनलाइनबाटै प्रतिस्थापन गर्न सकिने

Advertisement

काठमाडौं- नेपाल टेलिकमले हराएको वा बिग्रिएको फिजिकल सिम तथा ई-सिमको सट्टा नयाँ सिम लिन सकिने अनलाइन सेवा सञ्चालनमा ल्याएको छ। यो सेवा शुक्रबारदेखि लागू भएको हो।

अब सेवाग्राहीले esim.ntc.net.np पोर्टलमा लगइन गरी ‘Apply for Lost/Damaged SIM’ विकल्पमा क्लिक गरेर आवश्यक विवरण भरेपछि नयाँ फिजिकल सिम वा ई-सिमका लागि आवेदन दिन सक्नेछन्।

आवेदन प्रक्रिया पूरा भएपछि ग्राहक स्वयं वा फारममा उल्लेख गरिएको प्रतिनिधिमार्फत टेलिकमको काउन्टरबाट सिम प्राप्त गर्न सकिनेछ। सिम प्रतिस्थापनका लागि ५० रुपैयाँ शुल्क काउन्टरमै बुझाउनुपर्नेछ।

यदि प्रतिनिधिमार्फत सिम लिनुपर्ने भए प्रतिनिधिको नाम आवेदनमै उल्लेख गर्नुपर्नेछ। साथै प्रतिनिधिले आफ्नो परिचय खुल्ने आधिकारिक कागजात पनि पेश गर्नुपर्ने नेपाल टेलिकमले जनाएको छ। ग्राहकको गोपनीयता र सुरक्षालाई ध्यानमा राखेर यस्तो व्यवस्था गरिएको हो।

टेलिकमका अनुसार उक्त पोर्टलमार्फत हराएको वा बिग्रिएको सिम प्रतिस्थापनका साथै नयाँ प्रिपेड ई-सिम लिन, फिजिकल सिमलाई ई-सिममा रूपान्तरण गर्न, नयाँ फिजिकल सिम प्राप्त गर्न तथा ग्राहक विवरण (KYC) अद्यावधिक गर्न समेत सुविधा उपलब्ध रहेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज