Notice: Function Elementor\Core\Experiments\Manager::warn_removed_or_hidden_dependency was called incorrectly. Feature mega-menu depends on hidden experiment nested-elements. Please see Debugging in WordPress for more information. (This message was added in version 4.4.1.) in /home3/kamanate/kamanatoday.com/wp-includes/functions.php on line 6260
हाम्रो बारेमा - Page 105 of 374 - कामनाटुडे
Advertisement

हाम्रो बारेमा

भीमदत्त उत्कृष्ट कृषक पुरस्कारका लागि आज ल्वाडा र खोरीमा कृषि ज्ञान केन्द्र बझाङद्वारा अनुगमन

भीमदत्त उत्कृष्ट कृषक पुरस्कारका लागि आज ल्वाडा र खोरीमा कृषि ज्ञान केन्द्र बझाङद्वारा अनुगमन

Breaking News 1, बझाङ, रोजगार, समाचार
बझाङ । जिल्ला स्तरमा वितरण गरिने भीमदत्त उत्कृष्ट कृषक पुरस्कारको तयारीस्वरूप कृषि ज्ञान केन्द्र बझाङले आज छबिसपाथिभेरा गाउँपालिका–६ ल्वाडा र ७ अन्तर्गत पर्ने खोरी क्षेत्रमा स्थलगत कृषि अनुगमन सम्पन्न गरेको छ । अनुगमन टोलीको नेतृत्व वाली संरक्षण प्राविधिक समितिका संयोजक तथा कृषि ज्ञान केन्द्र बझाङका सहायक वाली संरक्षण अधिकृत जनक सिंहले गरेका थिए । टोलीमा भेटनरी अस्पताल तथा पशु सेवा कार्यालयमा कार्यरत समिति सदस्य जय बहादुर खड्का र समन्वय समितिका यज्ञ खत्री सहभागी थिए । कृषकहरूको उत्पादन प्रणाली, व्यवस्थापन सीप, प्रविधिको प्रयोग, मेहनत तथा योगदानको मूल्याङ्कन गरी बझाङ जिल्लाभरिबाट छनोट गरिने उत्कृष्ट तीन जना कृषकहरूलाई यो पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितात्मक मूल्याङ्कनका आधारमा छनोटमा पर्ने प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने कृषकलाई क्रमशः रु २५,००० नगद पुरस्कार प्रदान गरि...

अनेरास्ववियुको २४औं महाधिवेशन: बाजुराबाट केन्द्रिय सदस्यमा पारस रावलको दमदार उपस्थिती

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बाजुरा, मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
  २४औं अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) महाधिवेशनले देशभर विद्यार्थी राजनीतिमा नयाँ ऊर्जा र बहसको माहोल सिर्जना गरिरहेको छ । यही महाधिवेशन अन्तर्गत सुदूरपश्चिम प्रदेशको भूगोलतर्फबाट बाजुराका होनहार युवा नेता पारस रावल केन्द्रिय सदस्य पदका लागि बलियो दावेदारका रूपमा अगाडि आएका छन् । सानै उमेरदेखि समाजसेवा र विद्यार्थी हकहितमा समर्पित रावलले शिक्षाको गुणस्तर सुधार, विद्यार्थी अधिकारको रक्षा, संगठन सुदृढीकरण र समावेशी नेतृत्व निर्माण जस्ता विषयमा स्पष्ट दृष्टिकोणसहित उम्मेदवारी दिएका छन् । निरन्तरको सक्रियता र जनसम्पर्कमा आधारित अभियानमार्फत उनले देशभरका प्रतिनिधिहरूमध्ये व्यापक समर्थन बटुल्न सफल भएका छन् । २८ गते हुने मतदानको मिति नजिकिँदै जाँदा महाधिवेशनको माहोल तातिंदो छ। उम्मेदवारहरू आ–आफ्ना एजेन्डा प्रस्तुत गर्न व्यस्त छन् भने प्रतिनिधिहरूले न...
अनेरास्ववियुको २४ औँ महाधिवेशनमा पुष्कर अवस्थीको उम्मेदवारी: अनुशासन आयोग सदस्यमा युवा नेतृत्वको सशक्त दाबी

अनेरास्ववियुको २४ औँ महाधिवेशनमा पुष्कर अवस्थीको उम्मेदवारी: अनुशासन आयोग सदस्यमा युवा नेतृत्वको सशक्त दाबी

Breaking News 1, Breaking News 2, Breaking News 3, अन्तरबार्ता, दैनिक, मुख्य समाचार, राजनीति
काठमाडौं, जेठ २८ – विद्यार्थी संगठन अनेरास्ववियु (अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन) को २४ औँ महाधिवेशन राजधानी काठमाडौंमा जारी छ। संगठनको नेतृत्व चयनका लागि सहमतिको प्रयास जारी रहँदा पनि हालसम्म सर्वसम्मति कायम हुन सकेको छैन। सहमतिको विकल्प असफल भएपछि निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ। उम्मेदवारका आकांक्षीहरूले प्रतिनिधिहरुलाई आफूतर्फ आकर्षित गर्न आ–आफ्नो पक्षमा लबिङ तीव्र बनाएका छन्। यसै क्रममा सुदूरपश्चिम प्रदेश, मध्यवर्ती क्षेत्र कैलालीका होनहार र कर्मशील विद्यार्थी नेता पुष्कर अवस्थीले अनुशासन आयोग सदस्य पदमा उम्मेदवारी दिएका छन्। संघर्षबाट नेतृत्वमा विगत एक दशकभन्दा बढी समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय अवस्थी विद्यार्थीको हकहित, अधिकार र न्यायका लागि निरन्तर लड्दै आएका छन्। २०७६ सालमा माध्यमिक कक्षा कमिटी हुँदै अनेरास्ववियुमा प्रवेश...
मेरोमाइक्रोफाइनान्स ले गर्यो मिर्तक मिना चौधरिको श्रीमान लाइ १लाख ७६ हजार को चे हस्तान्तरण

मेरोमाइक्रोफाइनान्स ले गर्यो मिर्तक मिना चौधरिको श्रीमान लाइ १लाख ७६ हजार को चे हस्तान्तरण

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, समाचार, सुदूरपश्चिम
मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले असामयिक मृत्यु भएका ग्राहकका परिवारलाई बीमा बापतको रकम हस्तान्तरण गरेको छ । संस्थाबाट १ लाख ६० हजार रुपैयाँ लघुउद्यम कर्जा लिएका सदस्य मिना चौधरीको मृत्यु दावी बापत १ लाख ७६ हजार रुपैयाँ नीजका श्रीमान सिताराम चौधरीलाई हस्तान्तरण गरेको संस्थाले जनाएको छ । निजलाई साधारण कर्जा बीमाअन्तर्गत उक्त बिमा रकम एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा हस्तान्तरण गरिएको मसुरिया, कैलालीका शाखा प्रबन्ध दिपेन्द्र बटालाले बताए । मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेड शाखा कार्यालय मसुरियाका शाखा प्रबन्ध दिपेन्द्र बटाला र कैलारी गाउँपालिका २ , कैलालीका वडा सदस्य सन्तराम चौधरीले मृतक मिना चौधरीका श्रीमान सिताराम चौधरीलाई संयुक्त रुपमा उक्त बिमा रकम हस्तान्तरण गरेका थिए ।...
प्रारम्भिक तहका शिक्षकका लागि चार दिने क्षमता विकास तालिम सम्पन्न, एकीकृत पाठ्यक्रम प्रभावकारी कार्यान्वयनमा जोड

प्रारम्भिक तहका शिक्षकका लागि चार दिने क्षमता विकास तालिम सम्पन्न, एकीकृत पाठ्यक्रम प्रभावकारी कार्यान्वयनमा जोड

बझाङ, समाचार
बझाङ । प्रारम्भिक तहका शिक्षकहरूलाई लक्षित गरी एकीकृत पाठ्यक्रमसम्बन्धी चार दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । जेठ २३ गतेदेखि सुरु भएको तालिम वल्ड भिजन इन्टरनेशनल नेपाल र प्रगतिशील युवा समाजको आयोजनामा तथा जयपृथ्वी नगरपालिकाको समन्वयमा संचालन गरिएको हो । तालिममा जयपृथ्वी नगरपालिकाका २० र केदारस्युँ गाउँपालिकाका २० वटा विद्यालयका गरी ४० जना शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो । सदरमुकाम चैनपुरमा सम्पन्न तालिमले शिक्षकहरूको शैक्षिक दक्षता र व्यवहारिक क्षमता अभिवृद्धिमा सहयोग पु¥याउने आयोजकले बताएको छ । कार्यक्रममा बोल्दै जयपृथ्वी नगरपालिकाका शिक्षा संयोजक निरज प्रसाद रेग्मीले एकीकृत पाठ्यक्रम बालमैत्री सिकाइका दृष्टिले महत्वपूर्ण भएको बताउँदै शिक्षकहरूमा पाठ्यक्रम प्रतिको स्पष्ट बुझाइ र प्रयोगात्मक सीप विकास गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताए । तालिममा सहभागी शिक्षक...
३ महिने  संगठन सुदृढीकरण एवम शैक्षिक जागरण अभियान धनगडि को कैलालि बहुमुखि क्याम्पास मा उद्दाट्न

३ महिने संगठन सुदृढीकरण एवम शैक्षिक जागरण अभियान धनगडि को कैलालि बहुमुखि क्याम्पास मा उद्दाट्न

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
नेकपा माओवादि केन्द्र पार्टि को भातृ बिधार्थि संगठन अखिल क्रान्तिकारी "विद्यार्थी सँग अखिल (क्रान्तिकारी ) " ३ महिने संगठन सुदृढीकरण एवम् शैक्षिक जागरण अभियानको सुदुरपश्चिम कमाण्ड अन्तरगतको अभियान कैलाली बहुमुखी क्याम्पस धनगढीबाट पार्टीका स्थाइ कमिटी सदस्य तथा सुदुरपश्चिम प्रदेश संसदिय दलका नेता कम्रेड खगराज भट्ट को प्रमुख आतिथ्यतामा सुदुरपश्चिम कमाण्ड इन्चार्ज तथा उपाध्यक्ष उमेश कडेल लाइ संगठनको झण्डा हस्तान्त्रण गर्दै उद्घाटन गर्नुभएको छ । अभियानका कमाण्ड इन्चार्ज उमेश कडेल को अध्यक्षता मा सुरुभएको अभियानको उद्घाटन कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा संगठन प्रदेशका फ्र्याक्सन इन्चार्ज लक्षीराम आचार्य , वैतडी पार्टीका जिल्ला संयोजक शंकर भण्डारी लगायतका नेता हरुले अभियान सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य संगठनका उपमहासचिव तथा प्रदेश इन्चार्ज ...
नेपाल खेलकुद महासंघ कैलालि जिल्ला को तेस्रो महाधिवेसन सम्पन्न अध्यक्ष मा भण्डारि

नेपाल खेलकुद महासंघ कैलालि जिल्ला को तेस्रो महाधिवेसन सम्पन्न अध्यक्ष मा भण्डारि

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलालि - नेपाल कम्निस्ट पार्टि एमाले को भातृ संगठन नेपाल खेलकुद महासंघ को तेस्रो जिल्ला कैलालि को अधिवेसन आज होटेल टि & टि मा सम्म्पन भएको छ । कैलालि जिल्ला सयोजक महेन्द्र भण्डारि को सभा अध्यक्षता मा सुरु भएको अधिवेसन मा प्रमुख अथितिमा नेकपा एमाले केन्द्रीय सचिब तथा सुदुर पश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट रहेका थिए । आज सम्पन्न अधिवेसन बिना बिबाद रहित र सर्ब सहमत समिति चयन भएको युवा नेता खेलकुद महासंघ का केन्द्रीय सदस्य दिपेन्द्र गिरि ले कामनालाइ जानकारी गरेका थिए । उक्त अधिबेसन बाट अध्यक्ष मा महेन्द्र भण्डारि उपाध्यक्ष मा दिनेश सिङ कडायत , इसरा देवकोटा , सचिब मा कृष्ण प्रसाद ओझा , कोषाध्यक्ष मा हिरेन्द्र नाथ उप सचिब मा उमाकान्त भट्ट ,अर्जुन थापा रहेका छन भने सदस्य मा करुणा बडुवाल, सन्तोश बिसि , अशोक शाहि , हरिश धिक्त ,मनिश साउद ,चन्द्रा साउद , यादव थापा , मनोज ठगुन्ना रहेका छन्...
नेपाल खेलकुद महासंघ को कैलालि जिल्ला को तेस्रो अधिवेसन सम्पन्न अध्यक्ष मा भण्डारि

नेपाल खेलकुद महासंघ को कैलालि जिल्ला को तेस्रो अधिवेसन सम्पन्न अध्यक्ष मा भण्डारि

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, दैनिक, समाचार, सुदूरपश्चिम
कैलालि - नेपाल कम्निस्ट पार्टि एमाले को भातृ संगठन नेपाल खेलकुद महासंघ को तेस्रो जिल्ला कैलालि को अधिवेसन आज होटेल टि & टि मा सम्म्पन भएको छ । कैलालि जिल्ला सयोजक महेन्द्र भण्डारि को सभा अध्यक्षता मा सुरु भएको अधिवेसन मा प्रमुख अथितिमा नेकपा एमाले केन्द्रीय सचिब तथा सुदुर पश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट रहेका थिए । आज सम्पन्न अधिवेसन बिना बिबाद रहित र सर्ब सहमत समिति चयन भएको युवा नेता खेलकुद महासंघ का केन्द्रीय सदस्य दिपेन्द्र गिरि ले कामनालाइ जानकारी गरेका थिए । उक्त अधिबेसन बाट अध्यक्ष मा महेन्द्र भण्डारि उपाध्यक्ष मा दिनेश सिङ कडायत , इसरा देवकोटा , सचिब मा कृष्ण प्रसाद ओझा , कोषाध्यक्ष मा हिरेन्द्र नाथ उप सचिब मा उमाकान्त भट्ट ,अर्जुन थापा रहेका छन भने सदस्य मा करुणा बडुवाल, सन्तोश बिसि , अशोक शाहि , हरिश धिक्त ,मनिश साउद ,चन्द्रा साउद , यादव थापा , मनोज ठगुन्ना रहेका...
नेपालमा पहिलो पटक शल्यक्रियामार्फत लिंग परिवर्तन

नेपालमा पहिलो पटक शल्यक्रियामार्फत लिंग परिवर्तन

Breaking News 1, Breaking News 2, Breaking News 3
काठमाडौं : नेपालमा पहिलो पटक शल्यक्रियामार्फत लिंग परिवर्तन गरिएको छ। नेपालमा पहिलो पटक शल्यक्रियामार्फत लिंग परिवर्तन गरिएको त्रिवि शिक्षण अस्पतालको प्लास्टिक सर्जरी विभागले जनाएको छ। त्रिवि शिक्षण अस्पतालका प्रवक्ता सह प्रा.डा गोपाल सेढाइले अनुहार तथा स्तनका विभिन्न अप्रेशनहरुका साथै नेपालमै पहिलो पटक लिंग परिवर्तन अपरेशन (महिलाबाट पुरुष) बनाइएको जानकारी दिएका हुन्।...

अमेरिकामा एउटै घरमा चार नेपाली मृत फेला, हत्या हो वा आत्महत्या ?

Breaking News 1, Breaking News 2, Breaking News 3, अन्तर्राष्ट्रिय
अमेरिकामा एउटा घरमा चारजना नेपाली मृत फेला परेका छन् । भर्जिनियाको मानसास पार्कमा रहेको एक घरमा बिहीबार चारजना मृत फेला परेका हुन् । दुई बालबालिका र दुई वयस्कलाई गोली हानी हत्या गरिएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । प्रहरीले हत्या हो अथवा आत्महत्या भनेर अनुसन्धान गरिरहेको एनबीसीवासिङटन अनलाइनले जनाएको छ । मृत्यु हुनेमा दुई वर्षीय बालक, आठ वर्षीया बालिका, ३८ वर्षका सन्तोष परियार र ३६ वर्षकी अञ्जु श्रेष्ठ रहेका समाचारमा उल्लेख छ । छिमेकीहरूले बताएअनुसार उनीहरू ६ महिनाअगाडि नेपालबाट अमेरिका गएका थिए । चारै जनाको शरीरमा गोली लागेको स्पष्ट चोट छ । गोली लागेका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलबाट बन्दुक बरामद भएको छ ।...
इन्चार्ज सिंहलाई बधाई तथा सम्मान

इन्चार्ज सिंहलाई बधाई तथा सम्मान

ताजा अपडेट, बझाङ, समाचार, सुदूरपश्चिम
बझाङ, प्रेस चौतारी नेपाल बझाङ शाखाले नवनियुक्त केन्द्रीय सदस्य तथा बझाङ जिल्ला इन्चार्ज भुवनबहादुर सिंहलाई आज दिउँसो एक विशेष कार्यक्रममा बधाई तथा सम्मान गरेको छ । कार्यक्रम प्रेस चौतारी बझाङ शाखाको कार्यालयमा आयोजना गरिएको थियो । कार्यक्रममा सिंहलाई खादा‌ प्रदान गर्दै औपचारिक रूपमा सम्मान गरिएको हो ।   उक्त कार्यक्रममा प्रेस चौतारी बझाङका अध्यक्ष सुरेश धामी, सहसचिव सुरेन्द्र खत्री, पूर्व पदाधिकारी, सञ्चारकर्मी, उपस्थिति थियो ।  साथै, विशेष अतिथिका रूपमा साइपाल गाउँपालिकाका अध्यक्ष मानवीर बोहरा, प्रेस चौतारी नेपालका निवर्तमान केन्द्रीय सदस्य रमेश केसी तथा पूर्व केन्द्रीय सदस्य बसन्त प्रताप सिंह पनि कार्यक्रममा सहभागी भएका थिए । अध्यक्ष सुरेश धामीले भुवनबहादुर सिंहको लामो समय पत्रकारिता अनुभव, संगठनमा देखाएको समर्पण र निष्पक्ष भूमिकाको प्रशंसा गर्दै उहाँको नेतृत्वमा बझाङको पत्रक...
२०५६ सालदेखि लगातार चारपटक देउवाविरुद्ध स्वतन्त्र उम्मेदवार बनी चुनाब लडेका ८४ वर्षीय कर्णसिंह रावल को निधन ।

२०५६ सालदेखि लगातार चारपटक देउवाविरुद्ध स्वतन्त्र उम्मेदवार बनी चुनाब लडेका ८४ वर्षीय कर्णसिंह रावल को निधन ।

Breaking News 1, Breaking News 2, Breaking News 3, डडेल्धुरा
२०५६ सालदेखि लगातार चारपटक देउवाविरुद्ध स्वतन्त्र उम्मेदवार बनी चुनाब लडेका ८४ वर्षीय कर्णसिंह रावल को निधन । डडेलधुराका 'मम्याल बाजे' भनेर परिचित ८४ वर्षीय रावलको आज निधन भएको छ। केही दिन यतादेखि बिरामी रहेका उनको आज निधन भएको हो। नवदुर्गा गाउँपालिकाको मम्या भन्ने स्थानका मूल निवासी र अमरगढी नगरपालिका बसोबासी रावल विगत दुई दशकभन्दा बढी समयदेखि नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लड्दै आएका थिए। उनी २०५६ सालदेखि लगातार पाँचपटक देउवाविरुद्ध उम्मेदवार बनेका थिए। प्रचारप्रसार नगर्ने, चुनाव चिन्हमा सूर्यमुखी फूल भिरेर घाम ताप्ने र 'एक मत आए पनि पुग्छ' भन्ने उनको विचारले उनलाई जिल्लामै चर्चित बनाएको थियो। मालपोत कार्यालयमा तीन दशक सेवा गरेर २०५४ सालमा अवकाश पाएका रावल २०४८ सालको संसदीय निर्वाचनताका शेरबहादुर देउवालाई सहयोगीको रूपमा चुनाव जित...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज