कैलालीमा विहे तय भइसकेपछि बेपत्ता प्रेमीसँगै भागिन् युवती, २ लाखको कुरा ‘डिसमिस’
धनगढी । कैलालीको गौरीगंगा नगरपालिका–४ राजीपुरका सहदेव कुमाल २५ बैशाखमा धनगढीबाट बेपत्ता भएपछि तय भइसकेको विवाह एकाएक रद्द भयो । कुमाल बेपत्ता भएपछि उनीसँगको ३ वर्षदेखिको प्रेम सम्बन्धमा रहेर विवाह गर्न राजी भएकी बाजुराकी बुढा थरकी युवती खोजीका लागि भन्दै इलाका प्रहरी कार्यालय मालाखेतीमा पुगेकी थिइन् ।
कुमालकी भाउजुले समेत देवरको खोजीका लागि भन्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी थिइन् तर कुमालको अत्तोपत्तो नलागेपछि अन्ततः दुवै परिवारको समेत सहमतीमा तय भइसकेको विवाह रद्द भएको थियो ।
कुमाल सम्पर्कमा नआएपछि प्रेम सम्बन्धमा रहेकी युवती अब उनको वास्ता नगर्ने निर्णयमा पुग्छिन् । तर प्रेममा भएका बेला विभिन्न समयमा युवकलाई पठाएको झन्डै दुुई लाख पैँसाको चिन्ताले उनलाई पिरोल्न थाल्यो ।
घरपरिवारलाई विभिन्न समयमा युवकलाई एक लाख ८३ हजार रुपैयाँ बैँकमार्फत पठाएको देखाएपछि उनका बुवा...











