Advertisement

अनेरास्ववियुको २४ औँ महाधिवेशनमा पुष्कर अवस्थीको उम्मेदवारी: अनुशासन आयोग सदस्यमा युवा नेतृत्वको सशक्त दाबी

Advertisement

काठमाडौं, जेठ २८ – विद्यार्थी संगठन अनेरास्ववियु (अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन) को २४ औँ महाधिवेशन राजधानी काठमाडौंमा जारी छ। संगठनको नेतृत्व चयनका लागि सहमतिको प्रयास जारी रहँदा पनि हालसम्म सर्वसम्मति कायम हुन सकेको छैन।

सहमतिको विकल्प असफल भएपछि निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ। उम्मेदवारका आकांक्षीहरूले प्रतिनिधिहरुलाई आफूतर्फ आकर्षित गर्न आ–आफ्नो पक्षमा लबिङ तीव्र बनाएका छन्। यसै क्रममा सुदूरपश्चिम प्रदेश, मध्यवर्ती क्षेत्र कैलालीका होनहार र कर्मशील विद्यार्थी नेता पुष्कर अवस्थीले अनुशासन आयोग सदस्य पदमा उम्मेदवारी दिएका छन्।

संघर्षबाट नेतृत्वमा

विगत एक दशकभन्दा बढी समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय अवस्थी विद्यार्थीको हकहित, अधिकार र न्यायका लागि निरन्तर लड्दै आएका छन्। २०७६ सालमा माध्यमिक कक्षा कमिटी हुँदै अनेरास्ववियुमा प्रवेश गरेका उनले संगठनका विभिन्न तहमा अग्रणी भूमिका खेलेका छन्। २०७९ सालमा खप्तड बहुमुखी क्याम्पसमा स्ववियु अध्यक्ष पदका उम्मेदवार बनेका उनी, २०८० सालको स्ववियु निर्वाचनमा अत्याधिक मतसहित विजयी हुँदै जिल्ला सह–सचिवमा निर्वाचित भएका थिए।

विद्यार्थी माझ लोकप्रिय र जिम्मेवार

सादा जीवनशैली, स्पष्ट सोच र संगठनप्रतिको समर्पणका कारण पुष्कर अवस्थी आज विद्यार्थी माझ लोकप्रिय नाम बनेका छन्। अनुशासन, इमानदारी र निष्ठा उनका प्रमुख मूल्य हुन्। उनले महाधिवेशनमा सहभागी प्रतिनिधिहरुलाई सम्बोधन गर्दै भनेका छन्,

“मेरो उम्मेदवारी कुनै पदको आकांक्षा होइन, यो विद्यार्थीको अधिकार र संगठनप्रतिको जिम्मेवारी हो।”

उनले थपे,

“यदि म अनुशासन आयोग सदस्य पदमा निर्वाचित भए, म विद्यार्थीको आवाज बुलन्द बनाउनेछु र संगठनभित्र अनुशासनको संस्कार मजबुत बनाउने छु।”

प्रतिनिधिहरुको आश्वस्ति

महाधिवेशनमा सहभागी धेरै प्रतिनिधिहरू पुष्कर अवस्थीलाई युवा नेतृत्वका लागि उपयुक्त र योग्य उम्मेदवारका रूपमा हेर्दै छन्। एक प्रतिनिधिले भने,

“अवस्थीजस्तो इमानदार, मिलनसार र जुझारु नेता अनुशासन आयोगमा भए संगठनको अनुशासन मजबुत बन्नेछ। उनी जित्नै पर्छ।”

संगठनप्रति समर्पित, विद्यार्थी माझ लोकप्रिय र नेतृत्व क्षमतामा अब्बल पुष्कर अवस्थीले प्रतिनिधिहरुलाई आग्रह गर्दै भनेका छन्,

“तपाईंहरूको विश्वास, मत र साथ पाएमा म संगठनप्रतिको जिम्मेवारी इमानदारीपूर्वक निभाउनेछु। अनुशासन आयोगमा मेरो उपस्थिति, न्याय, पारदर्शिता र समावेशी सोचको लागि हुनेछ।”

 अनेरास्ववियुजस्तो विशाल र जिम्मेवार संगठनमा अनुशासन आयोगको भूमिकालाई महत्वपूर्ण मानिने सन्दर्भमा पुष्कर अवस्थीजस्ता जिम्मेवार, अनुभवी र लोकप्रिय नेताको उम्मेदवारीले विद्यार्थी राजनीतिमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज