Advertisement

अनेरास्ववियुको २४ औँ महाधिवेशनमा पुष्कर अवस्थीको उम्मेदवारी: अनुशासन आयोग सदस्यमा युवा नेतृत्वको सशक्त दाबी

Advertisement

काठमाडौं, जेठ २८ – विद्यार्थी संगठन अनेरास्ववियु (अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन) को २४ औँ महाधिवेशन राजधानी काठमाडौंमा जारी छ। संगठनको नेतृत्व चयनका लागि सहमतिको प्रयास जारी रहँदा पनि हालसम्म सर्वसम्मति कायम हुन सकेको छैन।

सहमतिको विकल्प असफल भएपछि निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ। उम्मेदवारका आकांक्षीहरूले प्रतिनिधिहरुलाई आफूतर्फ आकर्षित गर्न आ–आफ्नो पक्षमा लबिङ तीव्र बनाएका छन्। यसै क्रममा सुदूरपश्चिम प्रदेश, मध्यवर्ती क्षेत्र कैलालीका होनहार र कर्मशील विद्यार्थी नेता पुष्कर अवस्थीले अनुशासन आयोग सदस्य पदमा उम्मेदवारी दिएका छन्।

संघर्षबाट नेतृत्वमा

विगत एक दशकभन्दा बढी समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय अवस्थी विद्यार्थीको हकहित, अधिकार र न्यायका लागि निरन्तर लड्दै आएका छन्। २०७६ सालमा माध्यमिक कक्षा कमिटी हुँदै अनेरास्ववियुमा प्रवेश गरेका उनले संगठनका विभिन्न तहमा अग्रणी भूमिका खेलेका छन्। २०७९ सालमा खप्तड बहुमुखी क्याम्पसमा स्ववियु अध्यक्ष पदका उम्मेदवार बनेका उनी, २०८० सालको स्ववियु निर्वाचनमा अत्याधिक मतसहित विजयी हुँदै जिल्ला सह–सचिवमा निर्वाचित भएका थिए।

विद्यार्थी माझ लोकप्रिय र जिम्मेवार

सादा जीवनशैली, स्पष्ट सोच र संगठनप्रतिको समर्पणका कारण पुष्कर अवस्थी आज विद्यार्थी माझ लोकप्रिय नाम बनेका छन्। अनुशासन, इमानदारी र निष्ठा उनका प्रमुख मूल्य हुन्। उनले महाधिवेशनमा सहभागी प्रतिनिधिहरुलाई सम्बोधन गर्दै भनेका छन्,

“मेरो उम्मेदवारी कुनै पदको आकांक्षा होइन, यो विद्यार्थीको अधिकार र संगठनप्रतिको जिम्मेवारी हो।”

उनले थपे,

“यदि म अनुशासन आयोग सदस्य पदमा निर्वाचित भए, म विद्यार्थीको आवाज बुलन्द बनाउनेछु र संगठनभित्र अनुशासनको संस्कार मजबुत बनाउने छु।”

प्रतिनिधिहरुको आश्वस्ति

महाधिवेशनमा सहभागी धेरै प्रतिनिधिहरू पुष्कर अवस्थीलाई युवा नेतृत्वका लागि उपयुक्त र योग्य उम्मेदवारका रूपमा हेर्दै छन्। एक प्रतिनिधिले भने,

“अवस्थीजस्तो इमानदार, मिलनसार र जुझारु नेता अनुशासन आयोगमा भए संगठनको अनुशासन मजबुत बन्नेछ। उनी जित्नै पर्छ।”

संगठनप्रति समर्पित, विद्यार्थी माझ लोकप्रिय र नेतृत्व क्षमतामा अब्बल पुष्कर अवस्थीले प्रतिनिधिहरुलाई आग्रह गर्दै भनेका छन्,

“तपाईंहरूको विश्वास, मत र साथ पाएमा म संगठनप्रतिको जिम्मेवारी इमानदारीपूर्वक निभाउनेछु। अनुशासन आयोगमा मेरो उपस्थिति, न्याय, पारदर्शिता र समावेशी सोचको लागि हुनेछ।”

 अनेरास्ववियुजस्तो विशाल र जिम्मेवार संगठनमा अनुशासन आयोगको भूमिकालाई महत्वपूर्ण मानिने सन्दर्भमा पुष्कर अवस्थीजस्ता जिम्मेवार, अनुभवी र लोकप्रिय नेताको उम्मेदवारीले विद्यार्थी राजनीतिमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज