Advertisement

प्रारम्भिक तहका शिक्षकका लागि चार दिने क्षमता विकास तालिम सम्पन्न, एकीकृत पाठ्यक्रम प्रभावकारी कार्यान्वयनमा जोड

Advertisement

बझाङ ।

प्रारम्भिक तहका शिक्षकहरूलाई लक्षित गरी एकीकृत पाठ्यक्रमसम्बन्धी चार दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । जेठ २३ गतेदेखि सुरु भएको तालिम वल्ड भिजन इन्टरनेशनल नेपाल र प्रगतिशील युवा समाजको आयोजनामा तथा जयपृथ्वी नगरपालिकाको समन्वयमा संचालन गरिएको हो ।
तालिममा जयपृथ्वी नगरपालिकाका २० र केदारस्युँ गाउँपालिकाका २० वटा विद्यालयका गरी ४० जना शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो । सदरमुकाम चैनपुरमा सम्पन्न तालिमले शिक्षकहरूको शैक्षिक दक्षता र व्यवहारिक क्षमता अभिवृद्धिमा सहयोग पु¥याउने आयोजकले बताएको छ ।

कार्यक्रममा बोल्दै जयपृथ्वी नगरपालिकाका शिक्षा संयोजक निरज प्रसाद रेग्मीले एकीकृत पाठ्यक्रम बालमैत्री सिकाइका दृष्टिले महत्वपूर्ण भएको बताउँदै शिक्षकहरूमा पाठ्यक्रम प्रतिको स्पष्ट बुझाइ र प्रयोगात्मक सीप विकास गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताए ।

तालिममा सहभागी शिक्षक मनोज चौहानले शिक्षकहरूका लागि यस्ता तालिमहरू अत्यन्त फलदायी हुने धारणा र बालबालिकाको रुचि, स्तर र आवश्यकतालाई मध्यनजर गरेर पढाउने कला यस तालिमबाट सिकाई भएको बताए ।
प्रगतिशील युवा समाजका कार्यकारी निर्देशक लवराज जोशीले विद्यालयमा गुणस्तरीय शिक्षा प्रवाह गर्न शिक्षकमै आधारित तालिमको खाँचो रहेको बताए । ‘यस्ता कार्यक्रमहरूले शिक्षकहरूलाई अझ सशक्त बनाउँछ ।’ उनले भने, शिक्षकहरूमा व्यवहारिक शिक्षण शैली, अभिलेखीकरण र मूल्याङ्कन विधिमा सुधार ल्याउने लक्ष्य राखेका थियौं, सोहि अनुरुप तालिम संचालन गरेका हौ ।’

कार्यक्रमका अध्यक्ष तथा प्रगतिशील युवा समाजका अध्यक्ष रमेश केसीले शिक्षकहरुले प्रविधिमा आधारित भएर सिकाई गर्नुपर्ने र भविष्यमा समेत शिक्षकहरूको क्षमता अभिवृद्धिका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

धनगढी- बझाङको बित्थडचिर गाउँपालिका खेलकुद विकास समितिले एमएमए फाइटर रबिन्द्र ढाँटलाई स्वागत तथा बिदाइ गरेको छ। आफ्नो प्रतिद्वन्द्...
भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

धनगढी- कैलाली क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि भोजबहादुर बमले केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला पुरुष)...
बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

धनगढी- नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं. ५ बाट लक्ष्मी रिजाल केसीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घ...
हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज