Advertisement

भीमदत्त उत्कृष्ट कृषक पुरस्कारका लागि आज ल्वाडा र खोरीमा कृषि ज्ञान केन्द्र बझाङद्वारा अनुगमन

Advertisement

बझाङ ।

जिल्ला स्तरमा वितरण गरिने भीमदत्त उत्कृष्ट कृषक पुरस्कारको तयारीस्वरूप कृषि ज्ञान केन्द्र बझाङले आज छबिसपाथिभेरा गाउँपालिका–६ ल्वाडा र ७ अन्तर्गत पर्ने खोरी क्षेत्रमा स्थलगत कृषि अनुगमन सम्पन्न गरेको छ ।

अनुगमन टोलीको नेतृत्व वाली संरक्षण प्राविधिक समितिका संयोजक तथा कृषि ज्ञान केन्द्र बझाङका सहायक वाली संरक्षण अधिकृत जनक सिंहले गरेका थिए । टोलीमा भेटनरी अस्पताल तथा पशु सेवा कार्यालयमा कार्यरत समिति सदस्य जय बहादुर खड्का र समन्वय समितिका यज्ञ खत्री सहभागी थिए ।

कृषकहरूको उत्पादन प्रणाली, व्यवस्थापन सीप, प्रविधिको प्रयोग, मेहनत तथा योगदानको मूल्याङ्कन गरी बझाङ जिल्लाभरिबाट छनोट गरिने उत्कृष्ट तीन जना कृषकहरूलाई यो पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितात्मक मूल्याङ्कनका आधारमा छनोटमा पर्ने प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने कृषकलाई क्रमशः रु २५,००० नगद पुरस्कार प्रदान गरिनेछ ।

अनुगमन टोलीले खोरी क्षेत्रका खेतबारी, पशुपालन, बाली व्यवस्थापन, रोग नियन्त्रण, मल प्रयोग र कृषकहरूको सक्रियता अवलोकन गरेको थियो ।

अनुगमनपछिको अन्तरक्रियामा संयोजक जनक सिंहले भने, “यहाँका कृषकहरूले धेरै राम्रो काम गर्नुभएको छ। तर तालिमको अभाव देखिन्छ। त्यसैले आगामी दिनमा आवश्यक तालिमहरू सञ्चालन गरिनेछ।” उनले खेतीमा निरन्तर उत्कृष्टता देखाउने कृषकहरूलाई केन्द्रबाट अनुदानको व्यवस्था गरिने पनि जानकारी गराए । साथै उनले थपे “भीमदत्त उत्कृष्ट पुरस्कारको लागि हालसम्म कृषि तथा पशु सेवा तर्फबाट जिल्लाभरिबाट १७ वटा आवेदन प्राप्त भएका छन् र तिनै आधारमा अनुगमन कार्य भइरहेको छ ।”

खोलापारी कृषक समूहका अध्यक्ष मकर बोहराले कृषि ज्ञान केन्द्रको सहयोगले कृषकहरूमा आत्मविश्वास बढेको र उत्पादनमा पनि सुधार आएको बताए । “उब्जनी राम्रो भएको छ, तर अहिलेको मुख्य चुनौती भनेको बजार नपाइनु हो,” उनले भने ।

अनुगमन टोलीले जिल्लाका अन्य स्थानहरुमा पनि स्थलगत अनुगमन गरि प्राबिधिक समितिले मुल्यांकनका आधारमा पुरस्कार प्रदान गरिन बताएका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज