Advertisement

इन्चार्ज सिंहलाई बधाई तथा सम्मान

Advertisement

बझाङ,
प्रेस चौतारी नेपाल बझाङ शाखाले नवनियुक्त केन्द्रीय सदस्य तथा बझाङ जिल्ला इन्चार्ज भुवनबहादुर सिंहलाई आज दिउँसो एक विशेष कार्यक्रममा बधाई तथा सम्मान गरेको छ । कार्यक्रम प्रेस चौतारी बझाङ शाखाको कार्यालयमा आयोजना गरिएको थियो । कार्यक्रममा सिंहलाई खादा‌ प्रदान गर्दै औपचारिक रूपमा सम्मान गरिएको हो ।

 

उक्त कार्यक्रममा प्रेस चौतारी बझाङका अध्यक्ष सुरेश धामी, सहसचिव सुरेन्द्र खत्री, पूर्व पदाधिकारी, सञ्चारकर्मी, उपस्थिति थियो ।  साथै, विशेष अतिथिका रूपमा साइपाल गाउँपालिकाका अध्यक्ष मानवीर बोहरा, प्रेस चौतारी नेपालका निवर्तमान केन्द्रीय सदस्य रमेश केसी तथा पूर्व केन्द्रीय सदस्य बसन्त प्रताप सिंह पनि कार्यक्रममा सहभागी भएका थिए । अध्यक्ष सुरेश धामीले भुवनबहादुर सिंहको लामो समय पत्रकारिता अनुभव, संगठनमा देखाएको समर्पण र निष्पक्ष भूमिकाको प्रशंसा गर्दै उहाँको नेतृत्वमा बझाङको पत्रकारिता थप सशक्त, उत्तरदायी र समाजमुखी हुने विश्वास व्यक्त गरे ।

 

साइपाल गाउँपालिकाका अध्यक्ष मानवीर बोहराले पनि सिंहलाई बधाई दिँदै समाज परिवर्तनमा पत्रकारिताको भूमिका अतुलनीय रहेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी भूमिका खेल्ने अपेक्षा व्यक्त गरे । त्यसैगरी, निवर्तमान केन्द्रीय सदस्य रमेश केसी र पूर्व केन्द्रीय सदस्य बसन्त प्रताप सिंहले सिंहको कार्यकुशलता, लगनशीलता र संगठनप्रतिको प्रतिबद्धताको उच्च मूल्याङ्कन गर्दै शुभकामना व्यक्त गरे । सम्मान ग्रहण गर्दै भुवनबहादुर सिंहले प्रेस स्वतन्त्रता, उत्तरदायी पत्रकारिता, अभिव्यक्ति स्वतन्त्रता र पत्रकारहरूको हक–हितको संरक्षणका लागि आफू निरन्तर क्रियाशील रहने दृढता व्यक्त गरे । कार्यक्रम उत्साहपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको थियो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज