Advertisement

इन्चार्ज सिंहलाई बधाई तथा सम्मान

Advertisement

बझाङ,
प्रेस चौतारी नेपाल बझाङ शाखाले नवनियुक्त केन्द्रीय सदस्य तथा बझाङ जिल्ला इन्चार्ज भुवनबहादुर सिंहलाई आज दिउँसो एक विशेष कार्यक्रममा बधाई तथा सम्मान गरेको छ । कार्यक्रम प्रेस चौतारी बझाङ शाखाको कार्यालयमा आयोजना गरिएको थियो । कार्यक्रममा सिंहलाई खादा‌ प्रदान गर्दै औपचारिक रूपमा सम्मान गरिएको हो ।

 

उक्त कार्यक्रममा प्रेस चौतारी बझाङका अध्यक्ष सुरेश धामी, सहसचिव सुरेन्द्र खत्री, पूर्व पदाधिकारी, सञ्चारकर्मी, उपस्थिति थियो ।  साथै, विशेष अतिथिका रूपमा साइपाल गाउँपालिकाका अध्यक्ष मानवीर बोहरा, प्रेस चौतारी नेपालका निवर्तमान केन्द्रीय सदस्य रमेश केसी तथा पूर्व केन्द्रीय सदस्य बसन्त प्रताप सिंह पनि कार्यक्रममा सहभागी भएका थिए । अध्यक्ष सुरेश धामीले भुवनबहादुर सिंहको लामो समय पत्रकारिता अनुभव, संगठनमा देखाएको समर्पण र निष्पक्ष भूमिकाको प्रशंसा गर्दै उहाँको नेतृत्वमा बझाङको पत्रकारिता थप सशक्त, उत्तरदायी र समाजमुखी हुने विश्वास व्यक्त गरे ।

 

साइपाल गाउँपालिकाका अध्यक्ष मानवीर बोहराले पनि सिंहलाई बधाई दिँदै समाज परिवर्तनमा पत्रकारिताको भूमिका अतुलनीय रहेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी भूमिका खेल्ने अपेक्षा व्यक्त गरे । त्यसैगरी, निवर्तमान केन्द्रीय सदस्य रमेश केसी र पूर्व केन्द्रीय सदस्य बसन्त प्रताप सिंहले सिंहको कार्यकुशलता, लगनशीलता र संगठनप्रतिको प्रतिबद्धताको उच्च मूल्याङ्कन गर्दै शुभकामना व्यक्त गरे । सम्मान ग्रहण गर्दै भुवनबहादुर सिंहले प्रेस स्वतन्त्रता, उत्तरदायी पत्रकारिता, अभिव्यक्ति स्वतन्त्रता र पत्रकारहरूको हक–हितको संरक्षणका लागि आफू निरन्तर क्रियाशील रहने दृढता व्यक्त गरे । कार्यक्रम उत्साहपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको थियो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज