Advertisement

२०५६ सालदेखि लगातार चारपटक देउवाविरुद्ध स्वतन्त्र उम्मेदवार बनी चुनाब लडेका ८४ वर्षीय कर्णसिंह रावल को निधन ।

Advertisement

२०५६ सालदेखि लगातार चारपटक देउवाविरुद्ध स्वतन्त्र उम्मेदवार बनी चुनाब लडेका ८४ वर्षीय कर्णसिंह रावल को निधन ।

डडेलधुराका ‘मम्याल बाजे’ भनेर परिचित ८४ वर्षीय रावलको आज निधन भएको छ।
केही दिन यतादेखि बिरामी रहेका उनको आज निधन भएको हो।
नवदुर्गा गाउँपालिकाको मम्या भन्ने स्थानका मूल निवासी र अमरगढी नगरपालिका बसोबासी रावल विगत दुई दशकभन्दा बढी समयदेखि नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लड्दै आएका थिए।
उनी २०५६ सालदेखि लगातार पाँचपटक देउवाविरुद्ध उम्मेदवार बनेका थिए।
प्रचारप्रसार नगर्ने, चुनाव चिन्हमा सूर्यमुखी फूल भिरेर घाम ताप्ने र ‘एक मत आए पनि पुग्छ’ भन्ने उनको विचारले उनलाई जिल्लामै चर्चित बनाएको थियो।
मालपोत कार्यालयमा तीन दशक सेवा गरेर २०५४ सालमा अवकाश पाएका रावल २०४८ सालको संसदीय निर्वाचनताका शेरबहादुर देउवालाई सहयोगीको रूपमा चुनाव जिताउन खटिएका थिए।
तर, त्यसपछिको सरुवा विवादले उनी देउवासँग खिन्न बने र जीवनभर प्रतिस्पर्धा गर्ने अठोट लिए।
‘ मैंले आफन्त भनेर भोट दिलाएँ, तर जब मैले जिल्लामै बस्ने भनें, तर देउवाले ‘हुँदैन। कहाँ हुन्छ ? आफ्नो मान्छे राखिसकेका छौँ, उसलाई बैतडी पठाऊ’ भनेछन् रे’ अघिल्लो चुनावमा सञ्चारकर्मीहरूसँग भनेका थिए, ‘त्यो दिनदेखि मैले भोट माग्दै हिँड्न छोडें, तर उम्मेदवारी भने कहिल्यै रोकिनँ।’
२०७४ सालको चुनावमा उनले २८० मत पाएका थिए। भने ०७९ को चुनावमा ४४२ मत पाएका थिए।
८४ निर्वाचनमा देउवाले चुनाव लडे रावल
पनि तयारीमा थिए।
‘मलाई जिताए, जिल्लावासीलाई दुई छाक खाने बनाउँछु, देउवाजस्तो बजेट खाने नेता बन्दिन्न,’ भन्ने उनको भनाइ पछिल्लो चुनावमा चर्चित बनेको थियो।
आज मम्याल बाजे यस दुनियाँबाट सधैंका लागि बिदा भए। उनी अब देउवाविरुद्ध उम्मेदवारी दिने छैनन्।।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज