Advertisement

हाम्रो बारेमा

एक युवतीद्वारा ६ महिनामा २० प्रेमी फेरेर आइफोन संकलन, बेचेर घर किनेपछि

एक युवतीद्वारा ६ महिनामा २० प्रेमी फेरेर आइफोन संकलन, बेचेर घर किनेपछि

Breaking News 2, अन्तर्राष्ट्रिय, समाचार
चीनमा करिब नौ वर्षअघि एक महिलाले २० जना पुरुषसँग डेट गरेर सबैबाट नयाँ आईफोन ७ उपहारमा लिएकी थिइन्। उनले ती सबै आईफोन बेचेर १ लाख २० हजार युआन (झण्डै २३ लाख रुपैयाँ) कमाइन् र त्यो रकमबाट आफ्नो लागि फ्ल्याटको अग्रिम भुक्तानी गरेकी थिइन्। यो घटना फेरि चर्चामा आएको छ किनभने हालै चीनमै यस्तै प्रकृतिको अर्को घोटाला सार्वजनिक भएको छ। तर, यसपटक ठगी गर्ने व्यक्ति एक अधबैंसे पुरुष हुन्, जसले अनलाइनमा ‘सिस्टर होङ’ नामको पहिचान बनाउँदै अन्य पुरुषहरूलाई यौन सम्बन्धका नाममा फसाउने गर्थे। ‘क्रस-ड्रेसिङ’ घोटाला साउथ चाइना मर्निङ पोस्ट अनुसार यो नयाँ घोटालालाई 'क्रस-ड्रेसिङ स्क्याम' भनिन्छ। घोटालामा संलग्न व्यक्तिले आफूलाई महिला बनाएर विभिन्न पुरुषसँग सम्पर्क गर्थे र उपहारको रूपमा पैसा वा वस्तु माग्थे। सिस्टर होङ नामले चिनिने ती व्यक्तिको ठगी सार्वजनिक भएपछि, नौ वर्षअघिको आईफोन घोटाला फेरी चर्चाम...
मधेशमा सुक्खाग्रस्त क्षेत्रका लागि राहतसहित आठ बुँदे निर्णय

मधेशमा सुक्खाग्रस्त क्षेत्रका लागि राहतसहित आठ बुँदे निर्णय

Breaking News 1, ताजा अपडेट, समाचार
काठमाडौँ– मधेश प्रदेशको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयले सुक्खाग्रस्त क्षेत्रका अति जोखिममा परेका समुदायलाई राहत उपलब्ध गराउने निर्णयसहित आठ बुँदे कार्ययोजना सार्वजनिक गरेको छ। मन्त्रालयका निमित्त सचिव रामकुमार खंगको अध्यक्षतामा मन्त्रालयअन्तर्गतका विकास साझेदार र सरोकारवालासँग बसेको बैठकले सो निर्णय गरेको हो। बैठकले विकास साझेदारहरूको क्षमता र कार्यक्षेत्रको नक्शाङ्कन दुई दिनभित्र समितिमा पेश गर्ने, अति जोखिममा परेका समुदाय र परिवारको पहिचान गरी तत्काल राहत वितरण गर्ने तथा पालिका र जिल्ला विपद् व्यवस्थापन समितिसँग सहकार्यमा आवश्यक काम अघि बढाउने निर्णय गरेको छ। त्यसैगरी, जहाँ आवश्यक छ त्यहाँ डिप बोरिङ र स्यालो ट्युबवेल जडानमा प्राथमिकता दिने, त्यसका लागि दोहोरोपना नहोस् भनेर कार्य समन्वयमा जोड दिने र विपद् समितिसँग मिलेर योजना अघि बढाउने भनिएको छ। बैठकले वैकल्पिक कृषि प्...
डडेल्धुरामा विषालु च्याउ खाँदा वृद्धको मृत्यु

डडेल्धुरामा विषालु च्याउ खाँदा वृद्धको मृत्यु

Breaking News 1, डडेल्धुरा, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
डडेलधुरा- डडेल्धुराको आलिताल गाउँपालिका–१ फिन्नेगडा मेलखर्कका ७० वर्षीय देवबहादुर बोहराको विषालु च्याउ खाँदा मृत्यु भएको छ। साउन ७ गते साँझ आफ्नै खेतबारीमा उम्रिएको च्याउ खाएपछि उनी बिरामी परेका थिए। तर उनलाई दुई दिनपछि मात्र अस्पताल पुर्‍याइएको आफन्तहरूले जनाएका छन्। शरीरमा विष फैलिँदै गएपछि उनको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो। अवस्था जटिल भएपछि साउन ९ गते उनलाई डडेलधुरा अस्पताल ल्याइएको थियो। आईसियुमा राखेर उपचार प्रयास गरिएको भए पनि अवस्था सुधार नहुँदा मंगलवार साँझ उपचारका क्रममा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी निरीक्षक धनी चन्दले जानकारी दिए।...
बाजुरामा भिरबाट लडेर एक वृद्धको मृत्यु

बाजुरामा भिरबाट लडेर एक वृद्धको मृत्यु

Breaking News 1, ताजा अपडेट, बाजुरा, मुख्य समाचार, समाचार
बाजुरा- बाजुराको बुढीनन्दा नगरपालिका–१ जमसालका ६१ वर्षीय मनिचन्द्र खत्रीको भिरबाट लडेर मृत्यु भएको छ। घाँस काट्नका लागि टालेबिस्न लेक गएका खत्री साँझसम्म घर नफर्किएपछि आफन्तहरूले खोजतलास गर्दा माङ्लेगौडा भिरबाट करिब १०० मिटर तल खसेको अवस्थामा घाइते फेला पारेका थिए। उनलाई तत्काल उपचारका लागि बुढीनन्दा नगरपालिका स्थित कोल्टी अस्पताल पुर्‍याइएको थियो। तर चिकित्सकले जाँच गर्दा खत्रीलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।...
आजको मौसम : यी स्थानमा भारी वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा भारी वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेकाले मौसममा व्यापक परिवर्तन देखिएको हो। महाशाखाका अनुसार हाल बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहेको छ भने अन्य प्रदेशहरूमा आंशिक बदलीको अवस्था छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको जानकारी प्राप्त भएको छ। दिउँसोको पूर्वानुमान अनुसार, देशभर सामान्य बदली रहनेछ। विशेषगरी सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागका धेरै स्थानहरूमा र तराईका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। रातिको अवस्थामा, पहाडी भूभागमा सामान्य बदली रहनेछ भने तराईमा आंशिक बदली रहने अनुमान गरिएको छ। यस्तै, देशका पहाडी क्षेत्रका थोरै स्थानहरूमा र तराईका एक–दुई स्थानमा चट...
देउरा बजारमा डेंगु नियन्त्रणका लागि सरसफाइ अभियान सम्पन्न

देउरा बजारमा डेंगु नियन्त्रणका लागि सरसफाइ अभियान सम्पन्न

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
बझाङ-  बझाङको केदारस्यूँ गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्र देउरा बजारमा डेंगु रोगविरुद्ध सचेतना फैलाउने सरसफाइ अभियान सञ्चालन गरिएको छ। यश श्रावण महिनालाई ‘डेंगु सचेतना महिनाका रूपमा मनाउने रणनीति अनुरूप बजार क्षेत्रमा लामखुट्टे नष्ट गर्ने र सरसफाइ गर्ने अभियान सञ्चालन गरिएको हो। कार्यक्रमको आयोजना केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाले गरेको थियो। यस अभियानमा देउरा बजार व्यवस्थापन समिति, रायल प्राथमिक स्वास्थ्य केन्द्रको स्वास्थ्यकर्मी टोली, गाउँपालिका कर्मचारी, वडा नं. १ का वडा अध्यक्ष बीरबहादुर भण्डारी, स्थानीय व्यापारी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रम अन्तर्गत खुला ढल, पानी जम्ने स्थान, प्लास्टिकका फोहोर, डब्बा जस्ता लामखुट्टे प्रजनन स्थलहरू नष्ट गरिए। साथसाथै, बजार क्षेत्र सरसफाइ गरेर डेंगु संक्रमणको जोखिम न्यूनीकरण गर्न प्रयास गरिएको हो। स्वास...
आज देशभर श्रद्धाका साथ नागपञ्चमी पर्व मनाइँदै

आज देशभर श्रद्धाका साथ नागपञ्चमी पर्व मनाइँदै

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- आज श्रावण शुक्ल पञ्चमीका दिन परम्पराअनुसार नागको पूजाअर्चना गरी नागपञ्चमी पर्व देशभर श्रद्धा एवं भक्तिभावका साथ मनाइँदै छ। घरको मूलढोकामा नागको प्रतीकस्वरूप तस्बिर टाँसी, पूजाआजा गर्ने चलन वैदिक सनातन परम्परादेखि निरन्तर रहिआएको छ। धार्मिक विश्वासअनुसार, नागको पूजा गर्दा वर्षभर घरमा नाग, सर्प, बिच्छीलगायत जीवले दुःख नदिने तथा अग्नि, चट्याङ र मेघको भयबाट रक्षा हुने जनविश्वास रहिआएको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य तथा धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार, प्रत्येक घरको जगमुनि नाग हुने विश्वास गरिएको छ। यदि नाग रिसाएमा घरको जग नै कमजोर हुने भन्दै पूजापाठ गर्ने परम्परा रहेको उनले बताए। नागको धार्मिक महत्त्व नागलाई वैदिक सनातन परम्परामा भगवान् विष्णु र शिवको प्रतीकका रूपमा पूजिन्छ। शिवले गला र शरीरमा नाग धारण गर्ने तथा विष्णुले शेषनागको शय्यामा शयन ग...
देशभर मनसुनी प्रभाव, कोशी–बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी प्रभाव, कोशी–बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास तथा पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित छ। यसको प्रभावस्वरूप हाल देशभर सामान्य बदली रहेको छ। कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जानकारी प्राप्त भएको छ। दिउँसोको पूर्वानुमान आज दिउँसो देशभर सामान्य बदली रहनेछ। कोशी, बागमती र लुम्बिनी प्रदेशसँगै देशका पहाडी भूभागका धेरै स्थानमा र तराई भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा पनि हुनसक्ने पूर्वानुमान गरिएको छ। रातिको पूर्वानुमान आज राति लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा सामान्य बदली रहनेछ...
दार्चुलाको अपीहिमाल गाउँपालिका सामाजिक सुरक्षा कोषमा आबद्ध

दार्चुलाको अपीहिमाल गाउँपालिका सामाजिक सुरक्षा कोषमा आबद्ध

Breaking News 1, ताजा अपडेट, दार्चुला, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
दार्चुला- दार्चुलास्थित अपीहिमाल गाउँपालिकाले सामाजिक सुरक्षा कोषसँग औपचारिक सम्झौता गर्दै सुदूरपश्चिम प्रदेशमै सामाजिक सुरक्षाको दायरामा प्रवेश गर्ने पहिलो गाउँपालिका बन्न सफल भएको छ। साउन १२ गते सम्पन्न उक्त सम्झौता पश्चात अपीहिमाल गाउँपालिकामा कार्यरत १५० भन्दा बढी करार सेवाका कर्मचारी, स्वयंसेवक शिक्षक तथा अन्य अस्थायी श्रमिकहरू प्रत्यक्ष लाभान्वित हुने भएका छन्। गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहराका अनुसार अब ती कर्मचारीहरूले निवृत्तिभरण, बीमा तथा उपचार खर्चजस्ता सामाजिक सुरक्षा सुविधाहरू प्राप्त गर्नेछन्। अध्यक्ष ठेकरेले यो सम्झौतालाई कर्मचारीहरूको हकहित सुनिश्चित गर्ने दिशामा "एक निर्णायक कदम"को रूपमा वर्णन गरे। उनले भने, “यसले कर्मचारीहरूको भविष्य सुरक्षित गर्नुका साथै उनीहरूलाई थप उत्साहका साथ सेवा प्रवाह गर्न प्रेरित गर्नेछ।” सामाजिक सुरक्षा कोषमा आबद्धतापछि कर्मचारी...
सुर्मा देवी बिरीजात मेला: सुदूरपश्चिमको आस्था, परम्परा र पुनर्मिलनको उत्सव

सुर्मा देवी बिरीजात मेला: सुदूरपश्चिमको आस्था, परम्परा र पुनर्मिलनको उत्सव

Breaking News 1, ताजा अपडेट, दार्चुला, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- साउन कृष्ण औंसीदेखि प्रारम्भ भई आधा महिनासम्म चल्ने सुर्मा देवी बिरीजात मेला अहिले सुदूरपश्चिमको बझाङ र दार्चुलामा विशेष रौनकता छाएको छ। यो मेला धार्मिक श्रद्धा, सांस्कृतिक पहिचान र सामाजिक समागमको प्रतीक मानिन्छ। यो मेला बिशेषगरि सुर्मा देवीका करियाहरूले मनाउने गर्दछन् । अहिले बझाङको सुर्मा गाउँपालिका, छबिसपाथिभेरा गाउँपालिका , दुर्गाथलि गाउँपालिका , जयपृथ्वी नगरपालिकाका सुर्मा देवीको पुजा स्थलमा मेलाको रौनकता छाएको हो । प्रत्येक वर्ष लाग्ने मेला यश वर्ष साउन ८ गते बिहीबारदेखि सुभारम्भ भएको छ । मेलामा निराहार व्रत, माछा–मासु–लसुन निषेध, खाली खुट्टा हिडडुल, सुर्मा देवीको पूजा–आराधना, ढाका नाच, मागल र ढुस्का गीत गाउने, चाभाइ खेल, र सुर्मा सरोवरमा स्नानजस्ता परम्परागत गतिविधिहरू सम्पन्न हुन्छन्। मेलाको प्रारम्भ: बाँधा र पूजाआराधना मेलाको पहिलो दिन, औंसीका दिन करिया, धामीझाँक्री, नाइ...
कोशीदेखि सुदूरपश्चिमसम्म वर्षा,  सतर्कता अपनाउन आग्रह

कोशीदेखि सुदूरपश्चिमसम्म वर्षा, सतर्कता अपनाउन आग्रह

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित भएकाले अधिकांश स्थानमा बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसोको पूर्वानुमान अनुसार, देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भूभागका केही स्थान र तराईका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। साथै, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने महाशाखाले जनाएको छ। रातिको लागि पनि गण्डकी प्रदेशसहित पहाडी भेगका केही स्थानमा र तराईका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना छ। एक-द...
दार्चुलामा मन्दिर गेटमै फोहोरको थुप्रो, सभ्यतालाई गिज्याउने दृश्य

दार्चुलामा मन्दिर गेटमै फोहोरको थुप्रो, सभ्यतालाई गिज्याउने दृश्य

Breaking News 1, ताजा अपडेट, दार्चुला, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
दार्चुला- सदरमुकाम खलङ्गास्थित मालिकार्जुन मन्दिर जाने मुख्य प्रवेशद्वार नजिकै रहेको बाटो अहिले फोहोरले ढाकिएको छ । श्रद्धालु भक्तजन यहीँबाट मन्दिर प्रवेश गर्छन् भने सर्वसाधारणको पनि दैनिक आवतजावत यहीँबाट हुन्छ । तर, मन्दिरको गेटमै थुप्रिएको फोहोरले धार्मिक तथा सांस्कृतिक स्थलमा गम्भीर बेइज्जती गरेको छ । यो त प्रतिनिधि दृश्य मात्रै हो । बजारभरि यस्तै फोहोरका थुप्रा देखिन्छन्, जसले नगरको सभ्यतालाई निरन्तर गिज्याइरहेको छ । घर वरिपरि सफा राख्ने, तर सार्वजनिक बाटोमै फोहोर फाल्ने मानसिकता कहिले सुध्रिन्छ ? स्थानीय बासिन्दा र मन्दिर आउने श्रद्धालुहरूले बारम्बार गुनासो गर्दै आएका छन् कि बाटो छेउमै फोहोर राख्दा दुर्गन्ध फैलिन्छ र वातावरण दूषित हुन्छ । यस अवस्थामा महाकाली नगरपालिकाले तुरुन्तै कदम चाल्नु आवश्यक छ । नगरको सबै क्षेत्रलाई समेट्ने गरी डस्टविनको व्यवस्था गरिनुपर्छ र सार्वजनिक स्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज