Advertisement

वित्थडचिर गाउँपालिकाकी उपाध्यक्षको नेतृत्वमा कृषकमुखी विकासीय काम : सयौं कृषकलाई वर्षेनी फलफूलका बिरुवा वितरण

Advertisement

बझाङ, — बझाङको वित्थडचिर गाउँपालिकाकी उपाध्यक्ष धनलक्ष्मी मल्लको नेतृत्वमा वडा नम्बर ५ र ९ का कृषकहरुलाई लक्षित गर्दै ठूलो परिमाणमा वर्षेनी फलफूलका बिरुवा वितरण गरिएको छ । हिजो शनिबार सम्पन्न कार्यक्रममा तल्लाभताँडा, धामीगाउँ र वसैल टोलका कृषकहरुलाई विभिन्न जातका फलफूलका बिरुवा हस्तान्तरण गरिएको हो ।

 

गाउँपालिकाको कृषि विकास कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको यस कार्यक्रममा उपाध्यक्ष मल्लसँगै वडा अध्यक्ष, सदस्य, कृषि शाखाका प्राविधिक र स्थानीय जनप्रतिनिधिहरु सक्रिय रूपमा सहभागी थिए । वितरण कार्यक्रममा कृषकहरुलाई अनार, अम्बा लगायतका वर्षेनी फलफूलका बिरुवा उपलब्ध गराइएको थियो । उपाध्यक्ष मल्लले कार्यक्रममा भनिन्, हाम्रो गाउँपालिकामा उत्पादनशील र दीर्घकालीन लाभ दिने योजनाहरुलाई प्राथमिकतामा राखेका छौं । वर्षेनी फलफूलका बिरुवा वितरण गर्नुको उद्देश्य कृषकहरूको आय आर्जन बढाउनु, पर्यावरण संरक्षण गर्नु र बजारमा स्थानीय उत्पादनको आपूर्ति वृद्धि गर्नु हो । हामी कृषकहरूलाई आवश्यक प्राविधिक तालिम, मल–बिउको व्यवस्था तथा रोग–कीरा नियन्त्रणका उपायहरू पनि उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्छौं ।

 

वडा नं. ५ र ९ का कृषकहरूले यो पहललाई उत्साहका साथ स्वागत गरेका छन् । स्थानीयवासीहरूले जनप्रतिनिधिहरूको सक्रियता र समर्पणको प्रशंसा गर्दै जनताका आवाज र आवश्यकता अनुसार काम भइराखेकोमा खुशी व्यक्त गरेका छन् । गाउँपालिकाकी उपाध्यक्ष मल्लले आगामी दिनमा पनि यस्तै विकासीय कार्यक्रमहरू सञ्चालन गरिने र कृषकहरूको समृद्धिका लागि निरन्तर पहल गरिने जानकारी दिएका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज