कैलाली जेलकाे झडपमा घाइते ४७ कैदीबन्दी अस्पताल भर्ना, परिवार र मिडियालाई राेक
सेती अस्पतालकाे इमर्जेन्सी वार्ड ‘रक्ताम्य’, एकजना आईसीयूमा

कैलाली: कैदीबन्दीबीच कुटाकुट हुँदा धनगढी ४ का भरत चौधरीको मृत्यु भएको छ । झडपमा ४७ जना घाइते छन् । तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ । एक जनाको आइसीयुमा उपचार भैरहेको छ ।
कारागारको ए र बी ब्लकमा रहेका कैदीबन्दीबीच कुटाकुट भएको थियो ।
आफन्तहरुले पनि घाइते भेट्न पाएका छैनन् । उनीहरुले घाइते भेट्न पाउनु पर्ने बताएका छन् । मिडियालाई पनि अस्पतालभित्र जान दिइएको छैन ।
केहीको टाउको फुटेको छ । केहीको खुट्टा भाँचिएको छ । घाइते भएका ४७ जना कैदीबन्दीलाई अस्पताल भर्ना गरिएकाे छ ।

