Advertisement

आज रक्षाबन्धन, जनै पूर्णिमा तथा ऋषितर्पणी पर्व

Advertisement

धनगढी- प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा तथा ऋषितर्पणी पर्व आज देशभर नयाँ यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गर्दै श्रद्धा र उत्साहका साथ मनाइँदै छ।

पूर्णिमाको दिन बिहानै वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ वा पोखरीमा स्नान गरी गुरु पुरोहितबाट मन्त्रिएको रक्षासूत्र (डोरो) बाँध्ने परम्परा छ। धार्मिक विश्वासअनुसार यसरी बाँधिएको रक्षाबन्धनले नकारात्मक शक्तिबाट रक्षा गर्छ। पौराणिक मान्यताअनुसार सत्ययुगमा गुरु वृहस्पतिले दानवराज बलीलाई बाँधेर देवगणको रक्षा गरेपछि यो परम्परा सुरु भएको हो।

गुरु पुरोहितले रक्षाबन्धनको बेला ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल, तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल’ मन्त्र उच्चारण गर्दै यजमानको दाहिने नाडीमा डोरो बाँध्ने वैदिक परम्परा रहिआएको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताए।

तागाधारीले जनै फेर्ने परम्परा
आजकै दिन ब्राह्मण, क्षत्रिय र वैश्य गरी तीन वर्णका तागाधारीले जनै (यज्ञोपवीत) फेर्ने शास्त्रीय विधान छ। यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि व्रत बसेका तागाधारीले पूर्णिमाको बिहान गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिकासहित श्रावणी स्नान गरी जौ, तिल र कुशद्वारा ऋषितर्पण गर्छन्। त्यसपछि वैदिक रुद्राभिषेक पद्धतिबाट नयाँ यज्ञोपवीत धारण गरिन्छ।

आठ ऋषि — अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्यलाई पूजा एवम् तर्पण गर्ने भएकाले यस दिनलाई ऋषितर्पणी पनि भनिन्छ।

पशुपतिनाथ मन्दिर, अशोकविनायक, वाग्मती नदी किनारसहित देशभरका मठमन्दिरमा बिहानैदेखि भक्तजनको भीड लाग्ने गर्छ।

क्वाँटी खाने परम्परा
जनै पूर्णिमामा ११ थरी गेडागुडी मिसाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने प्रचलन छ। आयुर्वेदअनुसार क्वाँटी सेवनले रोग प्रतिरोधात्मक क्षमता बढ्छ, पेट सफा हुन्छ र वर्षायामको चिसो हटाइ शरीरमा ताप पैदा हुन्छ।

तराईमा राखी बाँध्ने चलन
तराई क्षेत्रमा आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँध्ने परम्परा छ। यसले आपसी प्रेम र सम्बन्ध बलियो बनाउँछ भन्ने मान्यता छ। हाल यो चलन पहाडी क्षेत्रमा पनि फैलिँदै गएको छ।

मणिचूड, गोसाइँकुण्ड, कुम्भेश्वर, पाँचपोखरी, जनकपुरधाम, धनुषसागर, गङ्गासागर, दानसाधु र त्रिवेणीधामलगायतका धार्मिक स्थलमा आज बिहानैदेखि मेला लागेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज