Advertisement

बझाङमा मृतकलाई दिने ५ लाखको चेक खोसिएको आरोपमा दुईजनामाथि मुद्दा

Advertisement

बझाङ- बझाङको झनाना क्षेत्रमा ट्याक्टर दुर्घटनामा मृत्यु भएका व्यक्तिका परिवारलाई दिने भनिएको ५–५ लाखको चेक खोसिएको आरोपमा सुरतबहादुर मल्ल र अरुणप्रसाद थपलियाविरुद्ध मुद्दा दर्ता गरिएको छ।

जिल्ला प्रशासन कार्यालय बझाङमा भएको निर्णयअनुसार मृतक लोकेन्द्रबहादुर घर्ती र सञ्जय बुढाका परिवारलाई जनही ५ लाख राहत दिने तय भएको थियो। तर पीडितका अनुसार चेक वितरणका क्रममा प्रशासन कार्यालयको गेट बाहिर दुबै आरोपीले धम्की दिँदै चेक खोसेका हुन्।

उक्त दुर्घटना केही समयअघि झनाना नजिकैको पक्की पुलमाथि भएको थियो। ट्याक्टर सुरतबहादुर मल्लको स्वामित्वमा रहेको र दिव्य ज्योति कन्स्ट्रक्सनले प्रयोगमा ल्याएको थियो।

पीडित परिवारका तर्फबाट जाजरकोट भेरी नगरपालिका–२ का धनबहादुर घर्ती, तुले घर्ती र कृष्णबहादुर बुढाले उजुरी दिएका छन्। उनीहरूका अनुसार आरोपितहरूले मृतकका परिवारलाई दिइएको चेक खोसेर सट्टामा २ लाखको मात्र चेक थमाइ रकम खातामा आउने भन्दै आजसम्म नदिएको गुनासो गरेका छन्।

रुदै प्रशासनमा पुगेका मृतकका आफन्तले “छोराको मृत्युको पीडा माथि फेरि आर्थिक ठगीको चोट दिइयो” भन्दै कारबाहीको माग गरेका छन्।

प्रमुख जिल्ला अधिकारी कैलाश ठकुरीका अनुसार आइतबार दर्ता भएको उजुरीका आधारमा चेक खोस्ने र मृतकका परिवारलाई ठग्ने घटनामा संलग्न व्यक्तिहरूलाई कानूनी कारबाही अघि बढाइनेछ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज