Advertisement

हाम्रो बारेमा

मोरङमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान् श्रीमतीको मृत्यु

मोरङमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान् श्रीमतीको मृत्यु

Breaking News 3, मुख्य समाचार, समाचार
मोरङको रतुवामाइमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान् श्रीमतीको मृत्यु भएको छ। शुक्रबार राति १० बजे रतुवामाई नगरपालिका–६ त्रिभुवन चोकस्थित आमबारी भित्री सडक खण्डमा को९प ७२९५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ। आमबारीबाट उर्लाबारीतर्फ जाँदै मोटरसाइकल आफैं अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किएको थियो। दुर्घटनामा मोटरसाइकल चालक रतुवामाइ–१ कल्याणपुरका ४२ वर्षीय सोम टुडू र उनकी पत्नी ३५ वर्षीया वामनी हेमरामको मृत्यु भएको हो।...
आइतबार सार्वजनिक बिदा

आइतबार सार्वजनिक बिदा

Breaking News 2, समाचार
सरकारले आइतबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चैत २४ गते आइतबार रामनवमी पर्वकाे अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो । राजपत्रमा प्रकाशित सूचना अनुसार आइतार देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरुमा बिदा दिइएकाे छ ।...
आज देशका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

आज देशका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

Breaking News 3, ताजा अपडेट, समाचार
काठमाडौँ- हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश लगायत गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। देशका अधिकांश भूभागहरूमा भने तापक्रम वृद्धि हुँदै जाने सम्भावना रहेको र वर्षाको सम्भावना कम रहेको छ । यसका कारण सुख्खापन, आगलागी तथा वायु प्रदूषण बढ्दै जाने सम्भावना रहेकोले यसबाट स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।...
शुक्रबार राति पक्राउ परेका रविलाई आज भैरहवा लगिँदै

शुक्रबार राति पक्राउ परेका रविलाई आज भैरहवा लगिँदै

Breaking News 3, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौँ- शुक्रबार राति पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज भैरहवा लगिँदैछ। राति उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंकै हिरासतमा राखिएको थियो। उनलाई विमानबाट भैरहवा लैजान लागिएको छ। उनलाई लिएर प्रहरी टोली विमानस्थल पुगिसकेको छ। सहकारी ठगी प्रकरणमा लामिछानेलाई तुलसीपुर उच्च अदालतको बुटवल इजलासले शुक्रबार थुनामा पठाउन आदेश दिएको थियो। बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले उनलाई एक करोड धरौटी माग गरेको थियो। उक्त आदेश उल्ट्याउँदै उच्चले थुनामा पठाउने आदेश गरेको हो।...
बैतडीमा भएको जीप दुर्घटनामा परि घाइते भएका दयालको मृत्यु

बैतडीमा भएको जीप दुर्घटनामा परि घाइते भएका दयालको मृत्यु

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडीमा भएको जीप दुर्घटनामा परि घाइते भएका एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका पञ्चेश्वर गाउँपालिका–५ का ५४ वर्षीय चन्चले दयालको जिल्ला अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए । यस्तै, पञ्चेश्वरकै ५२ वर्षीय लालीराम कोली, जीप चालक ३५ वर्षीय राकेश कोली र दशरथचन्द नगरपालिका –१० की ३० वर्षीया कविता परियार घाइते भएका छन् । घाइतेहरू सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । देहिमाण्डौंबाट गिरेगडातर्फ गइरहेको बिएसी ५६५९ नम्बरको बोलेरो जीप शुक्रबार राति दशरथचन्द नगरपालिका–११ को नानीगाड भन्ने स्थानमा दुर्घटना भएको थियो । चालकसहित चारजना मात्रै सवार जीप अनियन्त्रित भएर दुर्घटना परेको बताइएको छ । जीप सडकबाट करिब ४० मिटर तल खसेको छ ।...
कैलालीमा थ्रेसरमा परेर महिलाको खुट्टा छुट्टियो

कैलालीमा थ्रेसरमा परेर महिलाको खुट्टा छुट्टियो

Breaking News 2, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी — कैलालीको गौरीगंगा नगरपालिका–९ की ३५ वर्षीया कला थापा थ्रेसरमा परेर गम्भीर घाइते भएकी छन्। गहुँ थ्रेसिङ गर्ने क्रममा थ्रेसरमा बेरिँदा उनको दाहिने खुट्टाको तीघ्रादेखिको भाग छुट्टिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। गम्भीर अवस्था भएकी थापाको नेपालगञ्जस्थित नर्सिङ होममा उपचार भइरहेको छ।...
धनगढीमा नेकपा एमालेको प्रदेशस्तरीय विशेष सभा चैत २९ मा

धनगढीमा नेकपा एमालेको प्रदेशस्तरीय विशेष सभा चैत २९ मा

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
धनगढी— नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले यही चैत २९ गते धनगढीको पार्कमोडमा प्रदेशस्तरीय बृहत् विशेष सभा आयोजना गर्ने भएको छ। पार्टीको प्रदेश प्रचार तथा प्रकाशन विभागको शुक्रबार बसेको बैठकले विशेष सभाको तयारी तीव्र पारिएको जनाएको छ। लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, संविधानको रक्षा, र पछिल्लो समय देखिएका अराजकताविरुद्ध खबरदारी गर्न सभा आयोजना गर्न लागिएको विभाग प्रमुख तथा प्रदेश उपसचिव भागरथी विष्टले जानकारी दिइन्। नेकपा एमालेले हाल देशभर सञ्चालन गरिरहेको वडा केन्द्रित टोल अभियानको निरन्तरताका रूपमा यो सभा कैलालीमा आयोजना गर्न लागिएको प्रदेश सचिव रणबहादुर चन्दले बताए। “एकातिर हाम्रो टोल केन्द्रित वडा अभियान चलिरहेको छ, त्यसै अभियानको भागका रूपमा यो सभा आयोजना हुँदैछ,” उनले भने। पार्टी प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि जनता...
बैतडीमा शुक्रबार राति जिप दुर्घटना हुँदा चालक सहित ४ जना घाइते

बैतडीमा शुक्रबार राति जिप दुर्घटना हुँदा चालक सहित ४ जना घाइते

Breaking News 3, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी- बैतडीमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन । जिल्लाको दशरथचन्द नगरपालिका– ११ नानिगाडमा जीप दुर्घटना हुँदा ४ जना घाइते भएका हुन। शुक्रबार राति देहीमाण्डौंबाट गिरेगडातर्फ गइरहेको बिएसी ५६५९ नम्बरको जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार जीप दुर्घटनामा परेर पञ्चेश्वर गाउँपालिका– ६ घर भएका जीप चालक ३५ वर्षीय राकेश कोली, सोही ठाउँका ५२ वर्षीय लालीराम कोली, पञ्चेश्वर–५ का ५४ वर्षीय चन्चले दयाल र दनपा १० की अन्दाजी ३० वर्षीया कविता परियार घाइते भएका छन् । घाइतेमध्ये चञ्चले दयालको अवस्था गम्भिर रहेको र अन्यको अवस्था सामान्य रहेको प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए । घाइतेहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ । जीप सडकबाट करिब ४० मिटर तल खसेको छ ।...
अदालतको आदेशको सम्मान गर्दै स्वेच्छाले गिरफ्तारीमा–  लामिछाने

अदालतको आदेशको सम्मान गर्दै स्वेच्छाले गिरफ्तारीमा– लामिछाने

Breaking News 3, ताजा अपडेट, मुख्य समाचार, समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवी लामिछानेले अदालतको आदेशको सम्मान गर्दै आफैँ आजै स्वेच्छाले गिरफ्तारी दिने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा सम्बोधन गर्दै लामिछानेले भने, "सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आजै अहिले नै स्वेच्छाले गिरफ्तारी दिँदैछु। न्यायालयका अन्य ढोकाहरू मेरा लागि खुल्ला होलान् भन्ने विश्वास छ। म न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउने छु।" आफूमाथि ठूलो अन्याय भएको दाबी गर्दै उनले चितवनमा आयोजना गरिएको सभा नरोक्न आग्रह रमेत गरे। "चितवनको सभा नरोक्नुस्," भन्दै उनले स्पष्ट पारे, "यो मेरो व्यक्तिगत न्यायको लडाइ हो, र यसले जनतासँगको सम्बन्ध नतोडियोस्।" न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले लामिछानेलाई थुनामा पठाउने आदेश दिएको हो। बुटवलको सुप्रिम सहकार...
प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गर्ने ऐडी पक्राउ

प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गर्ने ऐडी पक्राउ

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ— बझाङको छबिसपाथिभेरा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत संजय कुमार यादवमाथि कुटपिट गर्ने मुकेश ऐडी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाका अनुसार ऐडीलाई शुक्रबार साँझ करिब ५ बजेको समयमा चैनपुरबाट पक्राउ गरिएको हो। पक्राउपछि उनलाई अहिले जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा राखिएको छ। छविसपाथिभेरा गाउँपालिका-२ का स्थानीय समेत रहेका करिब ३०–३१ वर्षीय ऐडीले यादवमाथि बेलले प्रहार गरेका थिए। प्रशासकीय अधिकृत यादवमाथि शारीरिक आक्रमण भएको सूचना पाएलगत्तै अनुसन्धान सुरु गरिएको र प्रारम्भिक अनुसन्धानपछि घटनामा संलग्न रहेको पुष्टि भएपछि ऐडीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको र कानुनी प्रक्रियाअनुसार आवश्यक कारबाही अघि बढाइने प्रहरीले जनाएको छ। कुटपिटको कारण, घटनाको विस्तृत विवरण तथा अन्...
जाजरकोट केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प

जाजरकोट केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प

Breaking News 1, जाजरकोट, ताजा अपडेट, मुख्य समाचार, समाचार
धनगढी— जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार साँझ भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँझ ८ बजेर ७ मिनेटमा ५.२ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको केन्द्रबिन्दु जाजरकोटको पैंक क्षेत्र आसपास रहेको जनाइएको छ। यस भूकम्पको धक्का आसपासका जिल्ला र सुदूरपश्चिममा समेत महशुस गरिएको छ । शुक्रबार यसअघि बिहीबार अपराह्न दार्चुलामा भूकम्प गएको थियो। केन्द्रबिन्दु अपी हिमाल क्षेत्र नजिक रहेको उक्त भूकम्पको तीव्रता ४ म्याग्निच्युड मापन गरिएको थियो। त्यस्तै, चैत १३ गते हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो।...
सुप्रिम सहकारी प्रकरण- रवि लामिछाने थुनामा पठाउने उच्च अदालतको आदेश

सुप्रिम सहकारी प्रकरण- रवि लामिछाने थुनामा पठाउने उच्च अदालतको आदेश

Breaking News 2, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
धनगढी— बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालत तुलसीपुर, बुटवल इजलासले आदेश दिएको छ। यसअघि जिल्ला अदालत रूपन्देहीले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर उच्च अदालतका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले उक्त आदेश बदर गर्दै थुनामा पठाउन निर्देशन दिएको हो। यसै प्रकरणमा पूर्व डीआईजी छविलाल जोशीलाई थुनामा पठाउने जिल्ला अदालतको आदेशलाई उच्च अदालतले सदर गरेको छ। सरकारी वकिल कार्यालयले ‘उस्तै कसुरमा संलग्न’ भनिएका रविलाई धरौटीमा छाडिएकोप्रति असहमति जनाउँदै उच्च अदालतमा पुनरावलोकनको माग गर्दै निवेदन दिएको थियो। शुक्रबार साँझ अदालतले सरकारी वकिलको मागअनुसार रविलाई थुनामा पठाउने आदेश दिएको हो। लामिछाने पक्षले भने एक करोड धरौटी बढी भएको ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज