Advertisement

आईपीएलमा पन्जाब र लखनउ विजयी, चेन्नई र कोलकाता पराजित

Advertisement

काठमाडौँ — भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पन्जाब किङ्सले चेन्नई सुपर किङ्सलाई १८ रनले पराजित गरेको छ।

पन्जाबले दिएको २१९ रनको विशाल लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर २०१ रन मात्र बनाउन सक्यो। चेन्नईका लागि डेभन कनवेले सर्वाधिक ६९ रन बनाए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर २१९ रन बनाएको थियो। ओपनर प्रियान्श आर्याले उत्कृष्ट प्रदर्शन गर्दै १०३ रनको शतक प्रहार गरेका थिए।

यो जितसँगै पन्जाबले चार खेलमा ६ अंक जोड्दै अंकतालिकामा चौथो स्थानमा उक्लिएको छ। चेन्नई भने पाँच खेलमा २ अंकसहित नवौं स्थानमा झरेको छ।

पहिलो खेलमा लखनउको रोमाञ्चक जित

आईपीएल अन्तर्गत हिजो सम्पन्न पहिलो खेलमा लखनउ सुपर जायन्ट्सले कोलकाता नाइट राइडर्सलाई ४ रनले पराजित गरेको छ।

२३९ रनको कठिन लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ७ विकेट गुमाएर २३४ रन मात्र बनाउन सक्यो। लखनउका मिकेल मार्स र निकोलस पुरनले अर्धशतक बनाएर टिमलाई बलियो स्थितिमा पुर्‍याएका थिए।

लखनउले टस हारेर पहिले ब्याटिङ गर्दै ३ विकेटको क्षतिमा २३८ रन बनाएको थियो। पाँच खेलमा ६ अंकसहित लखनउ पाँचौं स्थानमा छ भने कोलकाता पाँच खेलमा ४ अंकसहित छैटौं स्थानमा रहेको छ।

आजको खेल

आईपीएल अन्तर्गत आज बेलुका पौने ८ बजे गुजरात टाइटन्स र राजस्थान रोयल्स आमने-सामने हुँदैछन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज