Advertisement

महाकालीमा बाँध निर्माण नहुँदा बस्ती जोखिममा

Advertisement

कञ्चनपुर – महाकाली नदीमा बनेको चार लेनको पक्की पुल छेउमा निर्माणाधीन पोखरीको गाइडबन्ड (बाँध) को डिजाइन स्वीकृत नहुँदा आठ महिनादेखि निमार्णको काम ठप्प छ।

गत वर्ष भदौमा महाकाली नदीको बाढीले चार लेनको पक्की पुल छेउमा निर्माणाधीन पोखरीको गाइडबन्ड ९बाँध० भत्काएको थियो। उक्त बाँध बाढीले क्षति गरेको आठ महिनासम्म पुनर्निर्माण सुरु हुन सकेको छैन। बर्खा नजिकिए पनि गाइडबन्ड निर्माणको सुरसार नहुँदा महाकालीको बाढी बस्तीमै पस्ने जोखिम बढेको छ।

महाकाली नदीमा निर्माण गरिएको पक्की पुलको पूर्वतर्फको गाइडबन्ड बगाएको र गत भदौ महाकालीको बाढी गाइडबन्ड भत्काएर बस्ती पस्दा भीमदत्त नगरपालिकाका तीन वडाका बस्ती डुबानमा परेका थिए। बर्खा नजिकिएपछि महाकाली नदीको बाढी गाउँ पस्ने जोखिम रहेको भन्दै यहाँका स्थानीय त्रसित बनेका छन्। स्थानीय समयमै बाँध निमार्णका लागि पटक–पटक पुल योजना कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकषर्णपत्र बुझाएका छन्। ‘बर्खाको समय आइसक्यो अहिले पनि बाँध निर्माण गर्ने कुनै सुरसार छैन’, भीमदत्त–१२ का स्थानीय कृष्णसिंह देउवाले भने, ‘समयमा बाँध बनेन भने यहाँका पाँच बस्तीका करिब पाँच हजार मान्छे विस्थापित हुन्छन्।’ उनले बस्ती मात्रै नभई महाकाली पुल जोड्ने पहुँच मार्गसमेत बाढीको जोखिममा रहेको बताएन।

दोधारा चाँदनीलाई जोड्ने गरी निर्माण भएको चार लेनको पक्की पुलसँगैको बाँधको डिजाइन स्वीकृतिमा ढिलाइ हुँदा निमार्णको काम ठप्प रहेको महाकाली पुल निर्माण कम्पनीले जनाएको छ। पक्की पुल छेउमा निर्माणाधीन पोखरीको गाइडबन्ड ९बाँध० निमार्णका लागि सुरुमा २५० किलोग्रामभन्दा बढी तौलका ढुङ्गाको प्रयोग गरेर पुलको दुवैतर्फका पोखरीको गाइडबन्ड बनाउने डिजाइन थियो।

ठूलो ढुङ्गा नपाइएपछि ग्याबिन जाली र प्लम्ब कङ्क्रिटको प्रयोग गरी बाँध निर्माण गरिएको थियो। पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सिएफइसी जेभीका इन्जिनियर किशोर पाण्डयेले गत भदौमा आएको बाढीले २६० मिटर बाँध बाढीले भत्काएको बताए। ‘बाढीले बाँध भत्काएपछि महाकाली पुल योजना कार्यालय र विभागबाट गाइडबन्डको डिजाइन संशोधन गर्नुपर्ने भन्दै डिजाइन संशोधनको प्रक्रिया अघि बढेको थियो’, उनले भने, ‘हालसम्म उक्त समयमा डिजाइन स्वीकृत नहुँदा हामीलाई काम गर्न कठिनाइ भएको हो।’ उनले स्वीकृत डिजाइन नआउँदासम्म काम गर्न नसकिने बताए। ‘हामीले काम छिटो सम्पन्न गर्नका लागि कार्यालयलाई पटक–पटक ताकेता गरेका छौँ‘, पाण्डेयले भने, “बर्खा नजिकिएको छ, त्यस अगावै हामीले बाँध निर्माण गर्न सकेनौँ भने अहिलेसम्म निमार्ण भएका सबै संरचना जोखिममा छन्।’

महाकाली नदमिा निर्माण भएको ८०० मिटर पुलको दुवैतर्फ दुई हजार ७०० मिटर लम्बाइ र ६०० मिटर चौडाइका पोखरी निर्माणाधीन छन। पक्की पुल, पहुँच मार्ग र गाइडबन्डलगायतको गरी ९५ प्रतिशत काम भइसकेको छ। अब २०० मिटर पहुँचमार्ग कालोपत्रसँगै गाइडबन्डको काम मात्रै बाँकी छ।

महाकाली पुल योजना कार्यालय महेन्द्रनगरका अनुसार गत कात्तिक २२ मा आयोजनाको म्याद सकिएको छ । पाँचौँ पटक थपिएको समयमा पनि काम सम्पन्न हुन नसकेपछि निर्माण कार्य ठप्प बनेको हो। महाकाली पुल योजना कार्यालय महेन्द्रनगरका इन्जिनियर सन्तोष चन्दले अहिले म्याद थपका लागि मन्त्रिपरिषद्मा गएको जानकारी दिए। ‘म्याद थप भएपछि मात्रै डिजाइन र भेरिएसनको काम हुन्छ अहिले म्याद थपको प्रक्रियामा छ,‘ उनले भने, ‘अहिले निमार्णको काम ठप्प छ।’ विसं २०७४ मा तीन वर्षभित्र निर्माण सक्ने गरी रु तीन अर्ब २७ करोडमा कुमार श्रेष्ठ सिएफइसी जेभीसँग सम्झौता भएको थियो। सम्झौताअनुसार ८०० मिटर लामो चार लेनको पुल, आठ किलोमिटर पहुँच मार्ग र पुलको वारिपारि चार पोखरी निर्माणको काम २० भदौ २०७७ मा सकिनुपर्ने थियो।

पाँच पटक म्याद थप हुँदासमेत सबै संरचना निर्माण हुन सकेका छैनन्। छैटौँ पटक म्याद थपको प्रक्रियामा छ। सम्झौता हुँदा पुल र पहुँचमार्गसहितका संरचना निर्माणको लागत रु तीन अर्ब २७ करोड थियो। पछिल्लो पटक डिजाइन परिवर्तन हुँदा लागत बढेर तीन अर्ब ७६ करोड पुगेको छ। रासस

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज