Advertisement

बझाङको थलारामा एआइ प्रविधियुक्त एक्स–रेमार्फत क्षयरोग खोजपड्ताल अभियान सञ्चालन

Advertisement

बझाङ- बझाङको थलारा गाउँपालिकामा कृत्रिम बुद्धिमत्ता (एआइ) प्रविधियुक्त एक्स–रे मेसिन प्रयोग गरी क्षयरोग (टीबी) को सक्रिय खोजपड्ताल अभियान सञ्चालन गरिएको छ।
नेपाल सरकारको “क्षयरोग अन्त्य राष्ट्रिय रणनीति” अन्तर्गत थलारा गाउँपालिकामा कृत्रिम बुद्धिमत्ता (एआइ) प्रविधियुक्त एक्स–रे मेसिन प्रयोग गरी क्षयरोग (टीबी) को सक्रिय खोजपड्ताल अभियान सञ्चालन गरिएको हो ।
चैत्र २६ गते वडा नं. २ र ४ मा १ सय ४७ जनाको स्क्रिनिङ गर्दा १६ जनामा क्षयरोगको सम्भावना देखिएको र ती सबैको खकार परीक्षणका लागि नमुना संकलन गरिएको छ।
त्यस्तै, चैत्र २७ गते वडा नं. ३ र ८ मा गरिएको ३३९ जनाको स्क्रिनिङमा १० जनामा क्षयरोगको सम्भावना पाइएपछि उनीहरूलाई थप परीक्षणका लागि सिफारिस गरिएको छ।
अभियानका संयोजक दिलीप ओलीका अनुसार, खोजपड्ताल अभियान चैत्र २९ गतेसम्म पालिकाका अन्य वडाहरूमा पनि निरन्तर जारी रहनेछ।
यही अभियानको निरन्तरतास्वरूप चैत्र ३० गते जयपृथ्वी नगरपालिका–११ स्थित सिद्धमाना र चैत्र ३१ गते कैलाशमा पनि स्क्रिनिङ कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन निरीक्षक नारायण जोशीले जानकारी दिए।
यसैबीच, जिल्लाको कारागारमा रहेका कैदीबन्दीहरूमा पनि क्षयरोग स्क्रिनिङ गर्ने तयारी गरिएको छ। सोका लागि स्वास्थ्य निर्देशनालय डोटीका क्षयरोग अधिकृत मनोज ओझाले प्रमुख जिल्ला अधिकारी, स्वास्थ्य कार्यालय र कारागार प्रशासनसँग समन्वय गरी मिति तय भइसकेको जानकारी दिए ।
स्वास्थ्य कार्यालय बझाङका प्रमुख लालबहादुर धामीका अनुसार, प्रीभ्यालेन्स सर्वेक्षण २०१९ का आधारमा जिल्लामा वार्षिक करिब ४ सय १६ जनामा क्षयरोग देखा पर्ने अनुमान गरिए पनि हालसम्म वार्षिक औसत १ सय ८० जनामात्र पहिचान हुने गरेको तथ्यांक छ।
“उपचारको पहुँचबाहिर रहेका बिरामीहरूको पहिचान गरी समयमै उपचारमा ल्याउन यो अभियानले महत्वपूर्ण भूमिका खेल्नेछ,” प्रमुख धामीले बताए । उनका अनुसार, जिल्लालाई क्षयरोगमुक्त बनाउने लक्ष्यसहित स्वास्थ्य कार्यालय बझाङ निरन्तर क्रियाशील रहेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज