‘पेटिकोट बेचेर रक्सी खान्छन्’: बुंगल नगरपालिकाका मेयरको विवादास्पद अभिव्यक्ति
Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
बझाङ: २०८२ साल बैसाख २४ गते बझाङको जिल्ला प्रशासन कार्यालयको आयोजनामा मदिरा नियन्त्रणसम्बन्धी एक महत्वपूर्ण बैठक सम्पन्न भयो । सो बैठकमा जनप्रतिनिधि, सरकारी कर्मचारी, सरोकारवाला निकायका प्रतिनिधि, नागरिक अगुवा, राजनीतिज्ञ तथा स्थानीय समुदायको बाक्लो उपस्थिति रहेको थियो । बैठकको मुख्य उद्देश्य बझाङ जिल्लामा मदिरा सेवन र यसको दुर्व्यसनबाट उत्पन्न हुने सामाजिक समस्या समाधान गर्न आवश्यक रणनीति तयार गर्नु थियो ।
उक्त कार्यक्रममा बुंगल नगरपालिकाका मेयर जयबहादुर धामीको अभिव्यक्ति भने अहिले विवादको भुमरीमा परेको छ । मेयर धामीले आफ्नो मन्तव्य राख्ने क्रममा 'मेरा बुंगलबासि श्रीमतीको पेटिकोट सम्म बेचेर रक्सी खान्छन्' भनी दिएको टिप्पणीले स्थानीय समुदायमा आक्रोश सिर्जना गरेको छ । बझाङको स्थानीय संस्कृति र परम्परामा 'पेटिकोट' शब्दलाई अश्लील तथा अपमानजनक मानिने भएकाले, एक जिम्मेवार जनप्रतिनिधिबाट यस्तो ...









