Advertisement

भिजिट भिसाको सेटिङ मिलाउन अध्यागमन कर्मचारीसँग विदेशी सिमकार्ड

Advertisement
भिजिट भिसाको सेटिङमा संलग्न अध्यागमनका कर्मचारीले विदेशी सिमकार्ड प्रयोग गरी संवाद गर्दै आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रारम्भिक छानबिनले देखाएको छ । छानबिनबाट जोगिन, निगरानीबाट उम्किन र प्रमाण लुकाउन उनीहरूले एजेन्टहरूले मिलाइदिएको विदेशी सिममार्फत विच्याट र स्न्यापच्याटजस्ता एप प्रयोग गरेर संवाद गर्दै आएको पाइएको छ ।

आयोगले सहसचिव तीर्थराज भट्टराई र केही एजेन्टमाथि गरेको छानबिनमा युएईलगायत देशका सिमकार्ड प्रयोग गरेको प्रमाण फेला परेको छ । सहसचिव भट्टराई, ट्राभल व्यवसायी बालकृष्ण खड्का र भट्टराईको आर्थिक व्यवस्थापनमा संलग्न कविता पौडेल तथा खगेन्द्र सुवेदीको मोबाइल जफत गरी परीक्षण भइरहेको छ । परीक्षणबाट सेटिङसम्बन्धी थप प्रमाण आउने आयोगका अधिकारीको विश्वास छ । आयोग स्रोतका अनुसार कोर समूहका व्यक्तिहरूले विदेशी सिमकार्ड प्रयोग गर्दै आएका थिए । ‘विगतमा अध्यागमन कर्मचारीले नेपाली नम्बरमै ह्वाट्सएप र भाइबरमार्फत एजेन्टसँग कुरा गर्दथे,’ आयोगका एक अधिकारीले भने, ‘अहिले विदेश सिम प्रयोग गर्ने र त्यसमा विच्याट, स्न्यापच्याट तथा इमोमार्फत सेटिङमा जानेको लिस्ट मगाउने र अन्य कुराकानी गर्दै आएको देखिएको छ ।’

अध्यागमनमा भिजिट भिसाको सेटिङ बढेको सूचनाका आधारमा गत बुधबार आयोगले विमानस्थलस्थित अध्यागमन कार्यालयमा छापा हानी कार्यालयबाटै सहसचिव भट्टराईलाई नियन्त्रणमा लिएको थियो । हाल उनीसहित त्यो दिन नियन्त्रणमा लिइएका चारजनालाई हाजिरी जमानीमा राखेर अनुसन्धान भइरहेको छ । उनीहरूका प्रमाण धेरै संकलन भइसकेकाले थुनामा नराखिएको आयोगका अधिकारी बताउँछन् । प्रारम्भिक छानबिनमै भिजिट भिसाको सेटिङ संस्थागत देखिएको र यसको प्रत्यक्ष सम्बन्ध गृह मन्त्रालयमा देखिएको स्रोत बताउँछ । मन्त्रालयकै संरक्षणपछि भिजिट भिसामा दिनमा औसतमा दुई सयजनालाई विदेश उडाउने गरिन्थ्यो । सेटिङमा नपर्नेलाई विमानस्थलबाटै फर्काइने गरिएको थियो ।

आयोगले पहिलो चरणमा सहसचिव भट्टराई र दोस्रो चरणमा अन्य कर्मचारीमाथि विस्तृत छानबिन गर्दै छ । घटना संगठित र संस्थागत प्रकृतिको भएकाले यसमा ठूलो समूह अनुसन्धान तानिने आयोगका अधिकारी बताउँछन् । आयोगले प्राविधिक अनुसन्धान र निगरानीमार्फत प्रमाण जुटाएर मात्र कर्मचारी र गिरोहमा आबद्ध व्यक्ति पक्राउ गरेको थियो ।

उता, काठमाडौंस्थित अमेरिकी दूतावासले सहसचिव तीर्थराज भट्टराईको अमेरिकाको भिसा रद्द गरेको छ । भिजिट भिसाको मानवतस्करीमा मुछिएपछि भट्टराई र उनको श्रीमतीको भिसा रद्द गरेको दूतावास स्रोत बताउँछ ।

अख्तियारले सहसचिव भट्टराईको बैंक खाता रोक्का राखिसकेको छ । उनको सम्पत्ति समेत छानविन गर्ने तयारी छ।

सिआइबीले पनि सुरु गर्‍यो छुट्टै अनुसन्धान 
भिजिट भिसामा हुने मानव तस्करीको अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) पनि खटिएको छ । स्रोतका अनुसार अख्तियारले अनुसन्धानमा सिआबीको सहयोग मागेको छ । अख्तियारकै आग्रहअनुसार गत बुधबार सिआइबीले हात्तीसारस्थित ग्रिनलाइन होलिडेजमा छापा हानी यसका प्रबन्ध निर्देशक बालकृष्ण खड्कालाई पक्राउ गरेर आयोगमा बुझाएको थियो । ‘यो घटनाको अनुसन्धानमा अख्तियारलाई सघाइरहेका छौँ,’ सिआइबीका एक अधिकारीले भने, ‘मानव तस्करी तथा अन्य कुनै आर्थिक अपराध देखिएमा हाम्रोबाट पनि मुद्दा अघि बढ्न सक्छ ।’ यसरी भिजिट भिसामा विभिन्न देश पुगेका कतिपय त्यहाँ बेचिएका समेत छन् ।

गृहमन्त्री रमेश लेखकले यो प्रकरणमा आफूमातहतको प्रहरी अनुसन्धानमा नरहेकाले अनुसन्धान प्रभावित नहुने बताउँदै आएका छन् । तर, सिआइबीले पनि गोप्य रूपमा अनुसन्धान गरिरहेको खुलेको छ ।

नयाँ पत्रीकाबाट

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज