Advertisement

कृषिमा तीव्र प्रगति: सुदूरपश्चिम सरकारले अनुगमनमा बढायो सक्रियता

Advertisement

सुदूरपश्चिम प्रदेशमा कृषि क्षेत्रले तीव्र गतिमा प्रगति गर्दै आएको छ। समृद्धिको दिशामा अग्रसर प्रदेश सरकारले कृषि क्षेत्रलाई विकासको मेरुदण्ड मानेर विविध कार्यक्रममार्फत सक्रिय हस्तक्षेप गरिरहेको छ।

प्रदेश सरकारले सुशासन र समावेशी विकासको आधारशिला कृषि नै हो भन्ने दृष्टिकोणसहित कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको छ। पछिल्लो समय प्रदेशका विभिन्न स्थानमा कृषि विकासको गतिशीलता देखिन थालेको छ।

विशेषगरी कैलाली जिल्लामा रहेको कृषि ज्ञान केन्द्रलाई स्थानीय समुदायसँग अझ नजिक ल्याउने उद्देश्यले विविध कार्यक्रम सञ्चालन गरिएका छन्। घोडाघोडी, टिकापुर, गौरीगंगा, र लम्कीचुहा जस्ता नगरपालिका क्षेत्रहरूमा कृषि पूर्वाधार विस्तारसँगै निजी तथा सामुदायिक लगानी बढेको, त्यसको प्रतिफलस्वरूप उत्पादनमा समेत सकारात्मक वृद्धि देखिएको छ।

प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापाको नेतृत्वमा हालै सम्पन्न अनुगमन भ्रमणमा कृषि क्षेत्रमा भइरहेको प्रगति र किसानहरूको सहभागिता प्रत्यक्ष अवलोकन गरिएको थियो। अनुगमन टोलीले खेतबारीमा पुगेको र कृषकहरूसँग प्रत्यक्ष संवाद गरेर उत्पादन, प्राविधिक सहयोग, बजारीकरण लगायतका पक्षमा जानकारी लिएको थियो।

मन्त्री थापाले कृषि क्षेत्र प्रदेशको समग्र विकासको आधार भएको उल्लेख गर्दै, “किसानको श्रम र विश्वासलाई मूल्य दिने गरी आगामी बजेट निर्माण गरिनेछ,” भनी प्रतिवद्धता जनाए। उनले अनुगमनका क्रममा देखिएका समस्याहरू सम्बोधन गर्दै आगामी योजनामा आवश्यकता र सम्भावनाका आधारमा कार्यक्रम समावेश गरिने समेत बताए।

अनुगमनमा कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख टेक बहादुर विष्ट, पशु सेवा कार्यालयका प्रमुख बिनोद कठायत लगायत पत्रकारहरुको संयुक्त अनुगमन भएको थियो

सरकारको यस्तो सक्रियताले कृषि क्षेत्रमा थप उत्साह र भरोसा थपेको छ। स्थानीय किसानहरूले उत्पादनमा आएको वृद्धिले उनीहरूमा नयाँ सम्भावनाको ढोका खोलेको अनुभव सुनाएका छन्। यसले प्रदेश सरकारको कृषि उन्मुख नीतिलाई थप सार्थक बनाइरहेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज