रुपन्देही उपनिर्वाचन: कस्ले मार्ला बाजि ? (तथ्यगत रिपोर्ट सहित)
Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सूचना प्रविधि
लुम्बिनी प्रदेश : रुपन्देही–३ फेरि एकपटक देशको ध्यान खिचिएको क्षेत्रमा उभिएको छ । प्रतिनिधिसभा सदस्य दीपक बोहराको असामयिक निधनपछि रिक्त बनेको यस निर्वाचन क्षेत्रमा सरकारले कात्तिक १७ गते उपनिर्वाचन गर्ने घोषणा गरेसँगै यहाँको राजनीतिक माहोल पुनः तातिएको छ । यो क्षेत्रको राजनीति विगतकै चुनावी समीकरण, दलहरूको संगठनात्मक शक्ति र आगामी सम्भावनाका कारण अहिले राष्ट्रिय बहसको केन्द्रबिन्दु बनेको छ ।
२०७९ सालको आमनिर्वाचनमा यो क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहरा विजयी भएका थिए । उनले ३६ हजार ७ सय १७ मत ल्याएर नेपाली कांग्रेसका बालकृष्ण खाँणलाई करिब २ हजार ७ सय मतले पछि पार्दै संसद् पुगेका थिए । खाँणले ३४ हजार ३६ मत पाए भने राष्ट्रिय स्वतन्त्र पार्टीका जितबहादुर गुप्ता तेस्रो स्थानमा सीमित भए, जसले ५ हजार ७ सय ९६ मत ल्याएका थिए । बोहराको जित नेकपा एमालेको रणनीतिक समर्थनकै कारण सम्भ...

