राष्ट्रिय दलित गोलमेच सम्मेलनको चौथो बैठक सम्पन्न, भीम र सुशील सदस्यमा मनोनित
राष्ट्रिय दलित गोलमेच सम्मेलनको चौथो सचिवालय बैठक काठमाडौंमा सम्पन्न भएको छ। बैठकले भीम मलाती विश्वकर्मालाई भारततर्फ केन्द्रीय सचिवालय सदस्य र सुशील ओखेडालाई मूल आयोजक समितिको सदस्यमा मनोनयन गरेको छ।
बैठकले गणतन्त्र र धर्मनिरपेक्षताको समर्थन गर्दै दलित समुदायमाथि हुने विभेद अस्वीकार्य रहेको निष्कर्ष निकालेको छ। सम्मेलन २०८२ वैशाख २९-३१ गते काठमाडौंमा आयोजना गर्ने निर्णय भएको छ।
प्रदेशस्तरीय भेला तथा अन्तरक्रिया सम्पन्न भइसकेका छन् भने आर्थिक व्यवस्थापनलाई पारदर्शी बनाइनेछ। प्रचार-प्रसारलाई तीव्र बनाउँदै दलित संगठन, अभियन्ता, बुद्धिजीवी, तथा युवाहरूलाई एकताबद्ध हुन आह्वान गरिएको छ। साथै, विभिन्न क्षेत्रका नयाँ सदस्यहरू मूल आयोजक समितिमा थप गरिएको छ।
बैठकमा डा. निर्मल विश्वकर्मा, डा. मित्र परियार, राजेश मयाल (अग्निशिखा) लगायत प्रमुख व्यक्तिहरूको उपस्थिति रहेको थियो। सम्मेलनलाई ऐतिहासिक रू...












