कञ्चनपुरमा कृषि उपकरणको नाममा ठगी, किसानको तालाबन्दी
कञ्चनपुर- अनुदानमा कृषि सामग्री उपलब्ध गराउने भन्दै ठगिएका किसानहरूले कञ्चनपुरको लालझाडीस्थित दुई सहकारी कार्यालयमा तालाबन्दी गरेका छन्।
अनमोल कृषि सहकारी र दोदा साना किसान सहकारीले सुरो नेपाल नामक गैरसरकारी संस्थाको सहकार्यमा ५० प्रतिशत अनुदानमा पावरटिलर, पानी तान्ने मोटर र चारा मेसिन दिने भन्दै साढे तीन सय किसानबाट अढाई करोड रुपैयाँ संकलन गरेका थिए।
तर, एक वर्षसम्म न त उपकरण प्राप्त भए, न त पैसा फिर्ता, जसपछि आक्रोशित किसानहरूले बुधबार सहकारीमा तालाबन्दी गरेका हुन्।
गत वर्ष अनमोल सहकारीले ११० किसानबाट ४८ लाख ४६ हजार र दोदा साना किसान सहकारीले २५० किसानबाट एक करोड ९३ लाख रुपैयाँ संकलन गरेका थिए।
कृषि सामग्री खरिदका लागि किसानहरूले कृषिउपज बिक्री, ऋण र आफन्तबाट सहयोग लिएर रकम तिरेका थिए। तर बारम्बार माग्दा पनि पैसा नपाएपछि किसानहरू समस्यामा परेका छन्।
किसान अर्जुन चौधरीले “ध...











