Advertisement

ताजा अपडेट

दुई दिन मौसम घमाइलो, शुक्रबारदेखि फेरि हल्का वर्षाको सम्भावना

दुई दिन मौसम घमाइलो, शुक्रबारदेखि फेरि हल्का वर्षाको सम्भावना

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं । असोज लागेसँगै मौसम घमाइलो हुन थालेको छ । आज र भोलि दुई दिन सामान्यतया मौसम सफा भएर घमाइलो हुने मौसमविदले बताएका छन् । तर अर्को प्रणालीले शुक्रबारदेखि केही वर्षा हुने सम्भावना छ । तर त्यो वर्षा निरन्तर नभई छोटो अवधिका लागि हुने मौसमविद विनोद पोखरेलले जानकारी दिए । देशको पश्चिम क्षेत्रको आधाजसो भूभागमा अझै बादल लागेको छ । तर पछिल्लो १२ घण्टामा पानी भने परेको छैन । काठमाडौं उपत्यकामा पनि अहिले पारिलो घाम लागेको छ । केहीबेर बादलले छोप्ने र फेरि घाम लाग्ने भइरहेको छ । मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परेको छ । हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ भने बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा छ ।तर शुक्रबार पानी पार्ने प्रणा...
आजदेखी सोह्र श्राद सुरु

आजदेखी सोह्र श्राद सुरु

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, मुख्य समाचार
काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष अर्थात् सोह्र श्राद्ध आजदेखि सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । चाडपर्व यज्ञयज्ञादी तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा अनुसार सोह्रश्राद्ध गर्ने चलन रहिआएको छ । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यतासमेत रहेको छ । यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ठूला माङ्गलिक कार्य गर्नुअगाडि नान्दीमुखी श्राद्ध, पितृको मृत तिथिमा गर्ने एकोद्दिष्ट श्राद्ध, सोह्र श्राद्धमा गर्ने पार...

कैलाली कारागारभित्र एक कैदीबन्दीको रहस्यमय मृत्यु, कुटीकुटी मारेको आरोप

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, सुदूरपश्चिम
धनगढीः कैलाली कारागारभित्र एक कैदीबन्दीको मृत्यु भएको छ। हिजो (सोमबार) जिल्लाको घोडाघोडी नगरपालिका–७ का २२ वर्षीय दिपक विकको मृत्यु भएको छ। उनी जरबजस्ती करणीमा दोषी ठहर भएर कारागार चलान भएका थिए। तर उनको कारागारभित्रै रहस्यमय रुपमा मृत्यु भएको छ। उनलाई कुटीकुटी मारेको आरोप समेत लागेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले शौचालयमा ढलेर मृत्यु भएको दाबी गरे पनि विकलाई कुटीकुटी मारेको आरोप लागेको छ। भूपेन्द्र बडुवालको हत्यामा संलग्न तर जिल्ला कारागारभित्रै कैदीबन्दीको रुपमा रहेकाहरुले विकको कुटीकुटी हत्या गरेको विषय बाहिर आएको छ। जिल्ला कारागारभित्र कैदीजीवन विताइरहेका एक कैदीले भने, ‘विकलाई कुटीकुटी मारिएको हो। कारागारभित्र गुण्डाराज छ। बडुवाल हत्यामा संलग्नहरुले कारागारभित्र छानीछानी कुट्ने गरेका छन्। कारागारभित्र अशोक रावल लगायतको टीमले गुण्डागर्दी ग...
नेपाली बजारमा सुनको मुल्यमा गिरावट

नेपाली बजारमा सुनको मुल्यमा गिरावट

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं : स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोलामा रु छ सयले घटेको छ। सोमबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्यमा सामान्य गिरावट भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन सोमबार प्रतितोला रु एक लाख ५७ हजार तीन सयमा कारोबार भएकामा सोही परिमाणको पहेँलो धातुको मोल आजका लागि रु एक लाख ५६ हजार सात सय निर्धारण भएको छ। यसैगरी, चाँदीको मूल्य तोलामा रु १० ले घटेको छ। सोमबार प्रतितोला रु एक हजार नौ सय १५ मा खरिदबिक्री भएको चाँदी आजका लागि भने रु एक हजार नौ सय पाँच निर्धारण भएको छ।...
बझाङमा पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग खुल्यो

बझाङमा पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग खुल्यो

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : बझाङमा पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग खुलेको छ । गएको बिहीवारदेखि परेको पानीले तमैल बजार नजिकै तथा बालुवा टावर भन्ने ठाउँमा खसेको पहिरो हटाएपछि आज बिहानदेखि गाडी चल्न थालेका हुन् । राजमार्ग खुलेपछि  जिल्लाबाट छुट्ने र जिल्लामा  भित्रिने लामो तथा छोटो दूरीका सबै गाडी चल्न थालेका जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ  ।ठूलो पहिरो खसेका कारण पहिरो पन्छ्याउन लामो समय लागेको हो । तर अहिले जोखिम भने कायमै रहेको सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले बताउनुभयो । पहिरोले राष्ट्रिय प्रसारण लाईनको पोल र तारमा समेत क्षति पुगेको थियो । विद्युत सेवा भने अस्ति आइतवार बेलुकादेखि नै सञ्चालनमा आएको थियो  ।...
इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु

इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु

Breaking News 1, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
काठमाडौं । गाजामा कम्तिमा ३५ जनाको ज्यान जाने गरी भएको बमबारीको एक दिनपछि इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु भएको छ । उता जेनेभामा आयोजित संयुक्त पत्रकार सम्मेलनमा संयुक्त राष्ट्रसंघीय अधिकार विज्ञहरूले इजरायलले गाजामा जारी राखेको "नरसंहार"का कारण उ अन्तरराष्ट्रिय समाजबाट बाहिरिने चेतावनी दिएका छन् । यसैबीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन तीन दिने भ्रमणकालागि मंगलबार इजिप्ट पुग्दै हुनुहुन्छ । इजिप्टको तीन दिने भ्रमणको क्रममा ब्लिन्केनले गाजामा युद्धविरामकालागि जारी प्रयासहरूबारे छलफल गर्ने बताइएकोछ । इजिप्ट-गाजा सीमामा रहेको "फिलाडेल्फी करिडोर" इजरायली सेनाको नियन्त्रणमै रहने वा नरहने विषय वार्ताको एउटा महत्वपूर्ण मुद्दा बन्दै आएकोछ । इजरायलले गाजामा जारी राखेको युद्धमा ४१ हजारभन्दा बढीको मृत्यु भएको छ भने ९५ हजारभन्दा बढी घाइते भएका छन् । गतवर्षको अक्टोबर ७ मा ह...
रास्वपाको केन्द्रीय परिषद्को राष्ट्रिय भेला आजदेखि

रास्वपाको केन्द्रीय परिषद्को राष्ट्रिय भेला आजदेखि

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय परिषद्को राष्ट्रिय भेला आज सुरु हुँदैछ। आज र भोलि काठमाडौँको प्रज्ञा भवन कमलादीमा हुने भेलामा देशभरबाट १ हजार ५ सय प्रतिनिधि सहभागी हुँदैछन्। राष्ट्रिय भेलाको उद्घाटन अहिले पौने नौ बजे सभापति रवि लामिछानेले गर्नेछन्। उद्घाटन अघि प्रज्ञा भवनमा सामूहिक विश्वकर्मा पूजा गरिँदैछ। आज विभिन्न प्रतिवेदन र प्रस्तावमा छलफल हुनेछ। आज पहिलो दिन सबै प्रदेशले रिपोर्टिङ गरेपछि आर्थिक, अनुशासन र संसदीय मामिलासँग सम्बन्धित प्रतिवेदन पेस गरिनेछ। आजै विधान संशोधन, नीति-विचार, मूल्य-मान्यता, क्यान्डिडेट क्वल र लिडरसिप एकेडेमीबारेका प्रस्ताव राख्ने कार्यसूची छ। भेलाको दोस्रो दिन भोलि प्रस्तुत सबै प्रतिवेदन र प्रस्ताव उपर समूहगत छलफल हुने छ। भोलि नै प्रश्नोत्तरका लागि तीन घण्टा समय छुट्याइएको छ भने अपराह्न सभापति रवि लामिछानेले राजनीतिक प्रतिवे...
छिमेकी देशले एकअर्काको हितमा काम गर्नुपर्छ : प्रधानमन्त्री ओली

छिमेकी देशले एकअर्काको हितमा काम गर्नुपर्छ : प्रधानमन्त्री ओली

Breaking News 2, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ —प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी देशले एकअर्काको हित सोचेर काम गर्नुपर्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने विषयवस्तुबारे सोमबारको प्रतिनिधिसभा बैठकलाई जानकारी गराउँदै ओलीले नेपालले दुई छिमेकी भारत र चीनसँग असल सम्बन्ध कायम राख्ने बताएका हुन् बैठकमा उनले मुलुकको राष्ट्रिय हितलाई तलमाथि हुन नदिने प्रतिबद्धता जनाए । ‘आफ्ना जायज तथा न्यायोचित राष्ट्रिय हितहरू र अन्तर्राष्ट्रिय उत्तरदायित्वभित्र रहेर पूरा गर्ने, रक्षा गर्ने, संवर्द्धन गर्ने र राष्ट्रिय हितलाई तलमाथि पर्न नदिने नेपालले प्रतिबद्धता गरेको छ,’ उनले भने, ‘नेपाल असल छिमेकीका रूपमा छिमेक सम्बन्ध कायम राख्न चाहन्छ । छिमेकीको हित चिताएर काम गर्ने छिमेकीका रूपमा बस्न चाहन्छ र त्यस्तै व्यवहार छिमेकीहरूबाट पनि चाहन्छ ।’ महासभामा भाग लिन ओली असोज ४ मा न्युयोर्क जाँदैछन् । नेपालका नीति, ...
आज सुदूरपश्चिममा भारी वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको अनुरोध

आज सुदूरपश्चिममा भारी वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको अनुरोध

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढीः मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ। देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिम बङ्गाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी र बाग्मती प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक– दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका तराई भूभाग तथा मधेस प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै वर्षाको सम्भावना रहेको छ। आज राति  गण्...
आज विश्वकर्मा दिवस मनाइँदै, किन मनाईन्छ विश्वकर्मा दिवस ?

आज विश्वकर्मा दिवस मनाइँदै, किन मनाईन्छ विश्वकर्मा दिवस ?

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, मुख्य समाचार, समाचार
धनगढी : आज विश्वकर्मा पूजा, मेसिनरी पाटपूर्जा तथा प्राविधिक सामाग्रीको पूजाआजा गरी मनाइँदै छ । कन्याको संक्रान्तिका दिन मनाइने यस पर्वमा शिल्प संकायहरू, कारखानाहरू, उद्योगहरूमा पूजाअर्चना गरिनुका साथै भजनकृतन तथा नाचगानसमेत गरिन्छ । भगवान विश्वकर्माको जन्म भएको दिनका रुपमा नेपालमा असोज १ गतेलाई विश्वकर्मा दिवसको रूपमा समेत मानिन्छ । यो नेपालसहित पूर्वोत्तर भारत र बङ्गाल राज्यमा समेत विशेष पर्वका रूपमा मनाउने प्रचलन छ । मजदुर, कलाकार, औद्योगिक घराना, व्यापारी सबैले उत्तिकै महत्व दिने यस पर्वमा अधिकांश कलकारखाना बन्द गरी हर्षोल्लासका साथमा विश्वकर्माको पूजा गरिन्छ । महादेवबाट पाएको सृष्टिको सृजना गर्ने जिम्मेवारी निभाउने क्रममा ब्रह्माले आफ्नो वंशजदेव शिल्पी विश्वकर्मालाई आदेश दिएका धार्मिक विश्वास छ । हिन्दु धर्मावलम्बीहरुले विश्वकर्मालाई विश्वकै पहिलो इन्जिनियर र वास्तुकारको र...
सुदूरपश्चिममा एलपीजी ग्यासको खपत घटाउन इन्डक्सन चुलो उपलब्ध गराइने

सुदूरपश्चिममा एलपीजी ग्यासको खपत घटाउन इन्डक्सन चुलो उपलब्ध गराइने

ताजा अपडेट, दैनिक, मुख्य समाचार, सुदूरपश्चिम
धनगढी ।  विद्युतीय ऊर्जाको खपत बढाइ वातावरण सन्तुलित बनाउनका लागि सुदूरपश्चिम प्रदेशका छ जिल्लामा चार हजार इन्डक्सन चुलो अनुदानमा उपलब्ध गराइने भएको छ । विद्युतीय चुलो प्रवद्र्धन परियोजनाअन्तर्गत सामाजिक चेतना सङ्घ (साडा) नामक संस्थाले चुलो उपलब्ध गराउन लागेको हो । सो संस्थाका कार्यक्रम संयोजक शङ्करदत्त अवस्थीले दार्चुलाको महाकाली, शैल्यसिखर, बैतडीको दशरथचन्द पाटन, डिलाशैनी, बझाङको केदारस्यु, जयपृथ्वी, डडेल्धुराको अमरगढी, अजयमेरु, भागेश्वर, परशुराम, गन्यापधुरा, नवदुर्गा, कैलालीको धनगढी, गोदावरी र कञ्चनपुरको भीमदत्त बेदकोट, शुक्लाफाँटा, बेलडाँडीलगायत कार्यक्रम सञ्चालनमा रहेका पालिकामा चुलो उपलब्ध गराउन लागिएको जानकारी दिए । कार्यक्रमअनुसार सन् २०२४ को अन्त्यसम्म चार हजार परिवारलाई विद्युतीय इन्डक्सन चुलो उपलव्ध गराउने लक्ष्य रहेको बताए।  चुलोको कूल लागत  पाँच हजार पर्ने गरेकामा प्रति चुलोम...
मेटमणिविरुद्ध देशद्रोहको मुद्दा चलाउन एमालेको माग

मेटमणिविरुद्ध देशद्रोहको मुद्दा चलाउन एमालेको माग

ताजा अपडेट, राजनीति
नेकपा (एमाले)का सांसदले एकीकृत समाजवादीका उपमहासचिव तथा सांसद मेटमणि चौधरीविरुद्ध देशद्रोहको मुद्धा लगाउन माग गरेको छ । चौधरीले अघिल्लो साता एक मिडियामा दिएको अभिव्यक्ति राष्ट्रहित प्रतिकूल रहेको जिकिर गर्दै आज प्रतिनिधिसभा बैठकमा एमाले सांसद सूर्यप्रसाद ढकालले त्यस्तो माग गरेका हुन् । चौधरीले ‘कालापानी र लिपुलेक भारतको भूगोलमा पर्छ, भारतको दावी पुग्छ’ भन्ने अभिव्यक्ति दिएका थिए । यस सम्बन्धमा एकीकृत समाजवादीले स्पष्टीकरण सोधेकोमा उनले लिखित जवाफ पेश गर्दै ‘ती भूगोल नेपालमै पर्छ’ भन्न खोजेको तर जिब्रो चिप्लिएको बताएका थिए । एमाले सांसद ढकालले आजको प्रतिनिधि सभामा सोही कुरा उठाउँदै राष्ट्रघाती अभिव्यक्ति दिनेलाई देशद्रोहीको मुद्धा लगाउन माग गरेका हुन् । ‘एक जना माननीयले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हैन, यो भारतको हो, भारतको दावी जायज छ भनेको सनियो’, उनले भने, ‘यो संविधानविरो...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज