दलित सहयोग समाज र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा जलवायु मैत्री कृषक पाठशाला सुरु
Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : केदारस्यु गाउँपालिका वडा नम्बर २, ३, ६, ७, र ८ मा दलित सहयोग समाज र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत १० वटा जलवायु मैत्री कृषक पाठशाला सुरु गरिएको छ।
कृषक पाठशालामा बाली छानोटदेखि भण्डारण र बजारीकरणसम्मका विषयहरूमा प्रशिक्षण दिइनेछ। पाठशाला करिब ५/६ महिना सञ्चालन हुने र अन्त्यमा कृषक दिवस मनाएर कार्यक्रमको समापन गरिने छ।
परियोजना संयोजक रमेश बहादुर मालीका अनुसार यो कार्यक्रमले विश्वव्यापी जलवायु परिवर्तनका कारण कृषिमा परेको नकारात्मक असरलाई कम गर्न, हरितगृह ग्यासको उत्सर्जन न्यून गर्न, खाद्य सुरक्षामा सुधार ल्याउन र किसानहरूलाई जलवायु अनुकूलन गर्न सक्षम बनाउने लक्ष्य राखेको छ।
यो पहलले कृषकहरूको ज्ञान र सीप वृद्धि गर्दै उनीहरूको उत्पादन र आयस्रोतमा दीर्घकालीन सुधार ल्याउने विश्वास गरिएको छ।...












