Advertisement

ताजा अपडेट

महाकुम्भ मेलाबाट फर्किएका चार जना नेपालीको जीप दुर्घटनामा मृत्यु

महाकुम्भ मेलाबाट फर्किएका चार जना नेपालीको जीप दुर्घटनामा मृत्यु

Breaking News 1, ताजा अपडेट, समाचार
भारत जारी महाकुम्भमा मेलामा स्नान गरी फर्किंदै गरेका चार जना नेपालीको जीप दुर्घटनामा मृत्यु भएको छ । उत्तर प्रदेश राज्यअन्तर्गत गोरखपुरमा जीप ट्याक्टरसँग ठोक्किंदा सप्तरीका तीन जना र सुनसरीका एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सप्तरीको कञ्चनरुप नगरपालिका–७ का ६३ वर्षीय पर्शुराम चौधरी, ६२ वर्षीया लीलाबती देवी चौधरी र कञ्चनरुप–५ की ५५ वर्षीया हरिहरदेवी यादव रहेका छन् । यस्तै सुनसरीको कोशी गाउँपालिका–२ की ६० वर्षीया सन्तोलियादेवी यादवको पनि मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएको प्रहरीले जनाएको छ ।।...
दार्चुलामा चमेलिया जलविद्युत् आयोजना शिलान्यास,, लागत ६ खर्ब २३ करोड भन्दाबढी

दार्चुलामा चमेलिया जलविद्युत् आयोजना शिलान्यास,, लागत ६ खर्ब २३ करोड भन्दाबढी

Breaking News 1, ताजा अपडेट, दार्चुला, समाचार, सुदूरपश्चिम
धनगढी- दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ । जिल्लाको मार्मा गाउँपालिका मा २८ दशमलव ३०४ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत् आयोजनाको शिलान्याश गरिएको हो । दार्चुला पावर लिमिटेडद्वारा सञ्चालित आयोजनाको सनिवार प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूले शिलान्यास गरेका हुन् । जलविद्युत् आयोजनाको ड्याम लाम्बगर र विद्युत् गृह शेरीमा रहने दार्चुला पावर लिमिटेडले जनाएको छ । तीन वर्षमा निर्माण सम्पन्न हुने आयोजनाको लागत छ खर्ब २३ करोड ६२ लाखभन्दा बढी रहेको आयोजनाका सञ्चालक गुरु न्यौपानेले जानकारी दिए । शेरीदेखि साढे आठ किलोमिटर लामो प्रसारण लाइनमार्फत विद्युत् चमेलियामा जोडिनेछ ।...
खप्तडछान्नामा मष्टा मन्दिर पुनःनिर्माणका लागि सर्वेक्षण

खप्तडछान्नामा मष्टा मन्दिर पुनःनिर्माणका लागि सर्वेक्षण

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
उत्तमकुमार थापा- बझाङ बझाङको खप्तडछान्ना गाउँपालिका ६ मा रहेको मष्टा मन्दिर (माणु) पुनःनिर्माणका लागि सर्वेक्षण गरिएको छ । खप्तडछान्ना बडाकाेटकाे डाँडा माणुमा रहेको मष्टा मन्दिर (माणु) काे निर्माण कार्यकालागि जिल्लाबाट गएको इन्जिनियर  र प्राविधिकहरुकाे टाेलीले सर्वेक्षण गरेको हाे । मष्टा मन्दिर विगत अढाइ सय बर्ष पहिला निर्माण भएको स्थानीय तथा छबिसपाथिभेरा गाउँपालिकाका लेखापाल मुकेश थापाले बताए । जीर्ण अवस्थामा रहेको मष्टा माणु निर्माणका लागि स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकारसम्म धाउँदा पनि कसैको ध्यान नभएपछि स्थानीयहरुकाे बैठकबाट भेटि स्वरुप उठेकाे पैसाले मन्दिर निर्माण गर्ने निर्णय भएर पुनःनिर्माणको कार्य अघि बढाइएको हो । पाचागाई बयानीकाे मुख्य मानिएकाे मष्टा माणु भेटि स्वरुप उठेकाे करिव २७ लाख बढी रुपैयाँमा निर्माण हुन लागेको शिक्षक नन्द थापाले जानकार दिए । मन्दिर...
कैलालीमा आमा छोरीले गरिन् विषादी सेवन, दुवैजनाको  मृत्यु

कैलालीमा आमा छोरीले गरिन् विषादी सेवन, दुवैजनाको मृत्यु

Breaking News 1, कैलाली, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कैलालीमा विषादी सेवन गरेका आमा र छोरीको मृत्यु भएको छ । जिल्लाको कैलारी गाउँपालिका–२ बस्ने ३५ वर्षीया मिना चौधरी र उनकी १९ वर्षीया छोरी सुस्मिता चौधरीको विषादी सेवनबाट मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले शुुक्रबार दिउँसो कैलारी गाउँपालिकास्थित घरमै नाम नखुुलेको विषादी सेवन गरेको अवस्थामा आमा र छोरी भेटिएको थिए । मृतकका छोराले दुुवै जनालाई उपचारका लागि धनगढीको कैलाली अस्पताल ल्याएका थिए तर उनीहरुको उपचारकै क्रममा मृत्यु भएको डीएसपी बोहराले जानकारी दिए । उनीहरुको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटन महोत्सव सुरु, पर्यटकलाई ‘नेचर गाइड’ निःशुल्क

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटन महोत्सव सुरु, पर्यटकलाई ‘नेचर गाइड’ निःशुल्क

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी-  कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटकलाई पथ प्रदर्शक (नेचर गाइड) निःशुल्क गरिएको छ । शुक्रबारदेखि भीमदत्त नगरपालिकाले आयोजना गरेको शुक्लाफाँटा पर्यटन महोत्सवमा महोत्सव अवधिभर निकुञ्ज भ्रमण गर्ने पर्यटकलाई पथ प्रदर्शक निःशुल्क गरिएको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको स्थापना दिवसको अवसर पारेर शुक्रबारदेखि १५ गतेसम्म शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा शुक्लाफाँटा पर्यटन महोत्सव आयोजना गरिएको छ । नगरपालिकाले निकुञ्जमा पर्यटक भित्र्याउन पर्यटन महोत्सव आयोजना गरेको भीमदत्त नगर पर्यटन विकास समितिका संयोजक राजेन्द्र केसीले जानकारी दिए । उनले पर्यटकका लागि शुक्लाफाँटा आकर्षक गन्तव्य भएकाले यसको प्रचारप्रसार गर्न महोत्सवको आयोजना गरेको बताए । “एक सातासम्म चल्ने महोत्सवमा निकुञ्ज भ्रमण गर्ने पर्यटकलाई निःशुल्क नेचर गाइडको व्यवस्था गरिएको छ ।” उनले भने, “पर्यटकल...
प्रधानमन्त्री कप क्रिकेट फागुन २५ गतेदेखि लुम्बिनीमा हुने

प्रधानमन्त्री कप क्रिकेट फागुन २५ गतेदेखि लुम्बिनीमा हुने

Breaking News 2, खेलकुद, ताजा अपडेट, समाचार
प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता आउँदो फागुन २५ गतेबाट सुरु हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज विज्ञप्ति निकालेर प्रधानमन्त्री कप क्रिकेट फागुन २५ देखि चैत १६ गतेसम्म आयोजना हुने जनाएको हो । प्रतियोगिता लुम्बिनी प्रदेशको रुपन्देहीमा रहेको सिद्धार्थ रङ्गशाला र एक्स्ट्राटेक ओभल तथा दाङको लमही क्रिकेट मैदानमा सञ्चालन हुनेछ । प्रधानमन्त्री कप क्रिकेटका सबै खेल पहिलो पटक काठमाडौबाहिर हुन लागेको हो । सिङ्गल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० वटा टोली सहभागी हुनेछन् । सिद्धार्थ रङ्गशालामा फाइनलसहित १० वटा खेल हुनेछ यस्तै एक्स्ट्राटेक ओभलमा १५ र लमहीमा १४ वटा खेल हुनेछ ।...
त्रिविले गर्‍यो स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक, फागुन २७ मा उम्मेदवारी दर्ता

त्रिविले गर्‍यो स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक, फागुन २७ मा उम्मेदवारी दर्ता

Breaking News 1, ताजा अपडेट, शिक्षा, समाचार
धनगढी- त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आगामी चैत ५ गतेका हुने स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो । त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले फागुन १९ गतेदेखि चैत ५ गतेसम्मको निर्वाचन कार्यतालिका बनाएको हो । फागुन १९ गते दिउसो तीन बजेसम्म संघ/संगठन/समूह दर्ता गर्ने अन्तिम समय तोकिएको छ । त्यस्तै फागुन २१ गते मतदाता सूची प्रकाशित गरिने, २५ गते मतदाता सूची उपर दाबी विरोध गर्ने, मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ । त्यस्तै फागुन २७ गते प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय तोकिएको छ । त्रिविले प्रचार प्रसार गर्ने समय फागुन २९ गते दिनको २ बजेदेखि चैत २ गते राति १२ बजेसम र त्यसपछि मौन अवधि सुर...
बाजुरामा विहेमा गएका २ समुहबीच हानाहान , रणबहादुरको मृत्युु

बाजुरामा विहेमा गएका २ समुहबीच हानाहान , रणबहादुरको मृत्युु

Breaking News 1, ताजा अपडेट, बाजुरा, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बाजुरामा दुई समुह बिच हानाहान हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको बुढीगंगा नगरपालिका ८ मोटाबाडामा विहेको निम्तोमा गएका दुई समुह विच दोहोरो हानाहान हुँदा घाईते भएको एक जनाको उपचारका क्रममा मृत्यु भएको हो । हानाहान क्रममा घाइते भएका बुढीगंगा नगरपालिका ९ डुग्रीतोलाका अन्दाजी २९ बर्षिया रणबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी जनक बोहराले जानकारी दिए । उनका अनुसार गएराति बिहेको निम्तो खान गएका दुई समुह विच दोहोरो हानाहान भएको थियो । हानाहानका क्रममा थापा घाईते भएका थिए । थापाको उपचारको क्रममा अछामको बयालपाटा अस्पतालमा मृत्यु भएको हो । हानाहानमा संलग्न बुढीगंगा नगरपालिका ७ वाईलका दिर्घ विष्ट, खेम विष्ट र लोकेन्द्र खड्कालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरू माथि अनुसन्धान थालिएको बाजुरा प्रहरीले जनाएको छ ।...
बझाङका ३ स्थानीय तहमा अपाङ्गता परिचयपत्र स्किृनिङ्ग एप्स सम्वन्धि छलफल

बझाङका ३ स्थानीय तहमा अपाङ्गता परिचयपत्र स्किृनिङ्ग एप्स सम्वन्धि छलफल

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङका ३ वटा स्थानीय तहमा अपाङ्गता परिचयपत्र स्किृनिङ्ग एप्स सम्वन्धि छलफल भएको छ । जिल्लाकाे दुर्गाथली,खप्तडछान्ना र मष्टा गाउँपालीकामा अपाङ्गता परिचयपत्र स्किृनिङ्ग एप्स सम्वन्धि छलफल भएको हाे । अपाङ्गता भएका व्यक्तिहरूको पहिचान, वर्गीकरण, र प्रमाणिकरण गर्ने प्रविधि (मोबाइल एप्स वा डिजिटल प्रणाली) सम्बन्धी जानकारी गराउन उक्त छलफल भएको बताइएको छ । पहिलोपटक दुर्गाथली गाउँपालिकामा सञ्चालन गरिएको कार्यक्रममा दुर्गाथली स्थानीय सरकारका उपाध्यक्ष जनक दाैल्यालकाे अध्यक्षतामा सुरु भएको कार्यक्रममा पालीकाका जनप्रतिनिधि स्थानीय समन्वय समितिका सदस्यहरु अपाङगता अधिकार नीतिगत व्यवस्था र स्किृनिङ एप्स सम्बन्धि एक दिने छलफल कार्यक्रम सम्पन्न भएको हाे । अपाङगता ब्यक्तिहरुलाई दिईने परिचय पत्रलाई ब्यवस्थित गर्ने उद्देश्यले स्किृनिङ एप्स निर्माण गरि संचालनमा ल्याउन लागिएको दुर्गाथली गाउँपाल...
कञ्चनपुरमा बेहुला बेपत्ता, फागुन ४ मा तय गरिएको विहे स्थगित

कञ्चनपुरमा बेहुला बेपत्ता, फागुन ४ मा तय गरिएको विहे स्थगित

Breaking News 1, कन्चनपुर, कैलाली, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी- कञ्चनपुरमा बेहुला बेपत्ता भएपछि तय गरिएको विवाह स्थगित भएको छ। जिल्लाको लालझाडी गाउँपालिका–४ पर्सियाका दीपकराज राना विवाहको चार दिनअघिनै बेपत्ता भएपछि तय गरिएको विवाह स्थगित गरिएको हो। वैदेशिक रोजगारीबाट फर्किएका रानाको कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिकाकै राना समुदायकी एक युवतीसँग विवाहको लगनगाँठो तय भएको थियो। फागुन ४ गते तय गरिएको विवाहको सबै तयारी भइसकेपछि बेहुला बेपत्ता हुँदा बेहुला र बेहुली दुवैका आफन्त अन्योलमा छन्। रमझमको तयारीमा रहेका दुवैतर्फ परिवारमा सन्नाटा छाएकोछ। आपसी सहमतिमा विवाह स्थगित गरेका उनीहरूले दुलहा खोजीका लागि कञ्चनपुर र कैलाली प्रहरीलाई गुहारेका छन्। विवाहको सबै तयारीसहित निम्तोसमेत बाँडेर कैलालीको धनगढीबाट बेहुला सम्पर्कविहीन भएको दुलहाका दाजु लोकराज रानाले बताए। सम्पर्कविहीन भाइको मोबाइल त्यही दिनदेखि स्विच अफ रहेको रानाले बताए । उनले भाइको खोजीका ल...
बालेनले ट्रम्पलाई धन्यवाद लेख्दै भने, नेपाली देश छाडेकाले गरिब,अमेरिकी अल्छी भएकाले गरिब

बालेनले ट्रम्पलाई धन्यवाद लेख्दै भने, नेपाली देश छाडेकाले गरिब,अमेरिकी अल्छी भएकाले गरिब

Breaking News 1, ताजा अपडेट, समाचार
धनगढी- काठमाडौं महानगरपालिकाका प्रमुख  बालेन साहले अमेरिकाकी राष्ट्रपतिलाई धन्यवाद दिएका छन्। नेपाललाई अमेरिकाभन्दा राम्रो छ भन्ने महशुस गराइदिएको भन्दै मेयर शाहले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समाजिक सञ्जाल मार्फत धन्यवाद दिएका हुन् । अमेरिकाले अनुदान रोक्ने निर्णय गरेको सन्दर्भमा बिहीबार मध्यरातमा सामाजिक सञ्जालमा लेखेर बालेनले डीभीको दासत्व बन्द गर्न पनि सुझाव दिएका छन्। उनले नेपाली नागरिक देश छाडेर गएकाले गरिब भएको र अमेरिकी नागरिक अल्छी भएकाले गरिब भएको टिप्पणीसमेत गरेका छन्। ‘प्रिय डोनाल्ड जे. ट्रम्प, हामीलाई हाम्रो देश तपाईँको भन्दा राम्रो छ भनेर महशुस गराउनु भएकोमा धन्यवाद’, उनले लेखेका छन्, ‘हामी गरिब छौँ। किनभने हाम्रा मानिसहरू हाम्रो देश छोडेर जाँदै छन्। तपाईँ गरिब हुनुहुन्छ कि तपाईँका मानिसहरूले तपाईँको देश बनाउन सक्दैनन्।’ उनले  डीभीबाट फैलाइरहेको दासत्व बन्द गरेर अरु द...
बिहेबाट फर्किएका मानबहादुरको भिरबाट लड्दा मृत्यु

बिहेबाट फर्किएका मानबहादुरको भिरबाट लड्दा मृत्यु

Breaking News 1, ताजा अपडेट, बझाङ, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको जिल्लाको बुंगल नगरपालिका–१ चौपाताका मान बहादुर बोहराको भिरबाट लडेर मृत्युु भएको हो । फागुन ७ गते बुधबार साँझ बिहेबाट घर फर्किने क्रममा ठुलीमेलाको कुवाखोला भन्ने ठाउँको भिरबाट लडेर मृत्युु भएको प्रहरीले जनाएको छ । उनी हिजो साँझनै भिरबाट लडेका भएपनि आज बिहान ९ शव भेटिएको हो । स्थानीयले बोहरालाई मृत भेटेपछि परिवारलाई जानकारी गराएका थिए ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज