Advertisement

ताजा अपडेट

डोटीमा ३ जनाले पाए घरमै नागरिकता

डोटीमा ३ जनाले पाए घरमै नागरिकता

Breaking News 3, डोटी, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी- जिल्ला प्रशासन कार्यालय डोटीले तीन जनालाई घरमै नागरिकता प्रदान गरेको छ । जिल्लाको सायल गाउँपालिका–१ का शारीरिक एवं मानसिक अशक्तता भएका तीन जनालाई आइतबार घरमै पुगेर नेपाली नागरिकताको प्रमाण पत्र प्रदान गरेको हो । नागरिकता पाउनेहरुमा स्थानीय ६८ वर्षीय जयबहादुर रोकाया, ६३ वर्षीय पदम बहादुर रोकाया र २१ वर्षीय प्रेम बहादुर देउवा रहेका छन्। उनीहरुले अशक्तताका कारण नागरिकता प्राप्त गर्न सकेका थिएनन्। शारीरिक र मानसिक रूपमा अशक्त भएका कारण कार्यालयमा आई नागरिकता प्राप्त गर्न नसक्ने अवस्था भएका कारण आइतवार प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी नेतृत्वको टोलीले उनीहरुलाई घरमै गएर नागरिकता प्रदान गरेको सायल गाउँपालिका–१ का वडाध्यक्ष लालबहादुर रोकायाले जानकारी दिए। उनले भने, ‘उनीहरुलाई नागरिकता प्रदान गर्न वडाबाट आवश्यक कागजात तयार गरी जिल्ला प्रशासन कार्यालयमा पठाएपछि प्रमुख जिल्ला अधिकारीज्...
घोडाघोडी क्याम्पसको स्ववियु सभापतिमा भण्डारीको उम्मेदवारी

घोडाघोडी क्याम्पसको स्ववियु सभापतिमा भण्डारीको उम्मेदवारी

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
कैलाली- कैलालीको सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसको स्ववियु सभापति पदमा गणेश भण्डारीले आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।  आउँदो चैत २३ गते हुने त्रिवि मातहत रहेको घोडाघोडी बहुमुखी क्याम्पसको स्ववियु सभापति पदमा आफ्नो उम्मेदवारी रहेकोे भण्डारीले कामना टुडेसँग बताएका हुन् । बिगत लामो समय देखि विद्यार्थीका हक अधिकारको लागि लड्दै आएका विद्यार्थी नेता भण्डारीले अखिल क्रान्तिकारीबाट स्ववियु सभापति पदमा उम्मेदवारी घोषण गरेका छन् ।भण्डारीले निर्वाचन जिते दबाब र प्रभावमा नपरि सत्य र न्यायका पक्षमा उभिने बताए । उनलेे आफ्नो प्यानललाई विद्यार्थीले निर्वाचनमा अमुल्य मतदान गरि विजय गराए नेता बनेर होइन विद्यार्थीको असल साथी (सहजकर्ता) को भूमिका खेल्ने कामना टुडेसँग बताए । त्यस्तै भण्डारीले हाम्रो भन्दा राम्रोलाई विद्यार्थीले चुन्ने हुँदा घोडाघोडी बहुमुखी क्याम्पसको हरेक बिकासमा आफू लागिपरेको ...
नेपालमा बाघको संख्या बढ्दै, बासस्थानको समस्या

नेपालमा बाघको संख्या बढ्दै, बासस्थानको समस्या

Breaking News 3, ताजा अपडेट, समाचार
चितवन- नेपालमा बाघको सङ्ख्या बढ्दै जाँदा त्यसको बासस्थान क्षेत्र बढाउनुपर्ने देखिएको छ। निकुञ्ज क्षेत्र, मध्यवर्ती क्षेत्र र अन्य वन क्षेत्र बाघको बासस्थान भए पनि बाघको सङ्ख्या बढ्न थालेपछि बासस्थानको समस्या पनि बढेको छ। चितवन राष्ट्रिय निकुञ्जले यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले बाघका लागि बासस्थान बढाउन आवश्यक रहेको बताए। विगत पाँच वर्षयता बाघको सङ्ख्या बढ्दै गएकाले बासस्थान पनि बढाउन आवश्यक रहेको उनले बताए। उनले भने, “हिंस्रक बाघलाई खुला चिडियाघर बनाएर उनीहरूको संरक्षण गर्न आवश्यक छ, खुला चिडियाघर बनाएर त्यसलाई आयआर्जनसँग जोड्न सकिन्छ।” नेपालमा बाघको सङ्ख्या सन् २००९ मा एक सय २१ रहेकामा सन् २०२२ मा बढेर तीन सय ५५ पुगेको छ । बाघको सङ्ख्या सन् २०१३ मा एक सय ९८ र सन् २०१८ मा दुई सय ५३ रहेको थिय...
त्रिविका ६२ वटा आंगिक क्याम्पसमध्ये ४२ मा मात्रै स्ववियु निर्वाचन

त्रिविका ६२ वटा आंगिक क्याम्पसमध्ये ४२ मा मात्रै स्ववियु निर्वाचन

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाण्डौ– त्रिभुवन विश्वविद्यालयका ६२ वटा आंगिक क्याम्पसमध्ये ४२ वटामा मात्रै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भएको छ । यहीँ चैत ५ गते ३८ वटा क्याम्पसमा र त्यसपछि ४ वटा क्याम्पस गरि जम्मा ४२ क्याम्पसमा मात्रै स्ववियु निर्वाचन भएको हो । त्रिभुवन विश्वविद्यालयका २० वटा आंगिक क्याम्पसमा चुनाव हुन बाँकी छ । अमृत साइन्स क्याम्पस काठमाण्डौ र पृथ्वीनारायण क्याम्पस पोखरामा हिजो चुनाव भएको छ । अमृत साइन्स क्याम्पमा अनेरास्ववियुको प्यानल नै निर्वाचित भएको छ भने पोखराको पृथ्वीनारायण क्याम्पसको मतगणना आज हुँदैछ । अहिलेसम्म ४२ वटा आंगिक र २५० भन्दा बढी सम्बन्धनप्राप्त क्याम्पसहरुमा स्ववियु चुनाव भएको विश्वविद्यालयले जनाएको छ । नेविसंघले १६ आंगिकसहित ११५, अनेरास्ववियुले १३ आंगिकसहित १०३ र अखिल (क्रान्तिकारी) ले १० आंगिकसहित ८५ वटा क्याम्पसमा स्ववियु चुनाव जितेका छन् । त्रिभुवन वि...
आज कोशी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

आज कोशी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

Breaking News 3, ताजा अपडेट, समाचार
काठमाडौं- देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश र मधेस प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार ताप्लेजुङ, जिरी, विराटनगर लगायतका सहरमा हल्का पानी पर्ने सम्भावना छ। सबैभन्दा धेरै तापक्रम भैरहवामा र सबैभन्दा कम जोमसोम र जुम्लामा पुग्ने देखिन्छ। सोमबार कोशी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।राति देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । वर्षा र हिमपातले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट...
आज प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बस्दै

आज प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बस्दै

Breaking News 3, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं— संक्रमणकालीन न्यायबारे छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताहरुको आज बैठक बस्दै छ । राजसंस्था पुनर्स्थापनाको माग गर्दै राजावादीहरुले सक्रियता बढाएपछि प्रमुख दलका नेताहरुको संयुक्त बैठक बस्न लागेको हो । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको बैठक अपराह्न चार बजे बस्ने छ । प्रधानमन्त्री केपी शर्मा ओलीका संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेलले बैठकको मुख्य एजेन्डा संक्रमणकालीन न्याय भएको बताए । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा पदाधिकारी नियुक्ति प्रक्रिया लगायतका विषयमा छलफल गर्ने तयारी छ ।...
आज विश्व क्षयरोग दिवस मनाइँदै, उपचारका दायरामा आउने न्यून

आज विश्व क्षयरोग दिवस मनाइँदै, उपचारका दायरामा आउने न्यून

Breaking News 3, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
आज मार्च २४ तारिख, विश्व क्षयरोग दिवस मनाइन्छ । क्षयरोग रोग विरुद्ध जनचेतना जगाउने, सरल र सहज रुपमा उपचारको प्रबन्ध गर्ने, गराउने उद्देश्यका साथ यो दिवस मनाउने गरिएको छ । यो वर्ष ‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौँ। लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चतता, आजको आवश्यकता’ भन्ने तय गरिएको छ । यो दिवसले क्षयरोग महामारीको अन्त्यका लागि गरिएका प्रतिबद्धता, प्रयास, तथा उपलब्धीलाई सम्झिने अवसर समेत प्रदान गरेको छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले दिवसका अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ । उक्त रोगका कारण नेपालमा हजारौँ मानिस प्रभावित भइरहेका छन् । विश्वव्यापी रुपमा क्षयरोग अन्त्यका लागि गरिएका हाम्रो साझा तथा सामूहिक संकल्पमा केन्द्र कटिबद्ध रहेको जनाएको छ। सुदूरपश्चिममा चालू आर्थिक बर्षको १० महिनामा ६४ जनाको मृत्यु, बिरामीको संख्या बढ्दै सुदू...
गौशालामा आहाराको अभाव

गौशालामा आहाराको अभाव

Breaking News 3, कैलाली, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीमा गौशाला सुधार हुँदै गएपनि चौपायालाई आहाराको अभाव हुन थालेको छ । जिल्लाको टीकापुर नगरपालिका–५ स्थित गौशालास्तर सुधार हुँदै गए पनि चौपायालाई आहाराको अभाव हुन थालेको हो। टीकापुर नगरपालिकाको मातहतमा रहेको गौशाला सामुदायिक पशुचौपाया व्यवस्थापन तथा प्रवद्र्धन समिति टीकापुरले सञ्चालनको जिम्मा लिएपछि गौशाला व्यवस्थित हुँदै गए पनि सो क्षेत्रका चौपायालाई आहारा अभाव कायमै रहेको छ। जानकी गाउँपालिका र टीकापुर नगरपालिकाभित्रका  सामुदायिक पशु चौपाया गौशालामा छन्। गौशालामा एक हजारभन्दा बढी चौपायालाई व्यवस्थापन गरिएको छ। विगतमा जानकी गाउँपालिका र टीकापुर नगरपालिकाले छुट्टाछुट्टै गौशाला सञ्चालन गर्दै आएका थिए। 'दुई पालिकाको संयुक्त चौपाया व्यवस्थापन गर्दा चौपायाको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ। समितिसँग पर्याप्त स्रोत नहुँदा आहारा पुर्‍याउन समस्या हुँदै आएको छ', समितिका अध्यक्ष लोकबहादुर...
डोटीका २ जना कैलालीबाट लागूऔषधसहित पक्राउ

डोटीका २ जना कैलालीबाट लागूऔषधसहित पक्राउ

Breaking News 1, कैलाली, डोटी, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी- डोटीका २ जना लागूऔषधसहित कैलालीबाट पक्राउ परेका छन्। जिल्लाको बडीकेदार गाउँपालिका–२ बस्ने २७ वर्षीय गोपालबहादुर सलामी र सोही ठाउँ बस्ने २० वर्षीय मिलन मास्के मगर लागूऔषधसहित कैलालीको चुरे गाउँपालिका–३ टेडी बजार नजिक भीमदत्त राजमार्गबाट पक्राउ परेका हुन् । सलामीले चलाएको सुदूरपश्चिम प्रदेश ०१–०१२ प ९७९ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा ७० ट्याबलेट टेपेन्टडोल फेला पारी उक्त ट्याबलेट, मोटरसाइकल र मोटरसाइकल पछाडी सवार मगरलाई इलाका प्रहरी कार्यालय फल्टुडे कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।...
गाउँपालिका राष्ट्रिय महासंघद्वारा स्थानीय सेवा ऐन तत्काल जारी गर्न प्रदेश सरकारसँग माग

गाउँपालिका राष्ट्रिय महासंघद्वारा स्थानीय सेवा ऐन तत्काल जारी गर्न प्रदेश सरकारसँग माग

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- गाउँपालिका राष्ट्रिय महासंघ सुदूरपश्चिम कार्यसमितिले स्थानीय सेवा ऐन तत्काल जारी गर्न सुदूरपश्चिम प्रदेश सरकारसँग माग गरेको छ। महाससंघले आइतवार मुख्यमन्त्री कमलबहादुर शाहलाई चारबुँदे मागपत्र बुझाउँदै स्थानीय सेवा ऐन तत्काल जारी गर्न माग गरेको हो। महासङ्घका उपाध्यक्ष उत्तमबहादुर रोकायाले मुख्यमन्त्री शाहलाई मागपत्र बुझाउनु भएको थियो। महासंघले समपूरक र विशेष अनुदान प्राथमिकताका साथ दिइनु पर्ने माग गरेको छ। यसैगरी, स्थानीय सरकारको क्षमता अभिवृद्धिको गतिविधि सञ्चालनका लागि पिएलजिएसपी कार्यक्रमसँग समन्वय गरी संयुक्त रूपमा कार्यक्रम गर्नमा सहजीकरण गर्नुपर्ने माग अगाडि सारिएको छ। यस्तै, महासंघ प्रदेश कार्यालय तथा कार्यक्रम सञ्चालनको स्रोत उपलब्ध गराउनुपर्ने प्रदेश सरकारसँग माग राखिएको छ। मागपत्र बुझ्दै मुख्यमन्त्री शाहले स्थानीय सेवा ऐन प्रदेश सरकारले तुरुन्त जारी गर्ने प्रतिबद्धत...
बझाङमा १२ जना महिलालाई १५ दिने सिलाई कटाई पुनःताजकिय तालिम प्रदान

बझाङमा १२ जना महिलालाई १५ दिने सिलाई कटाई पुनःताजकिय तालिम प्रदान

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङमा १५ दिने सिलाई कटाई सम्बन्धी पुनः ताजकिय तालिम सम्पन्न भएको छ। फागुन २५ गतेदेखि सुरु भएको तालिम आइतबार दलित सहयोग समाजको कार्यालय सदरमुकाम चैनपुरमा सम्पन्न भएको हो। उक्त पुनः ताजकिय तालिम दलित सहयोग समाज र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना लागू भएको केदारस्यूँ गाउँपालिका वडा नम्बर २, ३, ६, ७ र ८ का १२ जना महिलाले पाएका छन् पहिला सिलाइ कटाइ सम्बन्धि सामाग्री प्रदान गरिएका उक्त महिलालाई तालिम प्रदान गरिएको परियोजना संयोजक रमेश बहादुर मालीले जानकारी दिए । संयोजक मालीका अनुसार महिलाहरूलाई प्राविधिक ज्ञान र सीप सिकाएर उनीहरूलाई दक्ष बनाउनु तथा आर्थिक रूपमा आत्मनिर्भर बनाउन तालिमको आयोजना गरिएको हो । तालिमबाट महिलाहरू प्राविधिक सीप सिक्दै समयको बचत गर्ने अवसर पाएका छन् । बचत भएको समय बालबालिकाको हेरचाह, स्वास्थ्य, शि...
बझाङमा मृत भेटिएका पुरुषको सनाखत भयो,

बझाङमा मृत भेटिएका पुरुषको सनाखत भयो,

Breaking News 2, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङमा झुण्डिएको अवस्थामा मृत भेटिएका पुरुषको सनाखत भएको छ । आज बिहान जयपृथ्वी नगरपालिका-७ तमैल माल्ला लाग्ने भिर नजिकै झुन्डिएको अबस्थामा फेला परेका पुरुषको सनाखत भएको हो । तारजालिको वालामा दोपट्टाले झुन्डिएको अवस्थामा फेला परेको ती पुरुष मष्टा गाउँपालिका ४ का धन बहादुर थापा रहेको बुझिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक लोकेन्द्र सिंह ठगुन्नाले जानकारी दिए । उनलेे भने घटना स्थलमा बुझ्दा धनबहादुर भन्ने खुलेको छ । उहाँको बुहारी जिल्ला अस्पतालमा रहेछन् , उहाँले सनाखत गर्न बाँकी छ, त्यसपछि धनबहादुर भए नभएको पुष्टि हुन्छ प्रहरी निरीक्षक ठगुन्नाले भने । थापा सनिवार हिजो घरबाट निस्केका थिए। घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरी स्रोतले जनाएको छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज