Advertisement

बैतडी

बैतडीमा शुक्रबार राति जिप दुर्घटना हुँदा चालक सहित ४ जना घाइते

बैतडीमा शुक्रबार राति जिप दुर्घटना हुँदा चालक सहित ४ जना घाइते

Breaking News 3, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी- बैतडीमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन । जिल्लाको दशरथचन्द नगरपालिका– ११ नानिगाडमा जीप दुर्घटना हुँदा ४ जना घाइते भएका हुन। शुक्रबार राति देहीमाण्डौंबाट गिरेगडातर्फ गइरहेको बिएसी ५६५९ नम्बरको जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार जीप दुर्घटनामा परेर पञ्चेश्वर गाउँपालिका– ६ घर भएका जीप चालक ३५ वर्षीय राकेश कोली, सोही ठाउँका ५२ वर्षीय लालीराम कोली, पञ्चेश्वर–५ का ५४ वर्षीय चन्चले दयाल र दनपा १० की अन्दाजी ३० वर्षीया कविता परियार घाइते भएका छन् । घाइतेमध्ये चञ्चले दयालको अवस्था गम्भिर रहेको र अन्यको अवस्था सामान्य रहेको प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए । घाइतेहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ । जीप सडकबाट करिब ४० मिटर तल खसेको छ ।...
बैतडीको दशरथचन्द नगरपालिकाले नगर बस सञ्चालन गर्दै

बैतडीको दशरथचन्द नगरपालिकाले नगर बस सञ्चालन गर्दै

Breaking News 2, ताजा अपडेट, बैतडी, समाचार, सुदूरपश्चिम
बैतडी- बैतडीको एक स्थानीय तहले नगरबस सञ्चालन गर्ने तयारी गरेको छ । जिल्लाको दशरथचन्द नगरपालिकाले बस खरिद गरेर ल्याइसकेको र यहीँ चैत २४ देखि सञ्चालनको तयारी भएको हो । दशरथचन्द नगरपालिकाका सूचना अधिकारी राजेन्द्र विष्टले जिल्लामा दशरथचन्द नगरबस सञ्चालन गर्ने पहिलो नगरपालिका बन्ने बताए । उनले भने, 'बस खरिद गरेर ल्याइसकिएको छ । चैत २४ गते औपचारिक रूपमा उद्घाटन गरेर नियमित सञ्चालन गर्नेछौँ ।' नगर प्रमुख पुष्करराज जोशी आफ्नो चुनावी नारामा गरिएको प्रतिबद्धताअनुसार नगरबस सञ्चालनको तयारी गरेको बताए । बस सञ्चालनमा आएपछि पालिकासम्म आवतजावत गर्ने सर्वसाधारणलाई सहज हुने उनले विश्वास व्यक्त गरे । उनका अनुसार उक्त बस काठमाडौंको सिपर्दी टेडिङ प्रालीले बोलपत्र आह्वानमार्फत ४३ लाख ९८ हजार २२९ मा खरिद गरिएको हो । न्यूनतम भाडामा सतबाँझ–झुलाघाट नियमित रूपमा सेवा दिने गरी नगरबस सञ्चालन हुनेछ । यसका साथ...
जिल्ला अस्पताल बैतडीमा विशेषज्ञ चिकित्सक नहुँदा प्रभावित प्रसूति सेवा सञ्चालन

जिल्ला अस्पताल बैतडीमा विशेषज्ञ चिकित्सक नहुँदा प्रभावित प्रसूति सेवा सञ्चालन

Breaking News 2, बैतडी, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
बैतडी- जिल्ला अस्पताल बैतडीमा लामो समयपछि स्त्री तथा प्रसूति रोगसम्बन्धी सेवा सञ्चालनमा आएको छ । विशेषज्ञ चिकित्सक नहुँदा प्रभावित रहेको सो सेवा पुनः सञ्चालनमा आएको हो । जिल्ला अस्पातालका सूचना अधिकारी हरिश पन्तका अनुसार स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रामकुमार यादव जिल्ला अस्पतालमा हाजिर भएपछि स्त्री तथा प्रसूति रोगसम्बन्धी सेवा पनि पुनः सञ्चालनमा आएको जनाइएको छ । विशेषज्ञ चिकित्सक आएसँगै महिलालाई उपचारका लागि सहज भएको छ । यसअघि सेवाका लागि यहाँका नागरिक जिल्ला बाहिर र भारतको पिथौरागढ जान बाध्य थिए । अब उक्त बाध्यताको पनि अन्त्य भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले परामर्श सेवाबाट डा. यादवलाई छनोट गरेर जिल्ला अस्पतालमा पठाएको हो । यस्तै, नयाँ मेडिकल अधिकृतका रूपमा डा. निश्चल ज्ञवालीसमेत अस्पतालमा हाजिर भएका छन् । ज्ञवाली छात्रवृत्ति करारबाट जिल्ला अस्पतालमा आउनुभएको अस्पताल व्यवस...
बैतडीमा ५० टन क्षमताको कोल्ड स्टोर सञ्चालनमा

बैतडीमा ५० टन क्षमताको कोल्ड स्टोर सञ्चालनमा

Breaking News 2, ताजा अपडेट, बैतडी, समाचार, सुदूरपश्चिम
धनगढी- बैतडीमा शीतभण्डार (कोल्ड स्टोर) सञ्चालनमा आएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका–७ मा ५० टन क्षमताको शीतभण्डार (कोल्ड स्टोर) सञ्चालनमा आएको हो । आर्थिक वर्ष २०८०/८१ मा संघीय सरकार र गाउँपालिकाको संयुक्त लगानीमा एक करोड रुपैयाँको लागतमा निर्माण गरिएको उक्त कोल्डस्टोर औपचारीक रुपमा सञ्चालनमा आएको जनाइएको छ । प्रारम्भमा किसानबाट १० टन आलु खरिद गरी भण्डारण गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष भट्टले बताए । गाउँपालिकाले बजार मूल्यभन्दा बढी दरमा किसानबाट प्रतिकिलो ५५ रुपैयाँमा आलु खरिद गरेको छ। यसअघि गाउँपालिकाले किसानलाई अनुदानमा आलुको बीउ वितरण गरेको थियो। उत्पादन भएको तरकारी, फलफूल तथा अन्य कृषि उपज भण्डारण गरी बजारमा उचित मूल्य सुनिश्चित गर्ने उद्देश्यले शीतभण्डार निर्माण गरिएको पालिकाले जनाएको छ। दोगडाकेदार आलु र सुन्तलाको पकेट क्षेत्र भएकाले यसले किसानलाई प्रत्यक्ष ...
बैतडीमा भेडाबाख्रा ओसारपोसार गर्दा निरोगी प्रमाणित हुनुपर्ने

बैतडीमा भेडाबाख्रा ओसारपोसार गर्दा निरोगी प्रमाणित हुनुपर्ने

Breaking News 1, ताजा अपडेट, बैतडी, समाचार, सुदूरपश्चिम
धनगढी- बैतडीमा भेडाबाख्रा र च्याङग्रा ओसारपोसार गर्दा अनिवार्य निरोगी प्रमाणित गर्नुपर्ने भएको छ। जिल्लाको डिलाशैनी गाउँपालिकामा भेडाबाख्रा र च्याङग्रा ओसारपोसार गर्दा अनिवार्य रुपमा निरोगी प्रमाणित गर्नुपर्ने भएको हो। पालिकाले आज एक सूचना जारी गर्दै महामारी रोग पिपिआर फैलन नदिन आफ्नो भेडाबाख्रा र च्याङग्रा ओसारपोसार गर्दा अनिवार्य रुपमा निरोगी प्रमाणित हुनुपर्ने भनेको छ । पञ्चेश्वर लगायतका क्षेत्रमा बाख्रामा लाग्ने महामारी रोग पिपिआर देखिएकोले त्यसबाट बच्न भेडाबाख्रा र च्याङग्रा ओसारपोसार गर्दा अनिवार्य रुपमा निरोगी प्रमाणित गर्न भनिएको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शंकरबहादुर साउँदले बताए ।...
बैतडीको पुर्चौडी बहुमुखी क्याम्पस स्ववियु सभापतिमा महरा निर्वाचित

बैतडीको पुर्चौडी बहुमुखी क्याम्पस स्ववियु सभापतिमा महरा निर्वाचित

Breaking News 1, Breaking News 2, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बैतडीको पुर्चौडी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा उत्तरा महरा निर्वाचित भएकी छन । बुधबार भएको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) की  महरा सभापति पदमा निर्वाचित भएकी हुन् । निर्वाचित महराले १ सय १९ प्राप्त गरिने भने उनका प्रतिद्वन्द्वी  अनेरास्ववियुका विष्णु दत्त अवस्थीले १ सय ३ मत पाए  । अखिल क्रान्तिकारीकी गीता भण्डारीले ९३ मत मात्रै प्राप्त गरिन्  । सचिवमा पनि नेविसंघकै सन्दीप भण्डारी १ सय १७ मत सहित निर्वाचित भएका छन् , भने कोषाध्यक्षमा अनेरास्ववियुकी बबिता साउँदले १ सय २५ मत पाएर निर्वाचित भइन् । उक्त क्याम्पसमा ५ सय ५७ विद्यार्थी रहेकोमा ३ सय ३० मत मात्रै  खसेकाे थियोे । जसमा १५ मत बदर भएका छन । बैतडीमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त पाँच वटा क्याम्पसमा चैत ५ गते  निर्वाचन भएको थियोे । मंगलबार निर्वाचन भ...
बैतडीका गाउँगाउँमा भाइरल ज्वरोका बिरामी

बैतडीका गाउँगाउँमा भाइरल ज्वरोका बिरामी

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बैतडीका गाउँगाउँमा भाइरल ज्वरोका बिरामी बढेका छन्। मौसममा आएको परिवर्तनसंगै जिल्लाका अधिकांश गाउँघरमा भाइरल ज्वरोका बिरामी बढेका हुन् । अहिले अस्पताल,स्वास्थ्यसंस्थामा आउने बिरामीमध्ये अधिकांस भाइरल ज्वरोका हुने गरेका स्वास्थ्यकर्मीहरुले बताएका छन्। सदरमुकामस्थित जिल्ला अस्पतालमा मात्रै दैनिक ५० जना भन्दा बढी भाइरल ज्वरोका बिरामी उपचारको लागि पुग्ने गरेका छन्। अस्पातालका सूचना अधिकारी हरिश पन्तका अनुसार दैनिक १५० जना उपचारका लागि आउने बिरामीमध्ये सबैभन्दा बढी भाइरल ज्वरोका बिरामी रहेका छन्। जिल्लाको तल्लोसोराड क्षेत्रको रेफरल सेन्टरको रुपमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा पनि भाइरल ज्वरोका बिरामी बढेका छन्। जिल्लाका अन्य स्वास्थ्यसंस्थामा पनि भाइरल ज्वरोको बिरामी बढेका छन्। गाउँगाउँमा बिरामी बढेपछि त्यहाँका स्वास्थ्यसंस्थाहरुमा पनि बिरामीको चाप बढ्न थालेको छ ।...
बैतडीका ५ क्याम्पसको नतिजा सार्वजनिक, अनेरास्ववियु ३, नेविसंघ २,  एक क्याम्पसमा आज निर्वाचन हुँदै

बैतडीका ५ क्याम्पसको नतिजा सार्वजनिक, अनेरास्ववियु ३, नेविसंघ २, एक क्याम्पसमा आज निर्वाचन हुँदै

Breaking News 1, Breaking News 2, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बैतडीमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तरगतका ५ वटा क्याम्पसमा स्ववियु निर्वाचनको अन्तिम नजिता सार्वजनिक भएको छ । सार्वजनिक नतिजा अनुसार ३ क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियु र २ क्याम्पसमा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) विजयी भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिकामा रहेको श्रीकोट बहुमुखी क्याम्पसमा अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानलबाट अनेरास्ववियुका नवीन कपाडी स्ववियु सभापतिमा निर्वाचित भएका छन् । शिवनाथ गाउँपालिकामा रहेको ग्राम प्रकाश बहुमुखी क्याम्पसमा नेविसंघबाट कविता साउँद सभापतिमा विजयी भएकी छिन । डिलाशैनी गाउँपालिका-६ गोकुलेश्वरमा रहेको सेटिगाउँ बहुमुखी क्याम्पसको सभापतिमा नेविसंघका कृष्णसिंह रावल विजयी भएका छन् । यस्तै दशरथचन्द नगरपालिकामा रहेको शिक्षा क्याम्पस शाहीलेकको स्ववियु सभापतिमा अनेरास्ववियुका अक्बर चन्द निर्विरोध निर्वाचि...
बैतडीको सेटीगाउँ बहुमुखी क्याम्पसमा तालाबन्दी, फर्जी विद्यार्थी भर्ना गरेको लगायतका आरोप

बैतडीको सेटीगाउँ बहुमुखी क्याम्पसमा तालाबन्दी, फर्जी विद्यार्थी भर्ना गरेको लगायतका आरोप

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बैतडीको भोलि स्ववियु निर्वाचन हुने एक क्याम्पसमा तालाबन्दी गरिएको छ । जिल्लाको डिलासैनी गाउँपालिका- ६ गोकुलेश्वरस्थित सेटीगाउँ बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको हो । क्याम्पसले फर्जी विद्यार्थी भर्ना गरेको, परिचय पत्र वितरणमा त्रुटी गरेको लगायतका आरोप लगाउँदै निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेको जनाइएको छ । फागुन १५ गते सम्म मात्रै विद्यार्थी भर्ना म्याद रहेको भए पनि क्याम्पसमा फागुन २५ गते सम्म विद्यार्थी भर्ना गरेको देखिएको स्ववियु अध्यक्षका उम्मेदवार रमेश मालले बताए । साथै क्याम्पस प्रशासनले वितरण गर्नुपर्ने परिचय पत्र पनि विद्यार्थी संगठनहरुले वितरण उनको भनाइ छ । अनेरास्ववियुले फागुन १५ गते पछि भर्ना गरिएका फर्जि विद्यार्थीको भर्ना रद्द गर्नुपर्ने र विद्यार्थी संगठन संग रहेका परिचय पत्र फिर्ता मागी क्याम्पस प्रशासनले नै विद्यार्थी दिनुभपर्ने माग गरेको छ। फर्ज...
बैतडीको पाटन नगरपालिकामा आज शोक बिदा

बैतडीको पाटन नगरपालिकामा आज शोक बिदा

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बैतडीको पाटन नगरपालिकाले आज शोक बिदा दिएको छ । पाटन नगरपालिका–३ स्थित गुजर स्वास्थ्यचौकीमा कार्यरत सिनियर अनमी माया केसीको निधन भएकाले आइतबार शोक बिदा दिइएको हो । केसीको फागुन २८ गते असमायिक निधन भएको थियो । केसीको निधनले स्वास्थ्य क्षेत्रमा अपूरणीय क्षति पुगेको नगरपालिकाले जनाएको छ । आज नगरपालिका मातहतका सबै कार्यालयहरुमा शोक बिदा रहेको नगरपालिकाले एक सूचना मार्फत जानकारी गराएको छ । ...
बैतडीमा एक किशोरी झुण्डिएको अवस्थामा मृत फेला

बैतडीमा एक किशोरी झुण्डिएको अवस्थामा मृत फेला

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बैतडीमा एक किशोरी झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्। जिल्लाको सुर्नया गाउँपालिका ४ पालिगाडाकी  १३  बर्षीया लिला साउँद आफ्नै घर भित्र झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । प्रहरीका अनुसार आईतबार साँझ लिलाको शव घरभित्र झुण्डिएको अवस्थामा फेला परेको थियो । उनी उदयदेव माध्यमिक विद्यालय पालिगाडामा कक्षा ८ मा अध्ययनरत थिइन् ।। मृत्युको कारण नखुलेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
बैतडीका बिष्ट भरुवा बन्दुक र जङ्गली जनावरको छाला सहित प्रहरीको नियन्त्रणमा

बैतडीका बिष्ट भरुवा बन्दुक र जङ्गली जनावरको छाला सहित प्रहरीको नियन्त्रणमा

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बैतडीमा भरुवा बन्दुक र जङ्गली जनावरको छाला सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका – ८ चौरथली कालागाउँका ५१ वर्षीय पाल बिष्टलाई प्रहरीले भरुवा बन्दुक र छाला सहित नियन्त्रणमा लिएको हो । मंगलबार अस्थायी प्रहरी पोष्ट तल्लादेहीबाट खटिएको प्रहरी टोलीले बिष्टको घरमा खानतलासी गर्दा एक थान भरुवा बन्दुक, गोली ७ राउन्ड, घोरलको छाला २ थान र रतुवाको छाला १ थान फेला पारेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । बन्दुक र छाला सहित पक्राउ गरेका बिष्टलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज