Advertisement

बैतडी

बैतडीमा किशोरीमाथि जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

बैतडीमा किशोरीमाथि जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी- बैतडीमा १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा पाटन नगरपालिका–६ भडालीका १९ वर्षीय रोहित लुहार रहेका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेका अनुसार आइतबार बिहान इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको टोलीले लुहारलाई पक्राउ गरेको हो। उनका अनुसार पीडित किशोरीले जबरजस्ती करणी भएको भन्दै प्रहरीमा दिएको उजुरीको आधारमा लुहारलाई पक्राउ गरिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
बैतडीमा जात्रा हेरेर फर्किँदै गरेकी महिलाको बसको ठक्करबाट मृत्यु

बैतडीमा जात्रा हेरेर फर्किँदै गरेकी महिलाको बसको ठक्करबाट मृत्यु

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बैतडीको बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका–१ गुरुखोला विद्यालय नजिक सोही नगरपालिका–१ दउनेबाजकी करिब ३०–३२ वर्षीया भागरथी लुहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। देहिमाण्डौ मेला हेरेर घर फर्किँदै गरेकी लुहारलाई सतबाँजबाट देहिमाण्डौतर्फ जाँदै गरेको महाकाली यातायातको बस (सु.प्र. ०२–००१ ख १०१७) ले ठक्कर दिएको हो।...
बैतडीमा महिला मतदाता पुरुषभन्दा बढी

बैतडीमा महिला मतदाता पुरुषभन्दा बढी

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता प्रक्रिया सुरु भएसँगै जिल्लामा मतदाता र उम्मेदवारको विषयमा चर्चा बढेको छ। बैतडीमा महिला मतदाताको संख्या पुरुषभन्दा एक हजार ७३९ ले बढी छ। कुल एक लाख ४० हजार २०१ जना मतदातामध्ये महिला ७० हजार ९६९ र पुरुष ६९ हजार २३० जना रहेका छन्। तर, अहिलेसम्म प्रमुख राजनीतिक दलहरूले प्रतिनिधि सभामा महिला उम्मेदवारलाई अवसर दिन सकेका छैनन्। जिल्लाको जनगणना तथ्याङ्कअनुसार पनि महिलाको संख्या पुरुषभन्दा बढी छ। २०७८ सालको जनगणना अनुसार जिल्लाको कुल जनसंख्या दुई लाख ४२ हजार १५७ मध्ये महिला एक लाख २८ हजार २९३ र पुरुष एक लाख १३ हजार ८६४ जना रहेका छन्। यस आधारमा महिलाको संख्या पुरुषभन्दा १४ हजार ४२९ ले बढी भएको हो।...
बैतडीमा एक युवकले गरे आफ्नै काकीको बन्चरो प्रहार गरी हत्या

बैतडीमा एक युवकले गरे आफ्नै काकीको बन्चरो प्रहार गरी हत्या

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी- जिल्लाको सिगास गाउँपालिका–२ पेडेगोदामा ३० वर्षीय यज्ञ सिंह धामीले आफ्नै काकी ३४ वर्षीया बेलमती धामीको बन्चरो प्रहार गरी हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेका अनुसार आइतबार राति करिब ११ बजे घरभित्रै घाँटीमा बन्चरो प्रहार गरी हत्या गरिएको हो। शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडी लगिएको छ। हत्या आरोपित धामीलाई प्रहरीले गएरातिनै नियन्त्रणमा लिएको जनाएको छ। यज्ञ सिंह हुलाक सेवाका अतिरिक्त कर्मचारी हुन्। कैलालीमा कार्यरत उनी भदौ १९ गते मात्र घर आएका थिए। आफन्त जय सिंह धामीका अनुसार उनी घर फर्किएको चार दिनमै आमासँग समेत विवाद गरी कुटपिट गरेका थिए। हत्याको कारण खुलेको छैन भने मानसिक अवस्था सामान्य नभएको आफन्तले बताएका छन्। हत्या भएकी बेलमती एकल महिला थिइन्। उनका चार छोरी र एक छोरा रहेका छन्। यज्ञ सिंहको श्रीमती वैदेशिक र...
बैतडीमा करेन्ट लागेर महिलाको मृत्यु

बैतडीमा करेन्ट लागेर महिलाको मृत्यु

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी- बैतडीको पाटन नगरपालिका–७ दनखोलामा करेन्ट लागेर एक महिबैतडीमा करेन्ट लागेर महिलाको मृत्युलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार जंगली जनावर मार्नका लागि मकैबारीमा थापिएको विद्युतीय पासोमा परेर ५४ वर्षीया पार्वती भट्टको सोमबार मृत्यु भएको हो। घटनाबारे आफन्तले जानकारी दिएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। मृतकको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको प्रहरीले जनाएको छ।...
बैतडीमा महिला र बालबालिका हराउने क्रम बढ्दै, तीन वर्षमा ५२ जनाको अवस्था अझै अज्ञात

बैतडीमा महिला र बालबालिका हराउने क्रम बढ्दै, तीन वर्षमा ५२ जनाको अवस्था अझै अज्ञात

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी- भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा महिला र बालबालिका हराउने घटना बढ्दै गएको छ। जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार, गएको तीन वर्षमा हराएका व्यक्तिहरूमध्ये ५२ जनाको अवस्था अझै अज्ञात रहेको छ। आर्थिक वर्ष २०७९/८० मा एक सय पाँच जना हराउँदा ९१ जनालाई फेला पारिएको थियो। तीमध्ये १४ जनाको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ। आव २०८०/८१ मा एक सय १५ हराउँदा ११३ फेला परे, भने आव २०८१/८२ मा एक सय २२ हराएका मध्ये ८६ मात्र फेला परेका छन्। प्रहरी प्रवक्ता बलराम पाण्डेयका अनुसार, बेपत्ता हुनेमा महिला र बालबालिकाको संख्या बढी छ। गत आवमा ५५ महिला, २७ बालक, २९ बालिका र १ ज्येष्ठ नागरिक बेपत्ता भएका थिए। तीमध्ये ८६ जना फेला परेका छन्। प्रहरीले भनेका छन् कि कतिपयले बेपत्ता भएको जानकारी नदिने भएकाले तथ्याङ्क बढ्दै गएको छ। बैतडी भारतसँग खुला सीमा भएकोले धेरैजसो हराएका व्यक्ति भारततर्फ...
बैतडीमा झाडापखालाबाट १३ वर्षीया बालिकाको मृत्यु, दुईजना बालबालिकामा लक्षण देखापर्‍यो

बैतडीमा झाडापखालाबाट १३ वर्षीया बालिकाको मृत्यु, दुईजना बालबालिकामा लक्षण देखापर्‍यो

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी- बैतडीको डिलाशैनी गाउँपालिका–४ जोखल्लीमा झाडापखालाबाट एक बालिकाको मृत्यु भएको छ। मृतक अन्दाजी १३ वर्षीया आरती रोकाया महेश्वरी माध्यमिक विद्यालय न्वाघरमा कक्षा ८ मा अध्ययनरत थिइन्। शिक्षकसमेत रहेका स्थानीय भरत नेगीका अनुसार तीन दिनदेखि झाडापखाला लागेकी आरतीको सोमबार बिहान साढे ५ बजे घरमै निधन भएको हो। महिला स्वास्थ्य स्वयंसेविका डम्मरा नेगीका अनुसार उनलाई उपचारका लागि स्वास्थ्य संस्था लैजानुको सट्टा घरमै धामीझाँक्री बोलाएर झारफुक गरिएको थियो। आरतीका बुवा सुरेन्द्रबहादुर रोकाया रोजगारीका लागि भारतको धार्चुलामा रहेका छन्। छोरीको निधन भएपछि उनी घर फर्किन लागेको शिक्षक नेगीले जानकारी दिए। सोही घरका थप दुईजना बालबालिकामा पनि झाडापखालाका लक्षण देखिएको महिला स्वास्थ्य स्वयंसेविका नेगीले बताइन्। एकजनाको मृत्यु र दुईजनामा लक्षण देखिएपछि हाडाकोट स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मी पठाइएको...
उत्तराखण्डको पञ्चायत निर्वाचनका कारण नेपाल–भारत सीमा नाका बन्द हुने

उत्तराखण्डको पञ्चायत निर्वाचनका कारण नेपाल–भारत सीमा नाका बन्द हुने

Breaking News 1, ताजा अपडेट, दार्चुला, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी- भारतको उत्तराखण्ड प्रदेशमा हुन लागेको पञ्चायत निर्वाचनलाई मध्यनजर गर्दै बैतडी र दार्चुला जिल्लाका नेपाल–भारत सीमाका नाका बन्द हुने भएका छन्। भारतको उत्तराखण्ड प्रदेशमा यही जुलाई २४ र २८ (आगामी साउन ८ र १२ गते) पञ्चायत निर्वाचनको मिति तय भएको छ। उक्त निर्वाचनलाई शान्तिपूर्ण ढंगले सम्पन्न गराउनका लागि नेपालतर्फका सीमावर्ती नाका अस्थायी रूपमा बन्द गर्ने निर्णय भएको हो। प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलका अनुसार दार्चुलास्थित पुलघाट नाका जुलाई २१ (साउन ५) को बेलुकादेखि जुलाई २४ (साउन ८) को बिहानसम्म बन्द हुनेछ। यस्तै, बैतडीको झुलाघाट नाका साउन ९ गतेदेखि साउन १२ गतेसम्म बन्द रहनेछ। निर्वाचनको सुरक्षा चासोलाई दृष्टिगत गर्दै सीमा बन्द गरिएको जनाइएको छ। यद्यपि, अत्यावश्यक वा आकस्मिक परिस्थितिमा दुवै देशको आपसी सहमतिमा नाका खोल्न सकिने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी पौड...
बैतडी जीप दुर्घटना: घाइतेमध्ये दुई जनाको मृत्यु, ६ जना उपचाररत

बैतडी जीप दुर्घटना: घाइतेमध्ये दुई जनाको मृत्यु, ६ जना उपचाररत

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी– बैतडीमा भएको जीप दुर्घटनामा परि घाइते भएका दुई जनाको मृत्यु भएको छ । धनगढीबाट दार्चुलाको गन्ना तर्फ जाँदै गरेको सुप प्र ०४ ००१ज १३७२ नम्बरको जीप दुर्घटना हुँदा घाइते भएका मध्य दुई जनाको मृत्यु भएको हो । डिलासैनी गाउँपालिका–१ का चालकसमेत रहेका २४ वर्षीय सन्तोषबहादुर राना र सोही ठाउँका ३२ वर्षीय किरण बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । जीप सवार अन्य ६ घाइते भएका छन् । डिलासैनी–१ का ४५ वर्षीय राम कुमार राना, २१ वर्षीय भागरती खत्री उनकी २ वर्षकी छोरी एलिसा, २१ वर्षका हेमन्त प्रसाद भट्ट, २७ वर्षीय राजेन्द्र बहादुर खत्री र ५१ वर्षीय कलमा धामी घाइते भएका प्रहरी निरीक्षक पाण्डेयले बताउनुभयो । राजेन्द्र र कलमालाई थप उपचारका लागि धनगढी रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । शनिवार बिहान करिब साढे ५ बजेको ...
बैतडीमा जीप दुर्घटना : चालकसहित ८ जना घाइते, तीनको अवस्था गम्भीर

बैतडीमा जीप दुर्घटना : चालकसहित ८ जना घाइते, तीनको अवस्था गम्भीर

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी- बैतडीको पाटन–६ खिपालीमा जीप दुर्घटना हुँदा चालकसहित ८ जना घाइते भएका छन्। धनगढीबाट दार्चुलाको गन्ना जाँदै गरेको सुप प्र ०४–००१ ज १३७२ नम्बरको जीप आज बिहान करिब ५ः३० बजे दुर्घटनामा परेको हो। दुर्घटनामा डिलासैनी गाउँपालिका–५ बैतडीका २५ वर्षीय हेमन्त प्रसाद भट्ट, ३२ वर्षीय किरण बोहरा, ५२ वर्षीया कुल्मा धामी, २७ वर्षीय राजेन्द्र खत्री, २१ वर्षीया भागरथी खत्री, उनकी दुई वर्षीया छोरी एलिसा खत्री, ३९ वर्षीय रामकुमार राना र चालक लालबहादुर राना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय पाटनका अनुसार घाइतेमध्ये कुल्मा धामी, हेमन्त भट्ट र चालक लालबहादुर रानाको अवस्था गम्भीर रहेको छ। उनीहरूलाई प्राथमिक उपचारपछि थप उपचारका लागि अन्यत्र रेफर गर्ने तयारी भइरहेको जनाइएको छ। दुर्घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी र स्थानीयवासीले उद्दार कार्यमा सक्रिय भूमिका खेलेका थिए। सबै घाइतेलाई पाटनको प्रा...
बझाङबाट धनगढी जाँदै गरेको जीप बैतडीमा दुर्घटना: चार जना घाइते, डडेल्धुरामा उपचार

बझाङबाट धनगढी जाँदै गरेको जीप बैतडीमा दुर्घटना: चार जना घाइते, डडेल्धुरामा उपचार

Breaking News 1, ताजा अपडेट, बझाङ, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी- बझाङबाट धनगढी जाँदै गरेको जीप बैतडीमा दुर्घटना हुँदा चार जना यात्रु घाइते भएका छन्। से १ ज १००५ नम्बरको बेलोरो जीप पाटन नगरपालिका–८ अनारखोलीमा बिहीबार अपराह्न ४ बजे सडकबाट करिब ३० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। घाइते हुनेमा बझाङको दुर्गाथली गाउँपालिका–६ का ३३ वर्षीय लोकेन्द्र महत, १३ वर्षीय औजित महत, ३० वर्षीया सरस्वती धामी र ४५ वर्षीय ओमजंग कडायत रहेका छन्। उनीहरूको उद्धार गरी डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। सबै घाइतेको अवस्था सामान्य रहेको छ। प्रहरीका अनुसार जीपमा चालकसहित पाँच जना सवार थिए। दुर्घटनामा परेको जीप आफैं अनियन्त्रित भएर सडकबाट खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनापछि चालक बझाङको दुर्गाथली–४ का रमेश जाग्रीलाई नियन्त्रणमा लिइएको छ भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
बैतडीमा माओवादी केन्द्रको कार्यालयमा आगलागी, कागजपत्र जले

बैतडीमा माओवादी केन्द्रको कार्यालयमा आगलागी, कागजपत्र जले

Breaking News 1, ताजा अपडेट, बैतडी, समाचार, सुदूरपश्चिम
बैतडी — नेकपा (माओवादी केन्द्र) बैतडीको पार्टी कार्यालयमा आगलागी हुँदा महत्वपूर्ण कागजातसहित फर्निचर जलेको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता तथा प्रहरी निरीक्षक बलदेव बडूका अनुसार आगलागी शनिवार अपरान्ह ६ बजे भएको हो। आगलागीको सूचना प्राप्त भएपछि प्रहरी टोली परिचालन गरी नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो। आगलागीबाट कार्यालयमा रहेको कुर्सी, सोफा, दराज तथा अन्य सामग्रीसहित महत्वपूर्ण कागजातहरू नष्ट भएको छ। आगलागीको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज