Advertisement

समाचार

केदार मन्दिर मेला स्थगन : कोही समर्थनमा, कोही विरोधमा- कारण यस्तो छ

केदार मन्दिर मेला स्थगन : कोही समर्थनमा, कोही विरोधमा- कारण यस्तो छ

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाको केदार डाँडामा अवस्थित मुख्य धार्मिक आस्थाको केन्द्र र सांस्कृतिक गौरवको प्रतीक केदार मन्दिर अहिले चर्चामा छ। केदार मन्दिर निर्माणाधीन अवस्थामा रहेकाले गाउँपालिकाले हरेक वर्ष श्रावण जनैपुर्णिमाका दिन लाग्ने मेला स्थगित गरियो भन्ने सूचना जारीगरेपश्चात अहिले यो विषय चर्चामा आएको हो । यो चर्चा आस्थाका कारण हो कि असन्तुष्टिका? भन्न गाह्रो छ। तर यथार्थमा, यो मन्दिर निर्माण सजिलो छैन। बाटो छैन, साधन छैन, ढुंगा जुटाउनको लागि पनि घण्टौं हिँड्नु पर्ने। त्यस्तो स्थानमा श्रद्धा, साहास र समर्पणको बलमा मन्दिर निर्माण गर्नु भनेको सामान्य काम पक्कै होइन। तर यिनै असाध्य परिश्रम गर्ने निर्माणकर्ता रकेदारस्यु गाउँपालिका लाई हामी कसरी हेर्दै छौं? कतिपयले मन्दिरको पूजाआजा रोकिएको भनेर आवाज उठाइरहेका छन्। केदार मन्दिरको निर्माण कार्य अपूर्ण रहँदा जनैपूर्णिमाको पूजामा रोक...
कञ्चनपुरमा कृषि उपकरणको नाममा ठगी, किसानको तालाबन्दी

कञ्चनपुरमा कृषि उपकरणको नाममा ठगी, किसानको तालाबन्दी

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार
कञ्चनपुर- अनुदानमा कृषि सामग्री उपलब्ध गराउने भन्दै ठगिएका किसानहरूले कञ्चनपुरको लालझाडीस्थित दुई सहकारी कार्यालयमा तालाबन्दी गरेका छन्। अनमोल कृषि सहकारी र दोदा साना किसान सहकारीले सुरो नेपाल नामक गैरसरकारी संस्थाको सहकार्यमा ५० प्रतिशत अनुदानमा पावरटिलर, पानी तान्ने मोटर र चारा मेसिन दिने भन्दै साढे तीन सय किसानबाट अढाई करोड रुपैयाँ संकलन गरेका थिए। तर, एक वर्षसम्म न त उपकरण प्राप्त भए, न त पैसा फिर्ता, जसपछि आक्रोशित किसानहरूले बुधबार सहकारीमा तालाबन्दी गरेका हुन्। गत वर्ष अनमोल सहकारीले ११० किसानबाट ४८ लाख ४६ हजार र दोदा साना किसान सहकारीले २५० किसानबाट एक करोड ९३ लाख रुपैयाँ संकलन गरेका थिए। कृषि सामग्री खरिदका लागि किसानहरूले कृषिउपज बिक्री, ऋण र आफन्तबाट सहयोग लिएर रकम तिरेका थिए। तर बारम्बार माग्दा पनि पैसा नपाएपछि किसानहरू समस्यामा परेका छन्। किसान अर्जुन चौधरीले “ध...
अमेरिकाले २२ खोप परियोजना रोक्ने निर्णय, विज्ञहरूले भने ‘खतरनाक कदम’

अमेरिकाले २२ खोप परियोजना रोक्ने निर्णय, विज्ञहरूले भने ‘खतरनाक कदम’

Breaking News 2, अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाचार
अमेरिकाको स्वास्थ्य तथा मानव सेवा विभागले विभिन्न श्वासप्रश्वाससम्बन्धी भाइरसहरू विरुद्ध विकास भइरहेका २२ वटा खोप परियोजना रोक्ने निर्णय गरेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था एपीका अनुसार, अमेरिकी स्वास्थ्य सचिव रोबर्ट एफ. केनेडी जुनियरले कोरोना, फ्लुजस्ता भाइरसविरुद्ध विकास भइरहेका खोप परियोजनामा लगानी गरिँदै आएको ५० करोड अमेरिकी डलरको अनुदान रद्द गर्ने घोषणा गर्नुभएको हो। खोपहरूलाई समस्याग्रस्त भन्दै सचिव केनेडीले अब नयाँ र सुरक्षित विकल्पहरूमा प्राथमिकता दिने बताउनु भएको छ। तर, स्वास्थ्य विज्ञहरूले भने यो निर्णय भविष्यमा गम्भीर असर पार्न सक्ने भन्दै चेतावनी दिएका छन्। प्रख्यात खोप विज्ञ डा. पाँल अफिट र महामारी विशेषज्ञ माइक ओस्टरहोमले खोपले लाखौं मानिसको ज्यान बचाएको र आगामी महामारी नियन्त्रणमा यसको भूमिका अझै महत्त्वपूर्ण हुने बताएका छन्।...
घानामा हेलिकप्टर दुर्घटना : रक्षामन्त्रीसहित आठ जनाको मृत्यु, देशभर शोक

घानामा हेलिकप्टर दुर्घटना : रक्षामन्त्रीसहित आठ जनाको मृत्यु, देशभर शोक

Breaking News 3, अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाचार
अफ्रिकी देश घानामा बुधबार भएको हेलिकप्टर दुर्घटनामा रक्षामन्त्री एडवर्ड ओमाने बोमाह, वातावरणमन्त्री इब्राहिम मुर्तला मोहम्मदसहित आठ जनाको ज्यान गएको छ। दुर्घटनालाई घाना सरकारले राष्ट्रिय त्रासदी को संज्ञा दिएको छ। ज्यान गुमाउनेमा कार्यवाहक उप-राष्ट्रिय सुरक्षा संयोजक अल्हाजी मोहम्मद मुनिरु लिमुना, सत्तारूढ राष्ट्रिय प्रजातान्त्रिक कांग्रेस (एनडीसी) पार्टीका उपाध्यक्ष शमूएल सारपोङ, पूर्व संसदीय उम्मेदवार शमूएल अबोआगेसमेत रहेका छन्। हेलिकप्टरमा पाँच यात्रु र तीन चालक दलका सदस्यहरू थिए। घानाको सेनाका अनुसार दुर्घटनाग्रस्त जेड-९ उपयोगिता हेलिकप्टरले बिहान ९:१२ बजे राजधानी आक्राबाट उडान भरेको थियो। सो हेलिकप्टर सुन खानी रहेको ओबुआसी शहरतर्फ गइरहेको थियो, जहाँ एक राष्ट्रिय कार्यक्रम आयोजना हुने तय भएको थियो। तर उडानपछि केही समयमै हेलिकप्टरसँग सम्पर्क विच्छेद भएको थियो। सेनाले जनाएको अनु...
देशभर मनसुनको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर मनसुनको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- नेपालमा मनसुनको न्यूनचापीय रेखा हाल औसत स्थानभन्दा उत्तरतर्फ तराई क्षेत्रमा सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर मनसुनको प्रभाव कायम भए पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको महाशाखाको विश्लेषण छ। बिहीबार बिहान देशको पहाडी भूभागमा सामान्य बदली रहँदा बाँकी क्षेत्र आंशिक बदली अवस्थामा छन्। बागमती प्रदेशका केही पहाडी भूभाग तथा कोशी, मधेश, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायतका पहाडी भूभागमा सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी र लुम्बिनीका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा र अन्य प्रदेशका केही भागमा मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ। रात...
केदार चारधाम परियोजना समृद्धिको आधार हो- अध्यक्ष बोहरा

केदार चारधाम परियोजना समृद्धिको आधार हो- अध्यक्ष बोहरा

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- केदार, कैलाश, भैरव र त्रिवेणीलाई समेटेर अघि बढाइएको चारधाम धार्मिक तथा पर्यटन विकास कार्यक्रम सुदूरपश्चिमको समृद्धिको दीर्घकालीन आधार बन्ने विश्वास केदारस्युँ गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहराले व्यक्त गर्नुभएको छ। केदारस्यूँ गाउँपालिकाको पहलमा निर्माणाधीन केदार मन्दिरको कार्य हाल तीव्र गतिमा अगाडि बढिरहेको छ। आर्थिक वर्ष २०८१/०८२ बाट सुरु भएको मन्दिर निर्माण कार्य अझै करिब दुई महिना लाग्ने अध्यक्ष बोहराले जानकारी दिनुभयो। “केदारजस्तो दुर्गम र उचाइमा मन्दिर निर्माण गर्नु चुनौतीपूर्ण छ। तर स्थानीय उपभोक्ता समिति र जनताको सहयोगले हामीले अपेक्षित प्रगति गर्न सकेका छौं,” अध्यक्ष बोहराले बताउनुभयो। उहाँका अनुसार, मन्दिर निर्माणपछि भूमि शुद्धिकरणदेखि प्राण प्रतिष्ठा सम्मका सम्पूर्ण विधि पारम्परिक र वैदिक संस्कारअनुसार गरिनेछ। यस्ता विधिहरू मन्दिरको पवित्रता स्थापना र देवताको आव्हानस...
शारदा ब्यारेजमा दोस्रो दिन पनि चार पांग्रे सवारी आवागमन रोक

शारदा ब्यारेजमा दोस्रो दिन पनि चार पांग्रे सवारी आवागमन रोक

Breaking News 2, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर- महाकाली नदीमा पानीको बहाव उच्च बनेपछि कञ्चनपुरस्थित शारदा ब्यारेज पुलमा आज (बुधबार) दोस्रो दिन पनि चार पांग्रे सवारीसाधनको आवागमनमा रोक लगाइएको छ। इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार बुधबार बिहान ८ बजेसम्म महाकाली नदीको पानीको बहाव १ लाख ६८ हजार ५३७ क्युसेक मापन गरिएको छ। मंगलबारदेखि नदीमा लगातार पानीको बहाव बढ्दो अवस्थामा रहेको छ। सय वर्ष पुरानो शारदा ब्यारेज जीर्ण अवस्थाका कारण जोखिम न्यूनीकरणका लागि नदीमा पानीको बहाव १ लाख क्युसेक नाघ्नेबित्तिकै चार पांग्रे सवारीसाधनको आवागमनमा रोक लगाउने व्यवस्था गरिएको हो।...
उत्तराखण्डको बाढीमा ४ को मृत्यु, ५० भन्दा बढी बेपत्ता

उत्तराखण्डको बाढीमा ४ को मृत्यु, ५० भन्दा बढी बेपत्ता

Breaking News 2, अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाचार
भारतको उत्तराखण्ड राज्यमा आएको भीषण बाढीका कारण ४ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन्। उत्तरकाशी जिल्लाको हर्षिल क्षेत्रस्थित खीरगंगा नदीमा मंगलबार दिउँसो साढे १ बजे आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको हो। बाढीले गंगोत्री मार्ग अन्तर्गत पर्ने धराली बजारलाई पूर्णरूपमा तहसनहस बनाएको छ। स्थानीय बस्तीहरू, घर, पसल, होटल, होम स्टे र सैनिक क्याम्पसमेत बगाएको छ। उत्तरकाशीका जिल्ला अधिकारी (डीएम) प्रशान्त आर्यका अनुसार लेदोसहितको बाढीले भौतिक संरचनाहरूमा समेत ठूलो क्षति पुर्‍याएको छ। सामाजिक सञ्जालमा भाइरल भएका भिडिओहरूमा नदीमा अचानक आएको बाढीले किनारका घरहरू र पसलहरू बगाउँदै लगेको दृश्य देखिन्छ। घटनापछि भारतीय सेना, एनडीआरएफ र स्थानीय प्रशासनका १५० भन्दा बढी सुरक्षाकर्मी उद्दारमा खटिएका छन्। लेदो र मलिलो माटोको कारण उद्धारमा कठिनाइ भैरहेको जनाइएको छ। त्यस क्...
देशभर मनसुन सक्रिय, कोशी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

देशभर मनसुन सक्रिय, कोशी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहँदा अधिकांश क्षेत्रमा वर्षाको सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ तराई क्षेत्रमा अवस्थित छ, जसका कारण वर्षाको सम्भावना बढेको हो। बुधबार कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा अधिकांश ठाउँमा बदली रही बाँकी क्षेत्रमा सामान्य बदलीको अवस्था देखिएको छ। मधेश प्रदेशका एक–दुई स्थानमा तथा अन्य प्रदेशका केही स्थानहरूमा मध्यम खालको वर्षा भइरहेको छ। दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित पहाडी भूभागमा अधिकतर बदली रहनेछ। ती क्षेत्रमा मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने अनुमान गरिएको छ। रातिको समय देशभर सामान्य बदली रहनेछ। कोशी र मधेश प्रदेशका केही स्थानमा तथा बागमती, गण्डकी र सुदूरपश्चि...
१७ वर्षीया सम्झना भट्टको रहस्यमय मृत्युः प्रेम विवाहपछिको पाँच महिनामै झुन्डिएको अवस्थामा शव फेला

१७ वर्षीया सम्झना भट्टको रहस्यमय मृत्युः प्रेम विवाहपछिको पाँच महिनामै झुन्डिएको अवस्थामा शव फेला

समाचार
कञ्चनपुर, बेलडाँडी | कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ स्थित सिहपाल टोलकी १७ वर्षीया सम्झना भट्ट आफ्नै घरको कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्। पाँच महिनाअघि प्रेम विवाह गरेकी सम्झनाको मृत्यु रहस्यमय बनेको छ, किनभने घटनाको केही घण्टा अघिमात्रै उनले “मलाई बचाउनुहोस्” भन्ने अन्तिम फोनकल गरेकी थिइन्। सम्झना हाल कक्षा १२ मा अध्ययनरत थिइन्। उनको शव बन्द कोठामा सलको पासोमा झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। घटनापछि मृतकका परिवारले यो आत्महत्या नभई योजनाबद्ध हत्या भएको दाबी गर्दै श्रीमान् पवन भट्टसहित उनका परिवारजनविरुद्ध किटानी जाहेरी दिएका छन्। श्रीमान्, सासू-ससुरा पक्राउ, देवरानी फरार प्रहरीले उजुरीका आधारमा २४ वर्षीय श्रीमान् पवन भट्ट, उनकी आमा ४० वर्षीया किरण भट्ट र बुबा ५० वर्षीय हरिकृष्ण भट्टलाई पक्राउ गरेको छ। यसैबीच, अमेरिका जान तयारी...
च्याम्पियन फाइटर रविन्द्रलाई दुर्गाथलीको बधाई र एक लाखभन्दा बढी सहयोग

च्याम्पियन फाइटर रविन्द्रलाई दुर्गाथलीको बधाई र एक लाखभन्दा बढी सहयोग

Breaking News 1, खेलकुद, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङी बाघ उपनामले चिनिने नेपाली एमएमए फाइटर रविन्द्र ढाँटलाई दुर्गाथलि गाउँपालिकाले बधाई तथा आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । केही दिनअघि भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट-१७ (MFN-17) मा भारतीय खेलाडी चुनरङ कोरेनलाई पराजित गर्दै वाटरवेट च्याम्पियनसिप टाइटल आफ्नो पोल्टामा पार्न सफल ढाँटलाई पालिकाले उक्त सहयोग गर्ने घोषणा गरेको हो । गाउँपालिकाले रविन्द्रको आगामी खेल यात्रा अझ सफल होस् भन्ने शुभकामनासहित उनलाई रु. १,११,१११ (एक लाख एघार हजार एक सय एघार रुपैयाँ) आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले बधाई सन्देश जारी गर्दै ढाँटका उपलब्धिले नेपाली खेलकुद क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा सम्मानित बनाएको उल्लेख गरेका छन्। साथै, भविष्यमा अझ ठूला उपलब्धिहरू हासिल गर्ने विश्वास समेत व्यक्त गरेका छन्।   ...
भक्तिभाव, संस्कृति र रोमाञ्चक यात्रासहित सुर्मा सरोवर तीर्थ यात्रा सुरु

भक्तिभाव, संस्कृति र रोमाञ्चक यात्रासहित सुर्मा सरोवर तीर्थ यात्रा सुरु

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङ र दार्चुलाबाट सुर्मादेवीका भक्तजन तथा आलिपाली करियाहरू श्रद्धापूर्वक सुर्मा सरोवर यात्रामा निस्किएका छन्। समुद्री सतहबाट १४ हजार फिट (झन्डै ४ हजार मिटर) उचाइमा अवस्थित पवित्र सुर्मा सरोवर तालमा स्नान, पूजा–आराधना तथा देवी दर्शनका लागि तीर्थयात्रीहरू घरबाट निस्किएका हुन्। छबिसपाथिभेरा गाउँपालिका–७ का स्थानीय सुरेश मण्डेलका अनुसार, आज बिहान सबेरै स्नान गरी सफासुतली भएर गाउँमा रहेको सुर्मा मन्दिरमा दियो–बत्ती बालेर ठूलो संख्यामा तीर्थयात्रीहरूले यात्रा आरम्भ गरेका छन्। यस वर्ष ठूलो बिराइ भएकाले पहिले कहिल्यै सरोवर नगएका नयाँ तीर्थयात्री (बालावीर) पनि यात्रामा सहभागी भएका छन्। मण्डेलका अनुसार सुर्मासरोवर तालको यात्रा शुभारम्भ गरी हिँडेका खोरी र घट्टे गाउँका भक्तजन सुर्मा माताको जयजयकार (चाहाचाहा) गर्दै नजिकैको लुवाडा गाउँको चौतारामा जम्मा भई (पणछमी) गर्दछन्। ओरालो झर्दै माटेस...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज