कैलालीको चुरे गाउँपालिकामा खोलाको ठेक्का सेटिङको आरोप
धनगढी– कैलालीको चुरे गाउँपालिकाले हालै शिवगङ्गा खोलाको रोयल्टी सम्बन्धि ठेक्का लगाएको छ। स्रोतका अनुसार कर्मचारीहरूसहित पालिका अध्यक्षका मान्छेले मिलेमतो गर्दै साढे ८ लाख रुपैयाँमा ठेक्का लगाएको आरोप लागेको छ।
अलिक अगाडि मात्र पालिकाले उपाध्यक्षलाई जानकारी नदिई ठेक्का सेटिङ गरेको आरोप उठेको छ। यसअघि पनि ठेक्का सेटिङ गरिएको थियो र हाल इन्जिनियरले पुनः सेटिङ गरेको जनाइएको छ। ठेक्का आह्वानको सात दिने पत्रिकासमेत लुकाएर ठेक्का लगाइएको बुझिएको छ।
हाल अनलाइन विधिबाट ठेक्का आह्वान गर्नु पर्ने प्रावधान भए पनि यस पटक पालिकाले सो प्रक्रिया अपनाएको छैन।
चुरे गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत कालिप्रसाद भट्टले भने, “म आफू सो विषयमा जानकार भएपनि यसमा मेरो भूमिका छैन,” भनी दाबी गरेका छन्।...











