एनपीएलमा काठमाण्डु गोर्खाजको विजयी शुरुआत, जनकपुर बोल्ट्स ५ विकेटले पराजित
काठमाण्डौ– काठमाण्डु गोखार्जले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको विजयी शुरुआत गरेको छ । जनकपुर बोल्ट्सले दिएको एक सय ३१ रनको लक्ष्य पछ्याएको काठमाण्डुले १८ ओभरमा ५ विकेट गुमाएर भेटायो । काठमाण्डुका बेन चाल्र्सवर्थले ४६, आकाश त्रिपाठीले ३९ र मिलिन्द कुमारले १९ रन बनाए । काठमाण्डुका ललित राजवंशी, निकोल लोफ्टी इटन, सन्जय कृष्णमूर्ती, किशोर महतो र अनिल साहले समान एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो । जनकपुरका आसिफ शेखले ५४, मयन यादवले अविजित ३४ रन बनाए । काठमाण्डुका मिलिन्द कुमारले ३ विकेट लिए ।
साेमबारदेखि शुरू भएको एनपीएलको फाइनल खेल यही मङ्सिर २७ गते हुनेछ । एनपीएलमा जनकपुर, काठमाण्डौसहित, विराटनगर किङ्ग्स, चितवन राइनोज, कर्णाली याक्स, लुम्बिनी लायन्स, पोखरा एभेन्ज...












