Advertisement

अन्तर्राष्ट्रिय

आईपीएलमा आरसीबीमाथि गुजरातको सानदार जित

आईपीएलमा आरसीबीमाथि गुजरातको सानदार जित

Breaking News 3, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, समाचार
भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स बेङ्गलुरुलाई पराजित गरेको छ । बेङ्गलुरुमा हिजो भएको खेलमा गुजरात ८ विकेटले विजयी भएको हो । बेङ्गलुरुले दिएको १ सय ७० रनको लक्ष्य गुजरातले १७ ओभर ५ बलमा २ विकेट गुमाएर पूरा गर्‍याे । गुजरातका जोस बटलरले अविजित ७३ रन बनाए । बेङ्गलुरुका जोस हेजलवुड र भुवनेश्वर कुमारले समान १ विकेट लिए । त्यसअघि एम चेन्नास्वामी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली बेङ्गलुरुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो । बेङ्गलुरुका लागि लियम लिभिङ्स्टोनले ५४ रन बनाए । गुजरातका लागि मोहम्मद सिराजले ३ विकेट लिए । गुजरातले खेलेको ३ खेलमध्ये २ मा जीत र १ मा हारका साथ अङ्क तालिकाको चौथो स्थानमा यथावत् छ । गुजरात पहिलो खेलमा पञ्जाब किङ्ग्ससँग पराजित भएको थियो भने ...
म्यानमार भूकम्पमा परि मृत्यु हुनेको संख्या १ हजार ६ सय नाघ्यो

म्यानमार भूकम्पमा परि मृत्यु हुनेको संख्या १ हजार ६ सय नाघ्यो

Breaking News 3, अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाचार
म्यानमारमा शुक्रबार गएको भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या १ हजार ६ सय नाघेको छ। धेरै जना अहिले पनि उद्धार कार्यमा सक्रिय नै छन्। सामग्रीको अभाव, सञ्चार नेटवर्कमा समस्या तथा खराब बाटोको कारण उद्धार कार्यमा कठिनाइ उत्पन्न भइरहेको छ। दोस्रो ठुलो सहर माल्डल्यबाट १२ तले घरमा एक महिलाको पुरिएको ३० घण्टापछि उद्धार भएको छ। त्यस स्थानमा अझै ९० जना पुरिएका जनाइएको छ। उद्धारकर्ताले किन्डर गार्डेन रहेको घर भत्किदा १२ जना बालबालिकाको शव फेला पारेका छन्। मानव अधिकारवादी राहत संस्था ओसिएचएका अनुसार न्यापितह, याङ्गुन र मान्डल्यको बीचमा सडक पनि भत्किएका कारण अझ बढी समस्या भएको छ। स्वास्थ्यकर्मीलाई टेन्टसहित अन्य धेरै मेडिकल सप्लायर्सको आवश्यकता समेत देखिएको छ।...
इजराली आक्रमणमा ५० हजार भन्दाबढी प्यालिस्टिनीको मृत्यु

इजराली आक्रमणमा ५० हजार भन्दाबढी प्यालिस्टिनीको मृत्यु

Breaking News 3, अन्तर्राष्ट्रिय, समाचार
एजेन्सी- इजरायल–हमास युद्ध सुरु भएयता इजरायली आक्रमणमा परी गाजामा ५० हजार भन्दा बढी प्यालिस्टिनीको मृत्यु भएको छ। हमासमा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार २०२३ को अक्टोबर ७ यता इजरायली आक्रमणबाट ५० हजार २१ प्यालेस्टिनीको मृत्यु भएको हो । यो संख्या युद्ध सुरु हुनुअघिको २३ लाख जनसंख्याको करीब २ दशलमव १ प्रतिशत हो। यस अवधिमा एक लाख १३ हजार २७४ जना घाइते भएका छन्। मारिनेमा कति गैरसैनिक र कति हमास लडाकु थिए भन्ने कुरा भने छुट्याइएको छैन। २०२३ को अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा अचानक र अभूतपूर्व रूपमा आक्रमण गरी करीब १२ सयको ज्यान लिनुका साथै २५१ जनालाई बन्धक बनाएपछि त्यसको प्रतिकारमा इजरायलले गाजामाथि भीषण सैन्य कारबाही थालेको थियो। गाजा युद्ध सुरु भए यता २०२३ को नोभेम्बरमा ७ दिनका लागि र त्यसपछि यसैवर्षको जनवरी १९ देखि गरी दुई पटक अस्थायी युद्धविराम भएका छन्। दुव...
इजरायलको हवाई आक्रमणपछि लेबनानबाट रकेट प्रहार

इजरायलको हवाई आक्रमणपछि लेबनानबाट रकेट प्रहार

Breaking News 3, अन्तर्राष्ट्रिय, ताजा अपडेट
एजेन्सी- इजरायलले लेबनानमा हवाई आक्रमण गरेपछि जवाफमा लेबनानबाट इजरायलमा रकेट प्रहार भएको छ। गएको नोभेम्बरमा युद्धविराम लागू भएपछि यो सबैभन्दा ठूलो हिंसा मानिएको छ । इजरायली सेनाले दक्षिणी लेबनानमा इरान समर्थित राजनीतिक समूह हिज्बुल्लाहका सेन्टरलाई निशाना बनाएको बीबीसीले उल्लेख गरेको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले हवाई आक्रमणमा एक बालकसहित सात जना मारिएका र ४० जना घाइते भएको जनाएको छ । लेबनानमा हिज्बुल्लाह र प्यालेस्टाइनी समूहसहित कयौँ सशस्त्र समूह सक्रिय छन् । हिज्बुल्लाहले आफू युद्धविराममा प्रतिवद्ध रहेको जवाफ दिएको छ । यसैबीच लेबनानका राष्ट्रपति जोसेफ औनले दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणको निन्दा गर्नुभएको छ । लेबनानको राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर इजरायलले युद्धविराम सम्झौताको उल्लङ्घन गरी द्वन्द्व निम्त्याएको आरोप लगाएको छ । राष्ट्रपति जोसेफले लेबनानको ‘रा...
५ लाखभन्दा बढी आप्रवासीलाई देश छोड्न ट्रम्प प्रशासनको आदेश

५ लाखभन्दा बढी आप्रवासीलाई देश छोड्न ट्रम्प प्रशासनको आदेश

Breaking News 1, अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ५ लाख ३० हजारभन्दा बढी आप्रवासीहरू प्रवासीहरू प्रभावित हुनेगरी ठूलो निर्णय गरेको छ । प्रशासनले क्युबा, हाइटी, निकारागुवा र भेनेजुएलाका ५ लाखभन्दा बढी आप्रवासीहरूको अस्थायी कानूनी अधिकार खारेज गरेको हो । संघीय सरकारद्वारा जारी गरिएको सूचना अनुसार अमेरिकामा कानुनी आधारबिनै बसेका ती आप्रवासीहरूलाई आफ्नो कार्य अनुमति र निर्वासनबाट सुरक्षित रहने सुविधा रद्द हुनुअघि देश छोड्न चेतावनी दिइएको छ । बाइडेन प्रशासनको कार्यकालमा ५ लाख ३० हजार प्रवासीहरूलाई सीएचएनभी नामक कार्यक्रममार्फत अमेरिका ल्याइएको थियो। के हो सीएचएनभी कार्यक्रम ? यो क्युबा, हैटी, निकारागुवा र भेनेजुएलाको संक्षिप्त रूप हो । यो अमेरिकी सरकारले ती देशका नागरिकहरूको लागि ल्याएको एउटा मानवीय प्रवासन कार्यक्रम हो । यो कार्यक्रम सन् २०२२ मा तत्कालीन राष्ट्रपति जो बाइडेनले सुरु...
ट्रम्प र जेलेन्स्की बीच फोनवार्ता

ट्रम्प र जेलेन्स्की बीच फोनवार्ता

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाचार
एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग पनि फोनवार्ता गर्नुभएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गरेपछि उहाँले जेलेन्स्कीसँग फोन वार्ता गर्नुभएको हो । उहाँहरुबीच झण्डै एक घण्टा लामो फोन कुराकानी भएको र कुराकानी सकारात्मक भएको बीबीसीले जनाएको छ । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्ममार्फत युक्रेन र रुससँगको फोन वार्ता उनीहरूको अनुरोध र आवश्यकताको हिसाबले सकेसम्म मिलाउने उद्देश्यले भएको र युद्धविरामको प्रयास सकारात्मक हुनेतर्फ कामहरु अघि बढीरहेको उल्लेख गर्नुभएको छ । यसैबीच जेलेन्स्कीले पनि ट्रम्पसँगको कुराकानी सकारात्मक, स्पष्ट र धेरै सार्थक भएको प्रतिक्रिया दिनुभएको छ । उहाँले अमेरिकी सहयोगमार्फत यस वर्ष दिगो शान्ति प्राप्त गर्न सकिने विश्वास व्यक्त गर्नुभएको छ । जेलेन्स्कीसँगको कुराकानीमा ट्रम्मले रूसी नियन्त्रणमा रह...
सुनिता र बुच नौ महिनापछि अन्तरिक्षबाट पृथ्वीमा फर्किए

सुनिता र बुच नौ महिनापछि अन्तरिक्षबाट पृथ्वीमा फर्किए

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाचार
एजेन्सी- अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर नौ महिना अन्तरिक्षबाट फर्किएका छन् । भारतीय समयअनुसार बिहान ३ बजेर २७ मिनेटमा चार अन्तरिक्ष यात्री बोकेको क्याप्सुल फ्लोरिडाको तटनजिकै समुद्रको तटमा अवतरण गरिएको हो । अन्तरिक्षयानबाट बाहिर निस्किदा उनीहरुको अनुहारमा मुस्कान देखिएको थियो । उनीहरु १७ घण्टापछि जमिनमा पुगेका हुन् । सुनिता विलियम्स र बुच विल्मोर ५ जुन २०२४ मा स्टारलाइनर परीक्षण यानबाट आईएसएस गएका थिए । त्यहाँ आठ दिन बिताएपछि उनीहरू फर्कने तयारी थियो । तर, अन्तरिक्षयानमा गडबडीका कारण फर्किन पाएका थिएनन् ।...
नियम बिपरितका भिसा रद्द गरी देश निकाला गर्ने अमेरिकी विदेश मन्त्रालयको चेतावनी

नियम बिपरितका भिसा रद्द गरी देश निकाला गर्ने अमेरिकी विदेश मन्त्रालयको चेतावनी

Breaking News 1, Breaking News 3, अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाचार
एजेन्सी- अमेरिकी विदेश मन्त्रालयले यसअघि जारी गरिएका भिसामाथि पनि छानबिन गरिने बताएको छ । मन्त्रालयले विगतमा जारी गरिएका भिसामाथिको अनुसन्धानको क्रममा अमेरिकी कानुन र आप्रवासन नियमहरू पालना नगरिएको भेटे भिसा रद्द गरेर देश निकाला गर्ने चेतावनी दिएको हो । सोमबार अमेरिकी विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको एक सन्देशमा भिसा धारकहरूले अमेरिकी कानुन र आप्रवासन नियमहरू पालना गरेको सुनिश्चित गर्न निरन्तर जाँच गरिने र यदि उनीहरूले उल्लंघन गरेमा भिसा रद्द गरी देश निकाला गरिने उल्लेख छ। मन्त्रालयले आफ्नो आधिकारिक एक्स ह्यान्डलबाट जारी गरेको सन्देशमा भनिएको छ, ‘अमेरिकी भिसा स्क्रिनिङ भिसा जारी भएपछि रोकिँदैन। हामी भिसा धारकहरूले सबै अमेरिकी कानून र आप्रवासन नियमहरू पालना गरेको सुनिश्चित गर्न निरन्तर जाँच गर्छौं – र यदि उनीहरूले पालना नगरेको भेटिएमा हामी उनीहरूको भिसा रद्द गरी देश निका...
नौ महिनादेखि अन्तरिक्षमा रहेका सुनिता र बुच मंगलबार पृथ्वीमा फर्कँदै

नौ महिनादेखि अन्तरिक्षमा रहेका सुनिता र बुच मंगलबार पृथ्वीमा फर्कँदै

Breaking News 2, अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाचार
एजेन्सी- अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा नौ महिनादेखि रहेका अन्तरिक्षयात्री सुनिता विलियम्स र ब्यारी विलमोर बुच मंगलबार पृथ्वीमा फर्किंदै छन्। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार उनीहरू स्पेसएक्स यानमार्फत अमेरिकी समयअनुसार साँझ ५:५७ बजे फ्लोरिडा तटमा अवतरण गर्नेछन्। शुरुआतमा आठ दिनका लागि मात्र अन्तरिक्ष मिसनमा गएका उनीहरू प्राविधिक समस्याका कारण झन्डै एक वर्ष आईएसएसमै बस्न बाध्य भएका थिए। उनीहरूले त्यहाँ रहँदा विभिन्न वैज्ञानिक अनुसन्धान तथा ‘स्पेस वाक’(अन्तरिक्षमा बाहिर निस्केर गरिने काम) समेत गरेका छन्।...
गौरिफन्टा देखि बेंगलोरका लागि हिडेको बस दुर्घटना

गौरिफन्टा देखि बेंगलोरका लागि हिडेको बस दुर्घटना

Breaking News 1, अन्तर्राष्ट्रिय, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
नेपाल र भारतको सिमान गौरिफन्टा देखि हिडेको बस आज बिहान उत्तर प्रदेशमा दुर्घटना भयको छ। UP३१T९४७७ नम्बरको बस र ट्याङ्कर एक आपसमा ठोक्किदा दुर्घटना भयको हो। उक्त बसले नेपाल भारतको सिमाना गौरिफन्टा देखि भारतका बिभिन्न सहर हुदै बेंगलोर र बेंगलोर देखि नेपाल बडर सम्म नेपाली यात्रुहरुलाई वसारपोसार गर्ने भयकाले बसमा सबै नेपाली यात्रु मात्र रहेको खुल्न आयको छ। दुर्घटना बाट मानवीय क्षति नभय पनि बस चालक सहित लगभग १० जना यात्रु घाइते भयका छन। दुर्घटना के कारण ले भयको हो भन्ने अहिले सम्म खुलेको छैन।...
बझाङ्गका ९ बर्षिय अन्सुले  राखे  करातेमा बिश्व रेकर्ड

बझाङ्गका ९ बर्षिय अन्सुले राखे करातेमा बिश्व रेकर्ड

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट
बेंगलोर- बिगत लामो समय देखि भारत कर्नाटक राज्यको बेंगलोर सहरमा बस्दै आउनु भयका सुदुरपश्चिम प्रदेश बझाङ्ग जिल्ला मष्टा गा. पा वडा न १ कोटदेबल घर भयका बिक्रम ब. खड्का का छोरा बर्ष ९ का अन्सु खड्काले करातेमा बिश्व रेकड राख्न सफल भयका छन। ८ फेब्रुअरी २०२५ मा तामिलनाडू फिजिकल एजुकेशन एण्ड स्मार्ट युनिवर्सिटी चेन्नईमा २२ हजार जनासंग प्रतिस्पर्धा गर्दै उनले गिनिज बुक अफ वल्ड रेकड राख्न सफल भयका हुन। अन्सुले कराते खेल्न लागेको जम्मा २ बर्ष ८ महिना मात्र भयको उनकि आमा ईश्वरी देबि खड्काले बताएकि छन। यति छोटो समय मा नै उनले कडा मिहेनत र परिश्रम गरेर ठुलो सफलता हातपारेका छन । यस अघि पनि बिभिन्न ठाउमा प्रतिस्पर्धा गर्दै ७ ठाउमा गोल्ड मेडल जित्न सफल भयको र बझाङ्ग जिल्लाकै पहिलो गिनिज बुक अफ वल्ड रेकड राख्नेमा आप्नो छोरा पर्ने अन्सुका बुबाले आकलन गरेका छन। एक्स्प्रेस वर्ल्ड कराते मास्टर्स एसोसिएश...
आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि भारतलाई

आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि भारतलाई

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, समाचार
आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि भारतले जितेको छ । दुबईमा आइतबार भएको फाइनल खेलमा भारतले न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै उपाधि जितेको हो । न्युजिल्यान्डले दिएको २ सय ५२ रनको लक्ष्य भारतले ४९ ओभरमा ६ विकेट गुमाएर भेटायो । भारतका कप्तान रोहित शर्माले ७६, श्रेयस अय्यरले ४८, केएल राहुलले नटआउट ३४ रन बनाए । न्युजिल्यान्डका कप्तान मिचेल सान्टनर र माइकल ब्रेसवेलले २/२ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको न्युजिल्यान्डले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन बनायो । न्युजिल्यान्डका ड्यारेल मिचेलले ६३, माइकल ब्रेसवेलले नटआउट ५३ रन बनाए । भारतका वरुण चक्रवर्ती र कुलदीप यादवले २/२ विकेट लिए । भारत प्रतियोगितामा अपराजित रहँदै विजेता बनेको हो । भारत तेस्रो पटक च्याम्पियन्स ट्रफी जित्ने पहिलो टोली पनि बनेको छ । भारत यसअघि सन् २००२ मा संयुक्त विजेता र २०१३ मा विजेता बनेको थियो ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज