पक्राउ परेको दिनमै प्रहरी कार्यलयबाट भागे आरोपित, प्रहरी मुखदर्शक
कैलाली / गत श्रावण १३ गते कैलालीको लम्किचुहा नगरपालिकामा २ मोतिपुरमा रहेको तिमिल्सिना इन्टरप्राइजेजमा चोरी भएको थियो । १३ गते राती चोरी भएको उक्त इन्टरप्राइजेजका सञ्चालक टिकाराम तिमिल्सिनाले भोलिपल्ट नै इलाका प्रहरी कार्यालय लम्किमा निवेदन समेत दिए । तिमिल्सिनाका अनुसार १ लाख ५५ नगद र ८० हजार बराबरको सामान चोरी भएको दावी गर्छन् ।
निवेदन दिएको दिनदेखी नै इलाका प्रहरी कार्यालय लम्की चोरी गर्ने मान्छे पत्ता लगाउन तिर लाग्छ । चोरिमा संलग्न तीन जनाको सोही पसलमा भएको सिसिटिभी क्यामरामा अनुहार कैद भएको हुन्छ । सिसिटिभिको फुटेजबाट प्रहरिले चोरी गर्नेको खोजी गर्छ र प्रारम्भिक अनुसन्धान बाट ३ जना चोर भएको खुल्छ
इलाका प्रहरी कार्यालयका प्रमुख शंखर खड्काका अनुसार चोरी कार्यमा संलग्न रहेका मुख्य आरोपी हेम शाहलाई टिकापुर सुधार केन्द्रबाट श्रावण ३१ गते ल्याइन्छ । चोरी कार्यमा संलग्न भनिएका र आरोपित...






