Advertisement

Breaking News 3

आफ्नै मन्त्रालयका कर्मचारीलाई देखाएर पन्छिन खोज्दै गृहमन्त्री लेखक

आफ्नै मन्त्रालयका कर्मचारीलाई देखाएर पन्छिन खोज्दै गृहमन्त्री लेखक

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति
मानव तस्करीमा मुछिएका गृहमन्त्री रमेश लेखकलाई नैतिकता देखाएर पदबाट राजीनामा दिन चौतर्फी दबाब आइरहेका बेला उनी भने नैतिकता सुनाएर पन्छिन खोजेका छन् । गल्ती प्रमाणित भएर राजनीतिबाटै अलग हुने बताउँदै उनले राजीनामा भने नदिने घोषणा गरेका छन् । ‘विमानस्थलस्थित अध्यागमनको भिजिट भिसाको मात्रै कुरा होइन, मेरो सार्वजनिक र राजनीतिक जीवनमा कुनै आर्थिक अनियमितता प्रमाणित भयो भने पदबाट मात्र होइन, राजनीतिबाटै राजीनामा दिन्छु,’ मन्त्री लेखकले शनिबार साँझ दिएको भिडियो सन्देशमा भनेका छन् । उनले घटनाको सम्बन्धमा विस्तृत विवरण १३ जेठमा प्रतिनिधिसभाको बैठकमा दिने तयारी रहेकोसमेत बताएका छन् । ‘मैले सदनमा बोल्न समय माग गरेको छु, विस्तृत कुरा म त्यहीँ स्पष्ट पार्नेछु,’ उनले भने । त्यसअघि दिउँसो कांग्रेस धनुषाको पार्टी कार्यालय जनकपुरधारमा नेता–कार्यकर्तालाई सम्बोधन गर्दा पनि मन्त्री लेखकले आफूमाथि लागेका ...
रास्वपाले बोलायो सचिवालय र केन्द्रीय समिति बैठक

रास्वपाले बोलायो सचिवालय र केन्द्रीय समिति बैठक

Breaking News 1, Breaking News 2, Breaking News 3, मुख्य समाचार, राजनीति
१० जेठ, काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बैठक बोलाएको छ । पार्टी सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतले पनि थुनामै राख्ने आदेश सदर गरेपछि रास्वपाले बैठक बोलाएको हो ।   सचिवालयको आकस्मिक भर्चुअल बैठकले बैठक बसेर उक्त विषयमा छलफल गर्ने निर्णय गरेको हो । आज दिउँसो तीन बजे पुन: सचिवालय र चार बजे केन्द्रीय समितिको भर्चुअल बैठक बस्ने रास्वपाले जनाएको छ ।   शनिबारको बैठकपछि आइतबार दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक बस्ने रास्वपाको निर्णय छ ।   शुक्रबार सर्वोच्च अदालतले यसअघि उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रविलाई पुर्पक्षका लागि थुनामा पठाउन दिएको आदेशलाई सदर गरे को थियो ।...
विद्यालय सुधार योजना निर्माण तथा अध्यावधिक सम्बन्धी दुई दिने कार्यशाला सम्पन्न

विद्यालय सुधार योजना निर्माण तथा अध्यावधिक सम्बन्धी दुई दिने कार्यशाला सम्पन्न

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ: विद्यालय सुधार योजना (एस.आइ.पि) अध्यावधिक सम्बन्धी दुई दिने कार्यशाला जयपृथ्वी नगरपालिकामा सम्पन्न भएको छ । जयपृथ्वी नगरपालिका अन्तर्गत विभिन्न २० वटा विद्यालयका शिक्षकहरुको सहभागीतामा भएको दुई दिने कार्यशाला विहिबार सम्पन्न भएको हो । समावेशी तथा गुणस्तरिय शिक्षा परियोजना अधिकृत बासु ओझाले विद्यालयमा विद्यालय सुधार योजना (एस.आइ.पि) निर्माण गर्न सहयोग पुग्ने उदेश्यका साथ कार्यशालाको आयोजना गरिएको बताए । विद्यालयहरु भरखरै खुलेका र एस.आइ.पि निर्माण गर्न अनुकुल समय भएकाले विद्यालय सुधार योजना (एस.आइ.पि) अध्यावधिक सम्बन्धी दुई दिने कार्यशाला आयोजना गरिएको ओझाको भनाई छ । आर्थिक लगानीले मात्र विद्यालय सुधार गर्न नसकिने बताउँदै विद्यालय सुधारका लागी आवश्यक पुर्वाधारका साथै विभिन्न योजना निर्माण गर्नुपर्ने प्रगतिशिल युवासमाजका कार्यकारी निर्देशक लवराज जोशीले बताए । अब बन्ने योजनाह...
अत्तरियामा बेहोस अवस्थामा भेटिएका एक जनाको मृत्यु

अत्तरियामा बेहोस अवस्थामा भेटिएका एक जनाको मृत्यु

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, मुख्य समाचार, सुदूरपश्चिम
९ जेठ, धनगढी- कैलालीको अत्तरियामा बेहोस अवस्थामा भेटिएका एक जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका–२ अत्तरिया बसपार्कमा बिहीबार राति बेहोस अवस्थामा भेटिएका नाम, थर नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार बेहोस अवस्थामा भेटिएका उनलाई प्रहरीले उपचारका लागि पद्ममा अस्पताल पुर्‍याएको थियो । तर पद्मा अस्पतालले सेती प्रादेशिक अस्पताल रेफर गरेको थियो । उनको सेती प्रादेशिक अस्पतालमा राति उपचारकै क्रममा मृत्यु भएको डीएसपी सिंहले जानकारी दिए ।   मृतकको पहिचान भने खुलेको छैन । उनको शव परीक्षणका लागि प्रादेशिक अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।...
चितवनमा बससँग ठोक्किँदा कार चालकको मृत्यु

चितवनमा बससँग ठोक्किँदा कार चालकको मृत्यु

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, मुख्य समाचार
९ जेठ, चितवन- पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको खैरहनी नगरपालिका २ ज्यामिरे चोकमा बस र ईभी कार ठोक्किँदा एक जना चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कार चालक चितवनको खैरहनी नगरपालिका–८ बस्ने ४२ वर्षीय प्रदिप तिमल्सिना रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।   उदयपुरबाट काठमाडौं तर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ७०२३ नम्बरको बस र विपरीत दिशामा रहेको बागमती प्रदेश ०१–०३० च ११५७ नम्बरको कार आज बिहान १ः४५ बजे आपसमा ठोक्किएका थिए ।   दुर्घटनामा गम्भीर घाइते भएका कार चालक तिमल्सिनालाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएकोमा चिकित्सकले आज बिहान ३ बजेर ५ मिनेटमा मृत घोषणा गरेको प्रहरीको भनाइ छ । भने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।...
प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीलाई बाँसको कप उपहार:

प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीलाई बाँसको कप उपहार:

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ: जलवायु परिवर्तन र प्लास्टिक प्रदूषण न्यूनीकरणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज बझाङका प्रमुख जिल्ला अधिकारी श्री कैलाश बहादुर ठकुराठी र सहायक प्रमुख जिल्ला अधिकारी श्री सत्य कुमारी जोशीलाई बाँसबाट निर्मित वातावरणमैत्री कप (Bamboo Cup) हस्तान्तरण गरिएको छ। उक्त भेट जिल्ला प्रशासन कार्यालय, बझाङको कार्यकक्षमा सम्पन्न भएको हो। कपहरू IFRC र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा सञ्चालित “परिवर्तक – The Changemaker” अभियान अन्तर्गतको “Green Growth: From Trash to Tree” कार्यक्रम मार्फत तयार पारिएका हुन्। कप हस्तान्तरण कपिल बिष्टद्वारा गरिएको हो, जो “परिवर्तक – The Changemaker” अभियानका अभियानकर्ता (campaigner) हुनुहुन्छ, साथै सुङकुडा क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्ष समेत हुनुहुन्छ। भेटका क्रममा **प्रमुख जिल्ला अधिकारी श्री ठकुराठीले युवाले उठाएका यस्त...
४४ लाखको सडक योजनामा २३ लाख हिनामिना

४४ लाखको सडक योजनामा २३ लाख हिनामिना

Breaking News 1, Breaking News 2, Breaking News 3, कर्णाली प्रदेश, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, मुगु, समाचार
४४ लाखको सडक योजनामा २३ लाख रुपैयाँ बजेट हिनामिना भएको छ। नभएको काम भएको देखाएर सडक आयोजनाको बजेट हिनामिना गरेको आरोपमा त्यसमा संलग्न ११ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीवार विशेष अदालतमा मुद्दा दायर गरेको छ। मुगुको सोरु गाउँपालिकामा सडक निर्माण गर्दा वास्तविक कामभन्दा बढी मूल्यांकन गरी रकम हिनामिना गरेको अख्तियारको दावी छ। गाउँपालिकामा आर्थिक वर्ष ०७७/७८ मा मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गाउँपालिकाको वडा नं १० स्थित शहीदगेटदेखि कोटसम्म सडक निर्माण योजनामा भ्रष्टाचार भएको हो। आरोपपत्रमा उल्लेख भए अनुसार आयोजनाको कुल लागत अनुमान ४३ लाख ९५ हजार तयार गरी निर्माण योजनामा उपभोक्ता समिति गठनपूर्व नै योजना सम्झौता गरी कार्यादेश दिइएको थियो। स्वीकृत लागत अनुमानबमोजिम कार्य नभएको, स्थलगत गई यथार्थपरक नापजाँच गर्नुपर्नेमा सो नगरी कम काम भएकोलाई बढी काम गरेको भनी प्राविधिक ...
राजावादीको आन्दोलनमा जान रास्वपाले गर्यो अस्विकार

राजावादीको आन्दोलनमा जान रास्वपाले गर्यो अस्विकार

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
संसद्को चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीलाई राजसंस्था पुनर्स्थापनाको प्रदर्शनमा सहभागी गराउने पूर्वपञ्च नेता नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिको प्रयास असफल भएको छ । आन्दोलनमा सहभागी हुन सुवेदीले पठाएको पत्रको जवाफ दिनसमेत आवश्यक नठानिएको रास्वपाले प्रतिक्रिया दिएको छ । राजावादीले १५ चैत्रमा तीनकुनेमा हिंसात्मक प्रदर्शन गरेपछि उनीहरूको आन्दोलनमाथि प्रश्न छन् । सुवेदीले मंगलबारको मितिमा पठाएको पत्र रास्वपा कार्यालयमा बुधबार दर्ता भएको थियो । दर्ता नम्बर १०६ रहेको उक्त पत्र रास्वपाका कार्यबाहक सभापति डोलप्रसाद अर्याललाई सम्बोधन गरेर पठाइएको छ । हालको व्यवस्थाअन्तर्गत निष्पक्ष न्याय पाउन सकिनेमा सभापति रवि लामिछानेले शंका गरेको सन्दर्भ उल्लेख गर्दै सुवेदीले पत्रमा १५ जेठदेखि आयोजना हुने आन्दोलनमा सहभागी हुन आग्रह गरेका छन् । पार्टी कार्यबाहक प्रवक्ता मनीष झाले पत्रक...
आठबिसकोटमा सार्वजनिक खानेपानी तोडफोड गर्ने विरुद्धको मुद्धा जिल्ला प्रहरी कार्यालमा सिफारिस

आठबिसकोटमा सार्वजनिक खानेपानी तोडफोड गर्ने विरुद्धको मुद्धा जिल्ला प्रहरी कार्यालमा सिफारिस

Breaking News 1, Breaking News 2, Breaking News 3, कर्णाली प्रदेश, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका– ७ मा निर्माणाधीन सार्वजनिक खानेपानी योजना भत्काउने बिरुद्ध प्रहरीमा उजुरी दिइएको छ । केही समुहले बन्दै गरेको योजनामा निर्माण को अन्तिम चरणमा रहेको कलेक्सन च्याम्बर सहित अन्य निर्माण सामग्रीमा पुर्ण क्षति पुर्‍याएको र योजना अवरुद्ध गर्ने उद्देश्यले तोडफोड गरेको भन्दै उपभोक्ता समितिले उजुरी दिएका हुन्। गत सोमबार बिहान १० :३० बजेको समयमा आठबिसकोट नगरपालिका-८ की निर्वाचित वडा सदस्य बल कुमारी बुढाको नेतृत्वमा आएको महिला पुरुष सहित ८३ जनाको समुहले आठविसकोट नगरपालिका वास इकाई सबैको लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता आयोजना अन्तर्गत सञ्चालित आठविसकोट नगरपालिका वडा नम्वर ७ को लाँता गगुनपानी जेबीचौर खानेपानी तथा सरसफाइ योजनाको खानेपानी मुहान भएको आठविसकोट नगरपालिका वडा नं ८ स्थित लाँता भन्ने स्थानमा निर्माण को अन्तिम चरणमा रह...
आजको मौसम कस्तो रहला ?

आजको मौसम कस्तो रहला ?

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार
हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको तथा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो र राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुनसक्नेछ ।...
बाटोमै प्रसूति गराउन सहयोग गर्ने प्रहरी जवान देउवा पुरस्कृत

बाटोमै प्रसूति गराउन सहयोग गर्ने प्रहरी जवान देउवा पुरस्कृत

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलालीमा सुत्केरी व्यथाले छट्पटाइरहेको अवस्थामा भेटिएकी महिलालाई प्रसूति गराउन सहयोग गर्ने प्रहरी जवानलाई पुरस्कृत गरिएको छ । मंगलबार गोदावरी नगरपालिका- १ मा कोठा भाडामा बस्दै आएकी २४ वर्षीया चन्द्रा आचार्यले सडकमै छोरालाई जन्म दिएकी थिइन् । आचार्यलाई सुरक्षित प्रसूति गराउन प्रहरी जवान चन्द्रिका देउवाले सहयोग गरेपछि जिल्ला प्रहरी कार्यालय कैलालीले बुधबार प्रसंशा पत्र र रेकर्डमा जनिने गरी पुरस्कृत गरेको हो । कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बालनरसिंह राणाले देउवालाई प्रशंसा पत्रसहित पुरस्कृत गरे । ‘बाटोमा व्यथा लागेर छट्पटाइरहेकी महिलालाई प्रसूति गराउन सघाएर सुरक्षित रूपमा अस्पतालसम्म पुर्‍याएर उत्कृष्ट कार्य गरेकाले प्रहरी जवान देउवालाई पुरस्कृत गरिएको हो,’ एसपी राणाले भने । मंगलबार बिहान बाटोमा एक महिला बिरामी परेको खबर प्रहरीलाई प्राप्त भएको थियो । महिला बिरामी रहेको खबर प...
साईबर कानुनबारे गाउँका विद्यार्थीलाई पढाउँदै प्रहरी

साईबर कानुनबारे गाउँका विद्यार्थीलाई पढाउँदै प्रहरी

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
साइबर अपराध हुन नदिन विद्यार्थीमार्फत समुदायमा चेतना फैलाउन प्रहरीले यहाँका विद्यालयमा साइबार कानुनसम्बन्धी कक्षा सञ्चालन गरेको छ । कक्षा नाैदेखि १२ सम्मका विद्यार्थीलाई प्रहरीले पढाउन थालेको छ । सिद्धिचरण नगरपालिका– ११ को जाल्पा माध्यमिक विद्यालयबाट सुरु भएको साइबर अपराध न्यूनीकरणबारे सचेतना कक्षा ओखलढुंगाका सबै पालिकाका विद्यालयमा सञ्चालन हुने जिल्लाका प्रहरी प्रमुख मदन केसीले बताए। जाल्पा माध्यमिक विद्यालयका शिक्षक बेचन अधिकारीले अभियानबाट विद्यार्थीमा चेतना अभिवृद्धि हुनुका साथै समाजमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे । ‘प्रहरी मेरो साथी’ भनाइलाई यस्ता अभियानले सार्थक बनाउने उनले बताए । यसैबिच, जिल्लाका दुर्गम क्षेत्रका विद्यालयमा पनि कक्षा सञ्चालन हुनुपर्नेमा स्थानीयले जोड दिएका छन् । यसअघि पनि जिल्ला प्रहरी कार्यालयले जिल्लाका विभिन्न विद्यालयमा बालविवाह र लागुऔषधविरु...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज