आज कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन : घर–घरमा कुश भित्र्याइँदै
काठमाडौं- प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले घर–घरमा पवित्र कुश भित्र्याई मनाइरहेका छन्।
शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्दा परिवारको कल्याण हुने धार्मिक विश्वास छ। आजको दिन उखेलिएको कुश वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गर्न सकिने मान्यता छ भने अरू दिन उखेलिएको कुश त्यही दिन मात्र प्रयोगयोग्य हुन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतिक मानिन्छ। धार्मिक विश्वासअनुसार सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुशको पनि उत्पत्ति गर्नुभएको हो।
पितृसम्मान
यसै दिन छोराछोरीले आ–आफ्ना बाबुलाई मन पर्ने मिठाइ तथा भोजन खुवाई आदर–सम्मान व्यक्त गर्ने प्रचलन छ। बाबु दिवङ्...












