एमालेको दोस्रो विधान महाधिवेशन आज सकिँदै
काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज हलमा दुई दिनसम्म चलेर आज सकिँदैछ।
महाधिवेशनमा प्रस्तुत दस्तावेजमाथि १० समूहमा विभाजन गरेर प्रदेश, उपत्यका र केन्द्रीय संरचनाका आधारमा प्रतिनिधिहरूले छलफल गरेका थिए। कोशी, सुदूरपश्चिम, मधेश, कर्णाली, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका प्रतिनिधिहरूले आ–आफ्नो समूहगत प्रतिवेदन तयार गरिरहेका छन्। आइतबार यी प्रतिवेदन समूह नेतामार्फत महाधिवेशन हलमा प्रस्तुत गरिनेछ।
शनिबार दिनभर चलेको छलफलपछि प्रतिवेदन लेखन सुरु भएको एमाले बागमती प्रदेश कमिटीकी उपसचिव भक्तकुमारी लामाले जानकारी दिइन्। सहभागीहरूले दिएका सुझावलाई आधार बनाएर प्रतिवेदन लेखिएको उनले बताइन्।
पार्टी केन्द्रीय प्रचार विभाग प्रमुख गौतमका अनुसार आइतबार सबै प्रतिवेदन प्रस्तुत भएपछि अध्यक्ष केपी शर्मा ओलीले उठेका जिज्ञासामा जवाफ दिनेछन्। ...










