Advertisement

Breaking News 1

सरकार र दुर्गा प्रसाईं नेतृत्व समूहको वार्ता : विरोधका सबै कार्यक्रम फिर्ता

सरकार र दुर्गा प्रसाईं नेतृत्व समूहको वार्ता : विरोधका सबै कार्यक्रम फिर्ता

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ- सरकार र दुर्गा प्रसाईं नेतृत्वको समूहबीच भएको वार्ताले सबै विरोध कार्यक्रम फिर्ता भएका छन्। ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले आजदेखि सुरु गर्ने भनिएको विरोध प्रदर्शन र अन्य कार्यक्रम वार्तापछि स्थगित भएका हुन्। हिजो प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि यस अभियानी समूहले आफ्नो सबै कार्यक्रम फिर्ता लिएको घोषणा गरेको हो। सहमतिपत्रमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र अभियानतर्फबाट सचिव प्रेमदीप लिम्बूले हस्ताक्षर गरेका छन्। सम्मेलनपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ कि समूहले उठाएका २७ बुँदे मागबारे विस्तृत छलफल गरिएको छ। यस विषयमा निरन्तर संवाद जारी राख्ने, वार्तालाई निरन्तरता दिने र आवश्यक सहजीकरण गर्ने सहमति पनि भएको उल्लेख छ।...
छबिसपाथिभेरा गाउँपालिकामा आइतबार शोक विदा

छबिसपाथिभेरा गाउँपालिकामा आइतबार शोक विदा

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिकाले आइतबार शोेक विदा दिएको छ । गाउँपालिका पसुसेवा शाखा अन्र्तगत वडा नं ७ मा भेटेनरी प्राविधिकका रुपमा कार्यरत कटक बहादुर धामीको निधनमा शोक बिदा दिने निर्णय गरेको हो । छबिसपाथिभेरा गाउँपालिका ७ बुड्खोरीका ३० वर्षीया धामीको हृदयाघातका कारण शुक्रबार राति निधन भएको थियो । पालिकाले आज एक शोक बक्तव्य जारी गर्दै आइतबार एक दिन शोक बिदा दिएको जनाएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत संजय कुमार यादवद्धारा हस्ताक्षरित शोक बक्तव्य भनिएको छ, मंसिर ७ गते आइतबारका दिन गाउँपालिका कार्यालय, वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु तथा सामुदायिक विद्यालयहरुमा शोक बिदा दिने निर्णय भएको छ ।...
बैतडीका चन्द भरुवा बन्दुकसहित पक्राउ

बैतडीका चन्द भरुवा बन्दुकसहित पक्राउ

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी- बैतडीमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पञ्चेश्वर गाउँपालिका–४ हल्दुविनायकका ४१ वर्षीय गम्भिर चन्द रहेका छन् । चन्दको साथबाट एक थान बन्दुक सहित दुई डब्बा बारुद, चार बट्टा ठुलो छर्रा, ३१ वटा सानो छर्रा र एक बट्टा केभ नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले बताए । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको सादा पोसाकको प्रहरी टोली र हल्दुविनायकको प्रहरी चौकीको समन्वयमा शुक्रवार दिउँसो चन्दलाई पञ्चेश्वर गाउँपालिका–४ कै हल्दुविनायकमा पर्ने महाकाली करिडोर सडक खण्डबाट पक्राउ गरिएको थियोे । पक्राउ परेका चन्दलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
आज जेनजीसँग अन्तरक्रिया गर्दै संयोजक प्रचण्ड

आज जेनजीसँग अन्तरक्रिया गर्दै संयोजक प्रचण्ड

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
आज नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) जेनजीसँग अन्तरक्रिया गर्दैछन्। ‘जेनजीसँग–नेकपा’ नाम ​दिइएको अन्तरक्रिया पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामामा बिहान ११ बजे शुरु हुने नेता रामप्रसाद सापकोटा (दीपशिखा)ले जानकारी दिए। कार्यक्रममा प्रचण्डसहित अन्य शीर्ष नेता पनि सहभागी हुने उनले बताए। जेनजीले चाहेको नेपाल र पार्टीको भूमिकाबारे कार्यक्रममा अन्तरक्रिया हुनेछ। तत्कालीन माओवादीको युवा संगठन वाईसीएल नेपालको आयोजनामा गर्न लागिएको कार्यक्रममा छलफल, म्युजिक कन्सर्ट लगायत कार्यक्रम राखिएको छ।...
नेकपा एमालेले आज काठमाडौंमा वृहत जनसभा र शक्ति प्रदर्शन गर्दै

नेकपा एमालेले आज काठमाडौंमा वृहत जनसभा र शक्ति प्रदर्शन गर्दै

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
नेकपा एमालेले आज काठमाडौंमा वृहत जनप्रदर्शन र जनसभा गर्ने भएको छ । एमाले बागमती प्रदेश कमिटीको आयोजनामा बिहान ११ बजे प्रदर्शनीमार्ग भृकुटीमण्डपमा शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा गर्न लागिएको एमालेले जनाएको छ । एमालेका नेता, कार्यकर्ता, जनसंगठन र सम्पर्क समन्वय समितिबाट लागि पर्ने र्याली प्रदर्शनीमार्गमा जम्मा भई रत्नपार्क परिक्रमा गर्दै भृकुटीमण्डपमा प्रवेश गर्नेछ। आमसभामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने बताइएको छ। प्रतिनिधिसभा विघटनविरुद्ध सडकदेखि अदालतसम्म सक्रियता देखाउँदै आएको एमालेले आजको प्रदर्शनलाई आन्तरिक शक्ति प्रदर्शनका रूपमा लिएको छ। पार्टीले संसद् विघटन र तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारलाई असंवैधानिक भन्दै आलोचना गर्दै आएको छ। पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार जनसभामा देशभरका नेता तथा कार्यकर्ताको उपस्थिति रहनेछ। विभिन्न जिल्लाबाट नेता तथा कार्यकर...
बाजुरामा १२ वटा मतदान केन्द्र थप गर्न सिफारिस

बाजुरामा १२ वटा मतदान केन्द्र थप गर्न सिफारिस

Breaking News 1, ताजा अपडेट, बाजुरा, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
बाजुरा-  बाजुरामा १२ वटा मतदान केन्द्र थप गर्न सिफारिस गरिएकाे छ । जिल्ला निर्वाचन कार्यालय बाजुराले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाका चार स्थानीय तहमा १२ वटा मतदान केन्द्र थप गर्न निर्वाचन आयोगमा सिफारिस गरेकाे हाे । जिल्ला निर्वाचन कार्यालय बाजुराका निमित्त प्रमुख अंगत महतका अनुसार स्वामीकार्तिक खापर गाउँपालिका १ मा २ वटा, वडा नम्बर ३ मा २ वटा, हिमाली गाउँपालिका १ बिच्छ्यामा एक, वडा नम्बर ५ मा एक र वडा नम्बर ६ मा २ वटा मतदान केन्द्र सिफारिस गरिएको छ । त्यस्तै उनले त्रिवेणी नगरपालिका ८ मा २ वटा र बुढीनन्दा नगरपालिका ३ मा २ वटा मतदान केन्द्र थप गर्न निर्वाचन आयोगमा सिफरिस गरिएको बताए । यस्तै महतले जिल्लाको बुढीगंगा नगरपालिका वडा नम्बर २, ३, ५ र ९ मतदान केन्द्रलाई सम्बन्धित वडाको वडा कार्यालयमा स्थानान्तरणका लागि आयोगमा सिफारिस गरिएको जानकारी दिए । चार गाउँप...
गेटामा पूर्ण क्षमताको अस्पताल चलाउन माग गर्दै स्वास्थ्य मन्त्रीलाई ज्ञापनपत्र

गेटामा पूर्ण क्षमताको अस्पताल चलाउन माग गर्दै स्वास्थ्य मन्त्रीलाई ज्ञापनपत्र

Breaking News 1, ताजा अपडेट, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
धनगढी- कैलालीकाे सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटामा पूर्ण क्षमतामा अस्पताल सञ्चालनको माग गर्दै स्वास्थ्य मन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ। शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्री डाक्टर सुधा शर्मालाई मन्त्रालयमै भेटेर सहिद दशरथ चन्द राष्ट्रिय विज्ञान विश्वविद्यालय सरोकार तथा समन्वय समितिको तर्फबाटबाट लोगराज पाण्डे लगायतले मन्त्री शर्मा र स्वास्थ्य सचिव डाक्टर विकास देवकोटालाई ज्ञापनपत्र बुझाएका हुन्। सरोकार समितिले गेटामा तत्काल ६ सय शय्याको अस्पताल चलाउन माग गरेको छ। यस्तै चिकित्सा अध्ययन छिटो सुरू गर्न तथा उपकुलपति र रजिस्ट्रार लगयतका पदाधिकारीसेमत यथाशीघ्र नियुक्त गर्न माग गरिएको संयोजक पाण्डेले बताए।...
आज कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना

आज कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । आज राति कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।...
एनपीएलमा आज दुई खेल हुदैँ, पहिलो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स तथा दोस्रो खेलमा काठमाण्डु गोर्खाज र विराटनगर किंग्स भिड्दैँ

एनपीएलमा आज दुई खेल हुदैँ, पहिलो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स तथा दोस्रो खेलमा काठमाण्डु गोर्खाज र विराटनगर किंग्स भिड्दैँ

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाण्डाैँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज शनिवार दुई वटा खेल हुनेभएका छन । आजको पहिलो खेलमा बिहान सवा ११ बजे कर्णाली याक्स र लुम्बिनी लायन्स तथा दोस्रो खेलमा दिउँसो साढे तीन बजे काठमाण्डु गोर्खाज र विराटनगर किंग्सबीच खेल हुनेछ। कर्णाली र लुम्बिनीले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । कर्णाली आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग ४ विकेटले पराजित भएको थियो भने लुम्बिनीले चितवनलाई ६ विकेटले हराएको थियो । त्यस्तै काठमाण्डुले आज तेस्रो खेल खेल्दैछ । उद्घाटन खेलमा काठमाण्डुले साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हराएको थियो । अर्को खेलमा सुदूरपश्चिमसँग पराजित भएको थियो । त्यस्तै विराटनगरको आज दोस्रो खेल हो । आफ्नो पहिलो खेलमा विराटनगरले पोखरालाई हराएको थियो । दोस्रो संस्करणको एनपीएल क्रिकेटमा सुदूरपश्चिम, पोखरा, विराटनगर, काठमान्डु, लुम्बिनी, चितवन, जनकपुर र कर्णाली ...
मतदाता नामावलीमा नाम दर्ता गर्ने समय सकियाे, ७ लाखभन्दा धेरै नयाँ मतदाता थपिए

मतदाता नामावलीमा नाम दर्ता गर्ने समय सकियाे, ७ लाखभन्दा धेरै नयाँ मतदाता थपिए

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावको लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने समय सकिएको छ । यसअघि कात्तिक मसान्तसम्मका लागि नामावली दर्ताको समय रहेकोमा नयाँ मतदाताको दर्ताको चाप बढेपछि आयोगले शुक्रबारसम्मका लागि समय थप गरेको थियो । यसैबीचमा ७ लाखभन्दा धेरै नयाँ मतदाता थपिएको र सबै यकिन विवरण छिट्टै सार्वजनिक गर्ने आयोगले जनाएको छ । आयोगले राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने व्यवस्था गरेपछि अनलाइनबाट नाम दर्ता गराउनेको सङ्ख्या थप बढेको थियो । आयोगले मतदाता नामावलीको त्रुटि सच्याउन यही मंसिर २१ देखि २७ गतेसम्मको समय तोकेको छ । नामावलीमा कुनै त्रुटि भएमा सच्याउन, कसैले झुटा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए विरोधमा उजुरी दिन, कुनै मतदाताको नाम एकभन्दा बढी ठाउँमा समावेश भएकोमा एक ठाउँमा मात्र कायम गर्न निवेदन दिन तथा मृत्यु भएका वा नागरिकता ...
केदारस्यूँको भवानी माबिमा खानेपानीकाे हाहाकार, घेरवार नहुँदा सुरक्षामा चुनौती

केदारस्यूँको भवानी माबिमा खानेपानीकाे हाहाकार, घेरवार नहुँदा सुरक्षामा चुनौती

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको केदारस्यूँ गाउँपलिकामा रहेको भवानी माध्यमिक विद्यालयमा खानेपानी र घेरवारको समस्या भएको छ । केदारस्यूँ गाउँपालिका-१ स्थित डुडिलमा रहेको भवानी माध्यमिक विद्यालयमा लामोसमयदेखि खानेपानी र घेरवारको समस्या भएको हो । विद्यालयमा भएको पानी बिग्रेपछि अहिले विद्यालयमा पानीको हाहाकार भएको पाइन्छ । खानेपानी नहुँदा विद्यालयमा अध्यनरत ३ सय ५८ जनाभन्दा बढी विद्यार्थी,शिक्षक र कर्मचारी प्रभावित भएका छन् । २०३३ सालमा स्थापना भएको विद्यालयमा खानेपानी नहुँदा पठनपाठन कार्य पनि प्रभावित हुने गरेको शिक्षक रमेश रावलले जानकारी दिए । पानी अभावका कारण शिक्षक, कर्मचारी,विद्यार्थीलाई शौचालय प्रयोगमा समेत समस्या भएको शिक्षक रावलको भनाइ छ । शौचालयमा पनि टाढाबाट पानी बोकेर हाल्नुपर्ने हुदाँ धेरै समस्या हुने गरेको विद्यार्थीहरुको भनाई छ । विद्यालयमा पानी नहुँदा आधा एक घण्टा टाढा पानी खान जानुपर्ने हुदाँ...
बझाङमा घाँस काट्ने क्रममा भिरबाट लडेर गम्भीर घाइते भएकी बुढाको गयो ज्यान

बझाङमा घाँस काट्ने क्रममा भिरबाट लडेर गम्भीर घाइते भएकी बुढाको गयो ज्यान

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङमा घाँस काट्ने क्रममा भिरबाट लडेर गम्भीर घाइते भएकी महिलाको उपचारका क्रममा ज्यान गएको छ। गाईबस्तुका लागि घाँस काट्ने क्रममा भिरबाट लडेर गम्भीर घाइते भएकी मष्टा गाउँपालिका-३ सेरागडाडाकि निर्मला बुढाको उपचारका क्रममा ज्यान गएको हो । १८ वर्षीय बुढा गत कार्तिक ३० गते मंगलवार परिवन भीरमा घाँस काट्ने क्रममा करिब ४० मिटर तल खसेर गम्भीर घाइते भएकी थिइन्। टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेकी उनलाई राति १० बजे जिल्ला अस्पताल बझाङ पुर्‍याइएकोमम चिकित्सकले थप उपचारका लागि धनगढी रेफर गरेका थिए। मंसिर २ गते बिहान करिब ७ बजेर २० मिनेटमा धनगढीस्थित मायाँ मेट्रो अस्पताल पुर्‍याई उपचार भइरहेको र अवस्था बेहोश रहेको प्रहरीले जनाएको थियो। हालै प्राप्त थप विवरणअनुसार मंसिर ५ गते बिहान ११ बजे उपचारको क्रममा बुढाको मृत्यु भएको अस्पतालले पुष्टि गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज