एनपीएलमा आज पनि दुई खेल हुँदै, पहिलो खेलमा चितवन राइनोज र काठमाण्डू गोर्खाज तथा दोस्रोमा कर्णाली याक्स र विराटनगर किङ्स भिड्दै
काठमाडौंमा जारी संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पनि दुई खेल हुँदैछन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पहिलो खेल ११ः ४५ चितवन राइनोज र काठमाण्डू गोर्खाजबीच हुनेछ। चितवन चार अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा छ। काठमाण्डूले खेलमा दुई अङ्क मात्र बटुलेको छ।
दोस्रो खेल अपराह्न ४ बजे कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ।
तीन खेलबाट दुई अंक जोडेको कर्णालीलाई प्लेअफको यात्रालाई कायम राख्न जित्नैपर्ने दबाब छ। अंक तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले चार खेलबाट छ अंक जोडेको छ। शुक्रबारको खेल जितेमा उसको प्लेअफको यात्रा सहज हुनेछ।...










