Advertisement

ताजा अपडेट

कैलालीमा साझेदारी वन कार्यान्वयनपछि स्थानीयले पाए रोजगारी

कैलालीमा साझेदारी वन कार्यान्वयनपछि स्थानीयले पाए रोजगारी

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलाली- कैलालीको गौरीगङ्गा नगरपालिका–९ का आइते भुल बिहानै कामका लागि घरबाट निस्कन्छन् । ज्यालादारी गरेर जीविकोपार्जन गर्ने उनलाई अचेल खाली हात बस्नुपरेको छैन । गौरीगङ्गा साझेदारी वनमा काम पाएपछि भुल काम गर्नमै व्यस्त छन् । उनी भन्छन्, ‘एक हप्ताभन्दा बढी भयो काठ दाउरा काट्ने काम पाएको छु, दैनिक एक हजार आम्दानी भइरहेको छ ।’ घोडाघोडी–८ का रजुल चौधरी पनि आजभोलि साझेदारी वनको काममै व्यस्त छन् । ‘खाली बसिरहेको थिएँ, अहिले काठदाउरा काट्ने काम गरिरहेको छु,’ उनी भन्छन् । आइते र रजुलजस्तै गौरीगङ्गा साझेदारी वनमा ८० जनाभन्दा बढीले रोजगारी पाएका छन् । काठ काट्नेले दैनिक रु एक हजार आम्दानी गरिरहेका छन् । गौरीगङ्गा–१० का सागर धामी भन्छन्, ‘मासिक तलबमा काम गरे पनि साझेदारी वनको काम सुरु भएपछि दैनिक रु एक हजारदेखि रु एक हजार ५०० सम्म तलबबाहेक आम्दानी गरिरहेको छु ।’ दिगो वन व्यवस्थापन गरी राष्ट...
म्यान्मारमा गएको भूकम्पबाट ज्यान गुमाउनेको संख्या तीन हजार तीन सयभन्दा माथि

म्यान्मारमा गएको भूकम्पबाट ज्यान गुमाउनेको संख्या तीन हजार तीन सयभन्दा माथि

Breaking News 3, अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाचार
म्यान्मार— म्यान्मारमा ठूलो भूकम्पबाट ज्यान गुमाउनेको संख्या तीन हजार तीन सयभन्दा माथि पुगेको छ । मार्च २८ को भूकम्पले देशभरका भवन र पूर्वाधारहरू ध्वस्त पारेको छ । तीन हजार तीन सय ५४ जनाको मृत्यु भएको छ । यस्तै चार हजार पाँच सय आठ जना घाइते भएका छन् । बेपत्ता हुनेको सङ्ख्या दुई सय २० पुगेको सरकारी मिडियाले प्रकाशित गरेको नयाँ तथ्याङ्कले जनाएको छ । विपद् भएको एक हप्ताभन्दा बढी समयपछि पनि देशका धेरै मानिस अझै आश्रयविहीन छन्, या त तिनीहरूको घरहरू नष्ट भएका कारण या थप भत्किने डरले बाहिर सुत्न बाध्य छन् । संयुक्त राष्ट्रसङ्घको एक अनुमानअनुसार ७.७ म्याग्निच्युडको भूकम्पले ३० लाखभन्दा बढी मानिस प्रभावित भएको हुन सक्छ । यसले चार वर्षको गृहयुद्धले निम्त्याएको अघिल्लो चुनौतीहरूलाई थप जटिल बनाएको छ । संयुक्त राष्ट्रसङ्घका शीर्ष सहायता अधिकारीले शनिबार मध्य म्यान्मारको मण्डाले सहरमा पीडितह...
आज गण्डकी र कर्णालीका केही ठाउँमा चट्याङसहित वर्षा

आज गण्डकी र कर्णालीका केही ठाउँमा चट्याङसहित वर्षा

Breaking News 3, ताजा अपडेट, समाचार
काठमाडौं- आज देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेका कारण केही ठाउँमा बदली भएको हो । गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र गण्डकीका पहाडी भू-भागका एक-दुई स्थानमा आगामी २४ घण्टामा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना पनि रहेको छ । महाशाखाका अनुसार देशका अधिकांश भू-भागहरूमा तापक्रम बढ्दै जाने सम्भावना रहेको, वर्षाको सम्भावना कम रहेको छ । जसका कारण सुख्खापन, आगलागी तथा वायु प्रदूषण बढ्दै जाने भएकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।...
कैलालीबाट लागुऔषधसहित ३ जना पक्राउ

कैलालीबाट लागुऔषधसहित ३ जना पक्राउ

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीबाट लागुऔषधसहित ३ जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–१९ लल्लिपुर घाटबाट कैलारी गाउँपालिका–६ बस्ने २२ वर्षीय विशाल चौधरी समेत ३ जनालाई स्पामो प्रोभोन ४० ट्याब्लेट लागूऔषधसहित इलाका प्रहरी कार्यालय बहुलिया, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ।
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

Breaking News 2, ताजा अपडेट, समाचार
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । मालारानी गाउँपालिका–३ लुटीपोखरी–खनदह सडकखण्डमा लु २ च २९९० नम्बरको जीप दुर्घटना हुँदा चालक २२ वर्षीय दिलिप खनाल र २१ वर्षीय बालकृष्ण रिजालको मृत्यु भएको हो । जीप बिहान साढे ३ बजेतिर सडकबाट दुई सय मिटर तल खसेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका भुवन पाेखरेल र बसन्त पाेखरेललाई थप उपचारका लागि बुटवल पठाइएको ईलाका प्रहरी खनदहका प्रमुख प्रहरी निरीक्षक जगनाथ मरासिनीले जानकारी दिए ।...
कैलालीमा २२ हजार भन्दा बढीको भन्सार छलीका सामान बरामद

कैलालीमा २२ हजार भन्दा बढीको भन्सार छलीका सामान बरामद

Breaking News 3, कैलाली, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीमा भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको  धनगढी उपमहानगरपालिका-३ विशालनगरबाट अवैध रूपमा भारतबाट भन्सार छली गरि ल्याएका करिब २२ हजार ६५० बराबरको सुटपिस, प्लाजु, सुर्ति लगायतका सामानहरू जिल्ला प्रहरी कार्यालय, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।...
आज रामनवमी पर्व मनाईँदै

आज रामनवमी पर्व मनाईँदै

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाण्डौ – आज रामनवमी पर्व मनाईंदैछ । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक भगवान् रामको पूजा गरेर यो पर्व मनाउने गर्छन् । हरेक वर्षको चैत शुक्ल नवमीमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको स्मरण गरिन्छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ । धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक डा. रामचन्द्र गौतम रामनवमी पर्वको महत्व रामजस्तै मर्यादित, अनुशासित र राज्य सञ्चालकको कौशलतासँग जोडिएको बताउनुहुन्छ । रामनवमीमा नदी, ताल, कुण्डमा स्नान गरी व्रत बसेर रामगीता पाठ गर्ने परम्परा छ । चैत र असोजको नवरात्रलाई जाग्रत दसैँका रूपमा महत्वका साथ मनाइन्छ भने पुस र असारको नवरात्रलाई सुप्त दशैं भनिन्छ । मिथिला क्षेत्रमा रामनवमीको अझै बढी महत्व रहेको छ । जनकपुरधाममा रहेको रामजानकी मन्दिरमा भक्तजनको घुइँचो छ । आज ...
सुदूरपश्चिमका विद्यालयका लागि १७ लाखभन्दा बढी पाठ्यपुस्तक वितरण, चैत २९ भित्र सबै जिल्लामा पुर्‍याउने लक्ष्य

सुदूरपश्चिमका विद्यालयका लागि १७ लाखभन्दा बढी पाठ्यपुस्तक वितरण, चैत २९ भित्र सबै जिल्लामा पुर्‍याउने लक्ष्य

Breaking News 1, Breaking News 2, ताजा अपडेट, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
धनगढी- सुदूरपश्चिम प्रदेशका लागि १७ लाख १६ हजार थान पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्रले धनगढी पठाएको छ। यो पुस्तकहरू शैक्षिक सत्र २०८२ का लागि आवश्यक हुन्। सुदूरपश्चिमका ९ वटै जिल्लाका सामुदायिक विद्यालयहरूमा कुल १८ लाख १७ हजार थान पुस्तक आवश्यक पर्ने अनुमान गरिएको छ। हालसम्म १७ लाख १६ हजार थान पुस्तक शनिवारसम्म धनगढीमा पुगेका छन्। शनिवार मात्रै जनक शिक्षा सामग्री केन्द्रले थप दुईवटा गाडी छापाखानाबाट किताब लिएर धनगढी पठाएको छ। जनक शिक्षा सामग्री केन्द्र, प्रादेशिक कार्यालय धनगढीका अनुसार काठमाडौँबाट आएका गाडीहरू धनगढी पुगेपछि मागअनुसार पुस्तक वितरण कार्य पूरा हुनेछ। धनगढीमा आएका पुस्तकहरूलाई चैत १७ गतेबाट पहाडी जिल्लाहरूमा पठाउन सुरु गरिएको छ। केन्द्रका प्रमुख रामविनय श्रेष्ठका अनुसार बाजुरा जिल्लाबाट पुस्तक वितरणको काम सुरु गरिएको हो। हालसम्म पठाइएका पुस्तकको विवरण यस्तो छ:...
पदयात्राका क्रममा हिमपहिरोमा परी बेपत्ता भएका चिनियाँ नागरिकको शव फेला

पदयात्राका क्रममा हिमपहिरोमा परी बेपत्ता भएका चिनियाँ नागरिकको शव फेला

Breaking News 3, अन्तर्राष्ट्रिय, ताजा अपडेट, विचार
काठमाण्डौ- पदयात्राका क्रममा कास्कीको चुमरुङमा हिमपहिरोमा परी बेपत्ता भएका २८ वर्षीय चिनियाँ नागरिक ई-चेङ युआनको १३ दिनपछि शव फेला परेको छ । देउराली चुमरुङमा रहेको मोदी नदी किनारबाट २० मिटर उत्तरतर्फ शव फेला फेला परेको कालिका गणका गणपति प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।अन्नपूर्ण आधार शिविर(एबीसी) को पदयात्रा सकेर घान्द्रुकतर्फ फर्कनेबेला पर्यटक बेपत्ता भएका थिए...
बैतडीको निङ्गलाशैनी मन्दिरमा वासन्तिक नवरात्रको जात्रा सम्पन्न, १६८ राँगा र २ सय बोकाको बलि

बैतडीको निङ्गलाशैनी मन्दिरमा वासन्तिक नवरात्रको जात्रा सम्पन्न, १६८ राँगा र २ सय बोकाको बलि

Breaking News 1, Breaking News 2, Breaking News 3, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी— बैतडीको दशरथचन्द नगरपालिका–२ मा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा शनिबार वासन्तिक नवरात्र अन्तर्गतको जात्रा पशु बलिसहित सम्पन्न भएको छ। शुक्रबारदेखि सुरु भएको जात्रा शनिबार सम्पन्न भएको मन्दिरका भण्डारे तथा धार्मिक सेवा समितिका कार्यवाहक अध्यक्ष चक्रबहादुर बोहराले जानकारी दिए । जात्राको अवसरमा १६८ राँगा र करिब २ सय बोका बलि चढाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बल्देव बडूले बताए । प्रतिवर्ष चैत्राष्टमीमा भाकल अनुसार बलि दिने परम्परा यस मन्दिरमा रहिआएको छ। निङ्गलाशैनी मन्दिरमा वर्षमा चारवटा जात्रा आयोजना हुने गर्छन्। तीमध्ये शरदीय र वासन्तिक नवरात्रमा बलिसहित, जबकि भाद्र शुक्ल चतुर्दशी (अनन्त चतुर्दशी) र मंसिर शुक्ल पूर्णिमा (धान्य पूर्णिमा) मा बलिबिनाको जात्रा मनाइन्छ। शक्तिपीठको रूपमा परिचित यस मन्दिरमा बैतडी मात्र नभई सीमावर्ती भारतबाट समेत ठूलो स...
सुदूरपश्चिममा बिसु पर्वको चहलपहल, घर फर्किने र लिपपोत गर्ने चलन तीव्र

सुदूरपश्चिममा बिसु पर्वको चहलपहल, घर फर्किने र लिपपोत गर्ने चलन तीव्र

Breaking News 3, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- सुदूरपश्चिमको सांस्कृतिक पहिचानका रूपमा रहेको बिसु पर्व नजिकिएसँगै चहलपहल बढ्न थालेको छ। नयाँ वर्षको पहिलो दिन, वैशाख १ गते मनाइने बिसु पर्वका लागि रोजगारी वा अध्ययनको सिलसिलामा घर बाहिर गएका मानिसहरू गाउँ फर्किन थालेका छन्। घर लिपपोत गर्ने परम्परा पनि सुरु भइसकेको छ। जनविश्वास अनुसार चैतमै घर लिपपोत गरेमा वर्षभरि सुख, शान्ति र समृद्धि हुने मानिन्छ। यद्यपि, पछिल्लो समय सिमेन्टको प्रयोग बढेसँगै कमेरो र रातो माटोको प्रयोगमा कमी आएको छ। बिसु पर्वमा सिस्नो लगाउने परम्परा विशेष रूपमा मानिन्छ। यस दिन बिहानै नुहाएर शरीरमा सिस्नो लगाउने चलन छ, जसबाट वर्षभर लाग्न सक्ने रोगहरूबाट बचिने धार्मिक विश्वास छ। देवर-भाउजू, नन्द-भाउजू, साली-भिनाजु र फुपु-सालीबीच सिस्नो पानी छ्याप्दै पर्व मनाउने चलन समेत रहेको छ। बिसु पर्वको अवसरमा बिहे गरेर गएका छोरीचेली माइत आउने, मिठा परिकार बनाइने र गाउँभर उत्स...
अछाममा मासुको हड्डी घाँटीमा अड्किएर एक व्यक्तिको मृत्यु

अछाममा मासुको हड्डी घाँटीमा अड्किएर एक व्यक्तिको मृत्यु

Breaking News 2, Breaking News 3, अछाम, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
अछाममा मासुको हड्डी घाँटीमा अड्किएर एकजनाको मृत्यु भएको छ। जिल्लाको साँफेबगर नगरपालिका–५ नोवाठानाका ४२ वर्षीय डम्मर बहादुर कुँवरको मासुको हड्डी घाँटीमा अड्किएर मृत्यु भएको हो । शनिबार दिउँसो चैते अष्टमीको अवसरमा गाउँमा काटिएको खसीको मासु पकाएर खाने क्रममा सानो हड्डी घाँटीमा अड्किएपछि उहाँ बेहोस भएका थिए। उपचारका लागि तत्कालै उहाँलाई बयलपाटा स्थित न्याय हेल्थ अस्पताल लगिएको थियो। तर उपचारका क्रममा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज