Advertisement

ताजा अपडेट

कञ्चनपुरका पाँच स्थानीय तहमा आइतबार सार्वजनिक विदा

कञ्चनपुरका पाँच स्थानीय तहमा आइतबार सार्वजनिक विदा

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर- रानाथारु समुदायको प्रमुख पर्व तीजको अवसरमा कञ्चनपुरका पाँच स्थानीय तहले आइतबार (साउन ११ गते) सार्वजनिक बिदा दिने भएका छन्। बिदा दिने पालिकाहरूमा कृष्णपुर, पुनर्वास, बेलौरी नगरपालिका तथा लालझाडी र बेलडाँडी गाउँपालिका रहेका छन्। बेलौरी नगरपालिकाका कार्यवाहक प्रमुख जोगराम चौधरीका अनुसार पालिकाले हरेक समुदायका पर्वलाई सम्मान गर्दै रानाथारु समुदायको सांस्कृतिक महत्वलाई ध्यानमा राखी बिदा दिने निर्णय गरेको हो। उनले धार्मिक तथा सांस्कृतिक चाडपर्वले सामाजिक एकता बलियो बनाउने भन्दै खर्चिलो बनाउनेभन्दा पनि आर्थिक मितव्ययिता अपनाउन आग्रह गर लालझाडी गाउँपालिकाले भने रानाथारु महिलाको तीज पर्व र थारु समुदायको गुरही पर्वको अवसरमा साउन ११ र १३ गते दुई दिन सार्वजनिक बिदा दिएको जनाएको छ। गाउँपालिका अध्यक्ष निर्मल रानाका अनुसार यी पर्व समुदायको मौलिक सांस्कृतिक पहिचानसँग जोडिएका छन्। रानाथ...
देशभर मनसुनी वायु कमजोर, केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायु कमजोर, केही स्थानमा भारी वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। हाल देशका पहाडी भू–भागहरूमा सामान्य बदली रहँदा कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज दिउँसो पनि देशका पहाडी भू–भागहरूमा सामान्य बदली रहनेछ भने बाँकी भू–भागहरूमा आंशिक बदली रहने अनुमान गरिएको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही पहाडी स्थानहरू तथा अन्य क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना छ। कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानमा हावाहुरी चल्ने पूर्वानुमान छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सर्वसाधारण तथा सरोकारवाला निकायलाई सतर्क...
चरेस प्रकरण मिलाइदिने भन्दै बुङ्गल नगरपालिकाका मेयर धामीले एक लाख घुस लिएको आरोप

चरेस प्रकरण मिलाइदिने भन्दै बुङ्गल नगरपालिकाका मेयर धामीले एक लाख घुस लिएको आरोप

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- चरेस प्रकरण मिलाइदिने भन्दै बझाङको बुङ्गल नगरपालिकाका मेयर जयबहादुर धामीले एक लाख रुपैयाँ घुस लिएको आरोप लागेको छ। स्थानीय गोपाल धामीले सार्वजनिक गरेका विवरण अनुसार, झण्डै एक वर्षअघि चरेससहित प्रहरीले नियन्त्रणमा लिएको गाडीको मुद्दा मिलाइदिने भन्दै मेयर धामीले पैसा लिएको दाबी गरेका छन्। गोपाल धामीका अनुसार, मुद्दा मिलाउने नाममा मागिएको पैसा मेयरको खातामा पठाइएको थियो, तर न मुद्दा मिल्यो, न त अन्य कुनै सहजीकरण भयो। फेसबुकमा प्रमाणसहितको खुलासा गोपाल धामीले आफ्नो सामाजिक सञ्जालमार्फत पैसा पठाएको भनी स्क्रिनसटसहितको पोस्ट सार्वजनिक गरेका छन्। उक्त पोस्टमा उनले मेयर धामीले आफूलाई ढाँटेको, घुस लिएर पनि काम नगरेको बताएका छन्। सामाजिक सञ्जालमा विवाद चुलिएपछि मेयर धामीले पैसा फिर्ता गर्ने बताएका छन्। "लिएको हुँ, तर फिर्ता गर्छु": मेयरको भनाइ टेलिफोन संवादमा मेयर जय...
दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुई कर्मचारी किर्ते र जालसाजी अभियोगमा पक्राउ

दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुई कर्मचारी किर्ते र जालसाजी अभियोगमा पक्राउ

Breaking News 1, ताजा अपडेट, दार्चुला, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
दार्चुला-  शैल्यशिखर नगरपालिकाका दुई कर्मचारी सरकारी कागजात किर्ते र जालसाजीको आरोपमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा नगरपालिकाको कृषि शाखा प्रमुख दीपकराज विष्ट र भेटेरिनरी प्राविधिक जनकसिंह धामी रहेका छन्। जनकसिंह धामी शैल्यशिखर नगरपालिकाका नगरप्रमुख विजयसिंह धामीका छोरा समेत हुन्। जिल्ला अदालतको अनुमति लिएर बुधबार उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए। जोशीका अनुसार, उनीहरूलाई मालिकार्जुन अगुवा कृषक समूहसम्बन्धी कागजातमा किर्ते गरी ‘ओखर पकेट क्षेत्र’ कार्यक्रमको रकम निकाल्ने प्रयत्न गरेको आरोपमा पक्राउ गरिएको हो। अनुसन्धानबाट खुल्न आएअनुसार, कृषि शाखा प्रमुख विष्ट र प्राविधिक धामीले समूहका कोषाध्यक्ष जानकी धामी र सचिव मञ्जु धामीलाई मृत देखाउँदै झूटा कागजात तयार पारेका थिए। निष्क्रिय रहेको समूहको बैंक...
आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना

आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- हाल देशभर मनसुनको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ सरेको छ। यसको प्रभावस्वरूप कोशी, बागमती, गण्डकीलगायतका पहाडी भूभागमा सामान्य बदली रहेको छ भने अन्य प्रदेशहरूमा आंशिक बदली छ। बागमती प्रदेशका केही स्थानमा हाल हल्का वर्षा भइरहेको छ। आज दिउँसो: कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहनेछ भने अन्य प्रदेशहरूमा आंशिक बदली रहने अनुमान गरिएको छ। यी प्रदेशका पहाडी क्षेत्रका केही स्थानहरूमा र अन्य भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना पनि महाशाखाले जनाएको छ। आज राति: कोशी, मधेस र बागमती प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरू...
देशभर मनसुनी प्रभाव, आज केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी प्रभाव, आज केही स्थानमा भारी वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- देशभर मनसुनी वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेकाले हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशहरूमा आंशिक बदलीको अवस्था छ। उक्त प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकीलगायतका पहाडी भूभागका केही स्थान तथा अन्य भागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ। बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना समेत रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ। आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा र बागमती–गण्डकीका एक–दुई स्थानमा भारी वर्षाको...
सुर्योदय मावि चुवाबनमा आर्थिक अनियमितता, विद्यालय व्यवस्थापन समिति अध्यक्ष जाग्रीमाथि आरोप

सुर्योदय मावि चुवाबनमा आर्थिक अनियमितता, विद्यालय व्यवस्थापन समिति अध्यक्ष जाग्रीमाथि आरोप

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको दुर्गाथली गाउँपालिका–६ चुवाबनमा रहेको सुर्योदय माध्यमिक विद्यालयको फिल्ड निर्माणका क्रममा आर्थिक अनियमितता भएको खुलेको छ। २०८० चैत ८ गते विद्यालय व्यवस्थापन समितिको बैठकले विद्यालयको आन्तरिक कोषबाट फिल्ड निर्माण गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार निर्माण कार्य सम्पन्न गरिए पनि खरिद गरिएका सामाग्रीको भुक्तानी अहिलेसम्म गरिएको छैन। सामाग्री खरिदका क्रममा एउटै मितिको दुई फरक बिल प्रस्तुत गरिएको भेटिएको छ। पूर्व वडाध्यक्ष तथा नेकपा माओवादी केन्द्रका नेता समेत रहेका विद्यालय व्यवस्थापन समिति अध्यक्ष धीरजबहादुर जाग्रीले एउटै मितिमा एउटै सामग्रीका लागि दुई फरक रकम उल्लेख गरी बिल तयार पारी अनियमितता गर्न खोजेको आरोप लागेको छ। एउटा हार्डवेयर बाट मिति २०८१ वैशाख २१ गते बिल नं. ९६७ अनुसार ग्याबियन ३ लाख २० हजार, ग्याबियन तार ९ हजार ५ सय, ट्र्याक्टर भाडा १४ हजार र ...
ओडिशामा दुई नेपाली छात्राको मृत्यु, विश्वविद्यालय प्रशासनको लापरवाहीले ज्यान गएको छानबिन प्रतिवेदनको निष्कर्ष

ओडिशामा दुई नेपाली छात्राको मृत्यु, विश्वविद्यालय प्रशासनको लापरवाहीले ज्यान गएको छानबिन प्रतिवेदनको निष्कर्ष

Breaking News 1, अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाचार
काठमाडौं- भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा दुई नेपाली छात्राको मृत्यु प्रकरणबारे गठित छानबिन समितिले विश्वविद्यालय प्रशासनकै लापरवाही जिम्मेवार रहेको निष्कर्ष निकालेको छ। समितिको प्रतिवेदनअनुसार विश्वविद्यालयभित्र अवैध, गैरकानुनी र अमानवीय व्यवहारका कारण २० वर्षीय प्रकृति लम्साल र १८ वर्षीया प्रिसा शाहको ज्यान गएको हो। फागुन ४ गते प्रकृति लम्साल कलेजको होस्टलमा मृत अवस्थामा फेला परेकी थिइन्। मृत्युअघि उनले आफूमाथि मानसिक दबाब र ब्ल्याकमेल गरिएको भन्दै दुई पटक कलेज प्रशासनमा उजुरी दिएको पाइएको छ। तर प्रशासनले उजुरी गम्भीर रूपमा नलिएकाले उनी आत्महत्या गर्न बाध्य भएको निष्कर्ष छ। घटनापछि विश्वविद्यालय प्रशासनले विरोधमा उत्रिएका अन्य नेपाली विद्यार्थीमाथि बल प्रयोग गर्दै होस्टल खाली गर्न निर्देशनसमेत दिएको थियो। त्यसको केही सा...
मनसुनको प्रभाव जारी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा सम्भावना

मनसुनको प्रभाव जारी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- हाल मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास र पूर्वतर्फ सरदरभन्दा केही दक्षिणमा सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रणालीको प्रभावले देशका अधिकांश पहाडी क्षेत्र तथा मधेश र बागमती प्रदेशमा सामान्य बदली भएको छ भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ। बिहानको समयमा बागमती प्रदेशका केही, कोशी प्रदेशका थोरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। रातिको समयमा पनि देशका पहाडी भूभागमा वर्षा जारी रहने महाशाखाले जनाएको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेश...
साउनको पहिलो सोमबार, गोदावरी धाम शिव मन्दिरमा श्रद्धालुको भीड (फोटोफिचर )

साउनको पहिलो सोमबार, गोदावरी धाम शिव मन्दिरमा श्रद्धालुको भीड (फोटोफिचर )

Breaking News 2, ताजा अपडेट, मनोरञ्जन
धनगढी- आज साउन महिनाको पहिलो सोमबार, सनातन धर्मावलम्बीहरूले भगवान् शिवको पूजाअर्चना गर्दै व्रत तथा उपवास बसेर धार्मिक आस्थाका साथ मनाइरहेका छन्। यसै अवसरमा कैलालीको गोदावरी नगरपालिकास्थित प्रसिद्ध धार्मिक स्थल गोदावरी धाम शिव मन्दिरमा बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको छ। श्रद्धालुहरू बिहानैदेखि बेलपत्र, दुबो, फूल, दूध तथा जल लिएर शिव मन्दिरमा पूजा अर्पण गर्न पुगेका छन्। साउन महिनामा पर्ने सोमबारहरू विशेष रूपमा भगवान् शिव र माता पार्वतीको पूजा गर्ने परम्परा रहेको छ। विशेषगरी दाम्पत्य जीवन सुखमय होस्, पारिवारिक समृद्धि र सन्तान लाभको कामना गर्दै भक्तजनहरू यस दिन व्रत बस्ने तथा शिवालयहरूमा पूजाआराधना गर्ने गर्दछन्। साउन सोमबारलाई 'शिवको प्रिय वार' मानिन्छ र यस अवसरमा शिव-पार्वतीको आराधना गर्ने परम्परा सनातन धर्ममा गहिरो रूपमा जडित छ। फोटोफिचर...
महाराष्ट्रमा नेपाली युवा राजु चौधरीको रहस्यमय मृत्यु, शव नेपाल ल्याउने तयारी

महाराष्ट्रमा नेपाली युवा राजु चौधरीको रहस्यमय मृत्यु, शव नेपाल ल्याउने तयारी

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार
भारतको महाराष्ट्र राज्यअन्तर्गत रत्नागिरी जिल्लाको राजापुर क्षेत्रस्थित एक उद्योगमा कार्यरत नेपाली युवा राजु चौधरीको रहस्यमय परिस्थितिमा मृत्यु भएको छ। कैलालीको गौरिगङ्गा नगरपालिका–४, राजीपुर खल्ला शिविरका अन्दाजी २३/२४ वर्षीय चौधरी विगत दुई वर्षदेखि सोही क्षेत्रमा श्रमिकको रूपमा कार्यरत थिए। उनको असमायिक र शंकास्पद मृत्युको खबरले प्रवासी नेपाली समुदाय स्तब्ध भएको छ। दैनिक श्रम मार्फत परिवारको भविष्य सुनिश्चित गर्ने प्रयासमा रहेका चौधरीको निधनले परिवार, समाज र प्रवासी नेपालीबीच शोकको वातावरण छाएको छ। मृतक चौधरीको पार्थिव शरीर नेपाल ल्याई परिवारको जिम्मा लगाउने पहल गौरिगङ्गा नगरपालिका युवा क्लबका अध्यक्ष मुक्ति खनाल, मृतकका आफन्तजन र प्रवासी नेपाली सम्पर्क मञ्च–भारत का केन्द्रीय उपप्रमुख दिपक राज आचार्य को विशेष समन्वयमा गरिएको हो। हाल शव नेपाल पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको जना...
कर्णालीमा अझै कम्तीमा ५० ठाउँमा तुइन

कर्णालीमा अझै कम्तीमा ५० ठाउँमा तुइन

Breaking News 1, कर्णाली प्रदेश, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुर्खेत
सुर्खेत- तुइन हटाउने नीति लिएको कर्णाली प्रदेशले तथ्याङ्क सङ्कलन गरेको छ । तथ्याङ्कअनुसार १० जिल्लामा सङ्कलित तथ्याङ्कअनुसार ५० वटा तुइन रहेको प्रदेशको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर रमेश सुवेदीले जानकारी दिए। तुइन विस्थापित गर्दै झोलुङ्गे पुल निर्माण गर्ने योजना अनुरूप विवरण माग गरिएको थियो । प्रदेशका १० मध्ये सात वटा जिल्लामा रहेका तुइनको विवरण मन्त्रालयलाई प्राप्त भएको हो । पूर्वाधार विकास कार्यालयबाट माग गरिएको विवरण अनुसार ५० वटा तुइन भएको विवरण प्राप्त भएको मन्त्रालयका प्रवक्ता सुवेदीले बताए। सङ्कलन गरिएको विवरणअनुसार सबैभन्दा धेरै तुइन हुम्लामा छ। हुम्लामा १५ वटा तुइन रहेको विवरणमा उल्लेख छ । हुम्लामा कर्णाली नदीमाथि छ वटा तुइन रहेको जनाइएको छ। यसैगरी कालीकोटमा १२, जाजरकोटमा १२, दैलेखमा दुई, मुगुमा दुई, डोल्पामा तीन र सुर्खेतमा आठ वटा तु...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज